व्यवसायहरूको बारेमा कथाहरू

ग्राहकको रोजाइ र आर्थिक लालचले बढ्दै गएको यौनजन्य वातावरणहरू

काठमाडौंमा डान्सबार सञ्चालन गर्नुको वास्तविकता

रामको डान्सबार

राम (नाम परिवर्तन गरिएको छ) काठमाडौंस्थित सबैभन्दा ठूलो हिन्दू मन्दिरबाट १५ मिनेट टाढा रहेको डान्सबारको १०% नाफा पाउने साझेदार हुन्। उनको डान्सबार धेरै सस्ता गेस्ट हाउसहरू भएको व्यस्त क्षेत्रमा पर्छ जसले विशेष गरेर मन्दिर हेर्न आउने भारत र नेपालका तीर्थयात्रीहरूलाई सेवा दिन्छन् साथै एयरपोर्ट पनि नजिक भएको कारणले गर्दा काम गर्न विदेश जाने मानिसहरू पनि आउने गर्छन्। उनको डान्सबार काठमाडौंको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल जाने मुख्य सडकमा रहेको छ। डान्सबार व्यस्त क्षेत्रमा भए तापनि यो काठमाडौंको मुख्य पर्यटन तथा मनोरञ्जनात्मक केन्द्रको रूपमा रहेको ठमेलजस्तो उच्च घनत्वको व्यावसायिक क्षेत्र भने होइन। डान्सबारका ग्राहकहरू सप्ताहान्तमा यस क्षेत्रमा आउनुको सट्टा ठमेल जस्ता लोकप्रिय केन्द्रहरूमा जाने सम्भावना बढी हुन्छ।

राम डान्सबारको व्यवस्था गर्छन् र उनी डान्सर पनि हुन्। उनी लगभग ४० वर्षका छन् र उनी राम्रो नृत्य पनि गर्छन्। उनी २० वर्षको उमेरदेखि नै नृत्य तथा बार क्षेत्रमा काम गरिरहेका छन्। यसअघि उनले पश्चिम नेपालमा एउटा रेष्टुरेन्ट र बार खोलेर चलाएका थिए तर काठमाडौंका साझेदारहरूले उनलाई आमन्त्रण गरेपछि उनी २०१९ मा काठमाडौं डान्सबारमा आएका हुन्।

डान्सबार दुई तले भवनको पहिलो तल्लामा रहेको छ । भुईं फ्लोरमा, त्यहाँ बारहरू सहित दुई रेस्टुरेन्टहरू छन् जुन खाना र रक्सी सेवा गर्दछ। डान्सबारमा ग्राहकहरूले महिला कर्मचारीहरू बस्ने, अन्तरक्रिया गर्ने र नाच्ने वा उनीहरूसँग मनोरञ्जन गर्ने क्रममा मदिरा र खाना खान सक्छन्। खाना तल रेस्टुरेन्ट मा तयार छ। स्थल भित्र, त्यहाँ एउटा सानो, उज्यालो प्रकाशको मञ्च छ; अन्य ठाउँमा मधुरो प्रकाश छ र त्यहाँ कफी टेबल र एउटा सानो डान्स फ्लोर संग सोफा छन्। नृत्य प्रदर्शन गर्नु धेरैजसो महिला कर्मचारीहरूको भूमिकाको एउटा पक्ष हो, तर प्रायः तिनीहरू ग्राहकहरूसँग सोफामा बसेर उनीहरूलाई ‘मनोरञ्जन’ गर्ने काममा व्यस्त हुन्छन् (तल थप वर्णन गरिएको छ)। सामान्यतया, यो केवल राम र एक अन्य पुरुष नर्तक हुन्, जसले रातभर नियमित रूपमा दिनचर्याहरू प्रदर्शन गर्छन् (यद्यपि, क्लारिसा अनुसन्धानकर्ताहरूले रामलाई साथ दिँदा, पुरुष नर्तक बिदामा थिए)। डान्सबारमा बजाइने सङ्गीत नेपाली र भारतीय पप गीतहरूदेखि लिएर बलिउडका धेरै कामुक गीतहरूसम्म छन्। नृत्य कामुक हुन सक्छ र महिला कर्मचारीहरूले सामान्यतया खुला लुगा लगाउँछन्। यो स्थानमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । अधिकांश पुरुष कर्मचारीहरू नर्तक वा बारटेन्डरको रूपमा कार्यरत छन्।

डान्सबार बेलुकी लगभग ५ बजे खुल्छ र राति १ देखि २ बजेको बीचमा बन्द हुन्छ।

तीन पुरुष साझेदारहरू प्रत्येकको व्यवसायमा लगभग ३०% सेयर छ। रेस्टुरेन्ट र बार क्षेत्रमा काम गरेको लामो अनुभव भएको कारण रामले केही समयदेखि अन्य साझेदारहरूलाई चिनेका छन्। रामको उनीहरूसँग परिचय छ नजिकको सम्बन्ध छ। डान्सबार २१ वर्षदेखि सञ्चालनमा रहेको छ तर हालका साझेदारहरूले यसलाई १,५००,००० नेपाली रूपैयाँमा किनेपछि सन् २०१९ मा उनले पनि उक्त व्यवसायमा लगानी गरेका थिए। यसको हालको मूल्याङ्कन ३,०००,००० देखि ३,५००,००० नेपाली रूपैयाँसम्म छ। डान्सबारको भाडा प्रति महिना ३३,००० नेपाली रूपैयाँ हो। डान्सबार औपचारिक रूपमा दर्ता भएको व्यवसाय हो तर यहाँका कर्मचारीहरूलाई करार सम्झौँता नगराइकन अनौपचारिक रूपमा काममा राख्ने गरिन्छ।

क्याप्सन: एकजना महिला डान्सबार कर्मचारी स्टेजबाट बाहिर ग्राहकहरू बसेर पिउने र खाने ठाउँतिर हेर्छिन् जहाँ ग्राहकहरूलाई महिला कर्मचारीहरूले मनोरञ्जन दिँदै हुन्छन्।

रामसँगै काममा बस्ने

सन् २०२३ जनवरीमा दुई अनुसन्धानकर्ताहरू लगातार दुई दिन साँझमा रामसँगै डान्सबारमा गएका थिए। ग्राहकहरू ठमेल जस्ता ठूला व्यापारिक केन्द्रहरूमा जाने कारणले गर्दा सप्ताहान्तको साँझ यो डान्सबार कम व्यस्त हुन्छ र हामीले उनलाई साताको दुई दिन साँझमा भेट्यौँ। अनुसन्धानकर्ताहरूले काम गर्ने वातावरण र कर्मचारी सदस्यहरूले गरेका विशेष कार्यहरू अवलोकन गर्नुका साथै ग्राहकहरू आउन सुरु गर्नु अघि रामसँग अनौपचारिक छलफल गरे। यसका साथै उनीहरूले समय मिलेको बेलामा डान्सबार सफा गर्ने जस्ता कामहरूमा सघाएका थिए र आफूले देखेका कुराहरू मोबाइल फोनमा रेकर्ड पनि गरेका थिए। यसरी रेकर्ड गर्दा उनीहरूले सबै कुराहरू सावधानीपूर्वक र कर्मचारी वा ग्राहकहरूलाई बाधा नपर्ने गरी टिप्न पाए। अनुसन्धानर्ताहरूले डान्सबार गएको दुवै साँझमा त्यहाँका क्रियाकलापहरू अझ बढी अवलोकन र रेकर्ड गरे।

अनुसन्धानकर्ताहरू डान्सबार गएको बेलामा उनीहरूले जम्मा ११ जना ग्राहकहरू देखे। पहिलो साँझ पाँचजना ग्राहक र दोस्रो साँझ छजना ग्राहकहरू आएका थिए। अनुसन्धानकर्ताहरूले किशोरकिशोरी र २८ बीचको उमेरका पाँच महिला कर्मचारी र २०-२२ वर्ष जतिका एकजना पुरुष कर्मचारी गरी छजना कर्मचारीहरू देखे। अनुसन्धानकर्ताले राम र उनको अर्को ४० वर्ष हाराहारी उमेर भएका व्यापार साझेदारलाई पनि भेटे । महिला कर्मचारीहरूले धेरै मेकअप गरेको कारण अनुसन्धानकर्ताहरूलाई उनीहरूको सही उमेर अनुमान लगाउन गाह्रो भएको थियो। उनीहरूमध्ये कम्तीमा एकजना महिला कर्मचारी चाहिँ १८ वर्षभन्दा कम उमेरको जस्तो देखिन्थिन्।

एक डान्स बार कर्मचारी स्टेजमा प्रदर्शन गर्दै।

डान्सबारमा के भयो ?

दिन एक

अनुसन्धानकर्ताले डान्सबारको कामसम्बन्धी जानकारी लिन गरिएको अध्ययनको पहिलो दिन रामले साँझ ५ बजे डान्सबार खोले। धेरैजस्तो कर्मचारीहरू साँझ ६ बजे काममा आइपुगे। अरू कर्मचारीहरू काठमाडौंको धेरै टाढा रहेका स्थानबाट आउने भएकाले व्यस्त ट्राफिकको कारण साँझ ७ नबजी आइपुग्दैनन्। डान्सबारभित्र विभिन्न कामका लागि भिन्नभिन्नै कर्मचारी राखिएका हुन्छन्। अनुसन्धानकर्ताहरू डान्सबार गएको साँझ पुरुष कर्मचारीले बारका कामहरू गरे भने महिला कर्मचारीहरूले सोफा र टेबल सफा गरे। अन्य महिला कर्मचारीहरूले चाहिँ सोफामा बसेर धुम्रपान र मध्यपान गरे, टिकटक हेरे र ग्राहकहरू नआउन्जेलसम्म अन्य सामाजिक सञ्जाल चलाएर बसे ।

राति ९:३० बजे झण्डै ४० वर्ष उमेर कटेका पाँचजना पुरुष ग्राहकहरूको एक समूह त्यो स्थानमा प्रवेश गर्यो। तिनीहरू भित्र पस्ने बित्तिकै एकजना ग्राहकले एउटी महिला कर्मचारीको कम्मरमा हात राखे र उनलाई अँगालो हालेर ओठमा चुम्बन गरे। त्यो समूहको अर्को सदस्यले अर्की महिला कर्मचारीलाई समाते र तिनीहरू नाच्न थाले। एकजना ग्राहकले रामलाई हाई-फाइभ गरेर आफूहरू एकअर्कासँग चिनिरहेको जस्तो व्यवहार गरे। त्यसपछि राम नाच्नको लागि स्टेजमा गए।

पाँचजना पुरुषहरू स्टेजको नजिक राखिएको सोफाको पङ्क्तिमा बसे र उनीहरूले बियर अर्डर गरे। एउटी महिला कर्मचारीले ग्राहकहरूलाई एउटा बियर खन्याइन् र त्यसपछि आफ्नै लागि पनि बियर खन्याएपछि ती ग्राहकहरूको बीचमा आफ्नो शरीर खुम्च्याएर बसिन्। केही समयपछि उनी स्टेजमा गएर नाच्न थालिन्।

 

एकजना डान्सबार कर्मचारी स्टेजमा प्रस्तुति दिन्छिन्।

यो समूहका ग्राहकहरू प्रायः सेवानिवृत्त प्रहरी वा सेनाका कर्मचारीहरू थिए। एक पटक सङ्गीत त्यति चर्को नहुँदा एकजना ग्राहकले ‘म आर्मीको मान्छे हुँ र उहाँ प्रहरीमा हुनुहुन्छ!’ भन्दै चर्को स्वरमा महिला कर्मचारीको अगाडि आफ्नो साथीलाई जिस्किँदै सेल्युट गर्दै अभिवादन गरेको सुनिएको थियो। समूहमा रहेका एकजना ग्राहकले मदिरा र धुम्रपान केही पनि सेवन गरेनन् तर उनी आफ्ना साथीहरूसँग बस्न मात्रै आएका जस्तो लागिरहेको थियो। समूहका अन्य दुई ग्राहकहरू भने रक्सी सेवन र धुम्रपान गरिरहेका थिए तर उनीहरू शान्त देखिन्थे। समूहका दुईजना सदस्यले मादक पदार्थ सेवन गरेर मात्तिए झैं गरिरहेका थिए र यी दुई ग्राहकहरूले पछि नाच्ने र महिला कर्मचारीलाई छुने र चुम्बन गर्ने गरिरहेका थिए।

तीनजना महिला कर्मचारी आएर पाँचजना ग्राहकहरूसँग बसे। केही समयपछि अर्की महिला कर्मचारी पनि उक्त समूहमा सामेल भइन्। उक्त कर्मचारी त्यस डान्सबारमा काम गर्ने नयाँ कर्मचारी जस्तो देखिन्थिन् किनभने उनको अर्को कर्मचारी साथीले उनलाई पिउन र ग्राहकहरूसँग सहज हुन इसारा गर्दै थिइन्।

केही समयपछि एकजना ग्राहक डान्स फ्लोरको स्टेजमा गएर एकजना महिला डान्सरसँग नृत्य गर्न थाले। उनीसँग नाच्दै गर्दा ग्राहकले लगातार उनको शरीर छोइरहे। एक समयमा उनले उनीलाई भित्तामा धकेले र उनको ओठ, गाला, घाँटीमा जबरजस्ती चुम्बन गर्दै थिए र उनको शरीर स्पर्श गर्दै थिए। त्यति बेलै रामले उनीहरूका लागि स्टेजमा प्रस्तुति दिए। नृत्य सकेपछि रामले महिला कर्मचारीहरू नाचिरहेका बेला ग्राहकले दिएका टिप्स रकम सङ्कलन गरे।

ग्राहकहरू डान्सबारको सिट राखिएको स्थानबाट स्टेजतिर हेर्छन्।

ग्राहकहरू नेपालको पहाडी क्षेत्रबाट आएका थिए र उनीहरूले मुख्य रूपमा नेपाली गीत बजाउन अनुरोध गरे। तिनीहरू महिला कर्मचारीलाई छामछुम गर्दै नाचिरहे। तिनीहरू कहिलेकाहीं नाच्दै गर्दा एकजना ग्राहकले धेरै महिला कर्मचारीहरूलाई पालैपालो आफ्नो अङ्गालोमा राखे। यस्तॊ गर्दा ती महिला कर्मचारीहरू रिसाए र उनीहरूलाई त्यसो नगर्न आग्रह गरे। यद्यपि उनले बेवास्ता गर्दै तिनीहरूलाई बसेको ठाउँबाट उठाउने र मजाक गर्दै सबैलाई आफ्नो बाइसेप्स देखाए। एकजना ग्राहक मौका मिलाएर महिला कर्मचारीको कानमा केही कानेखुसी गर्थे र उनले आफ्नो टाउको हल्लाउथिन्। यसबाट उनले ति पुरुषले भनेको कुरामा सहमत भएको थाहा हुन्थ्यो।

लगभग ४० वर्षको अर्का ग्राहक एक्लै डान्सबारमा प्रवेश गरे। उनले एकजना कर्मचारीसँग कुरा गरे र अर्को कर्मचारीलाई बोलाउन अनुरोध गरे। ति महिला कर्मचारीले पनि भनेअनुसार बोलाइन् र चेन्जिङ रुमबाट एकजना कर्मचारीलाई आइन् अनि ति व्यक्तिले उनलाई एउटा उपहार दिए, अँगालो हाले र त्यस स्थानबाट बाहिर गए।

एक पटक एकजना ग्राहकले हामी (अनुसन्धानकर्ताहरू) लाई हेरे र हामी नयाँ कर्मचारी हौं कि भनेर सोधे। रामले होइन भन्दै हामी संस्थाबाट आएका र अनुसन्धानका लागि आएका भन्ने कुरा बताए। पाँचजना ग्राहकहरू राति लगभग ११:४५ बजे त्यस स्थानबाट निस्किएर गए। त्यहाँबाट निस्किने समयमा एकजना ग्राहकले हामी भएको ठाउँमा आएर हामीले उनीहरूले नाचेको आनन्द लियौं कि लिएनौं भनी सोधे। अर्का ग्राहक उनीसँगै हामी भएको ठाउँमा आएर हामीलाई रमाइलो पारामा ‘नमस्ते!’ भनेर अभिवादन गरे। त्यसपछि उनीहरूका साथीले उनीहरूलाई हप्काए र हामीलाई ‘रक्सीले मातेका मान्छेहरूले अरूलाई दुख दिनुहुन्न!’ भनेर एक्लै बस्न भने। उनले आफ्ना साथीहरूलाई हामी एउटा संस्थाबाट आएका हौँ भनी कानेखुसी गरे र त्यसपछि उनीहरू सबैजना त्यस ठाउँबाट गए।

डान्सबारको मुनि रहेको रेस्टुरेन्ट तथा बारमा वेट्रेस र कुकको रूपमा काम गरिरहेका दुईजना १८ वर्ष मुनिका युवतीहरू राति लगभग ११ बजे डान्सबारमा प्रवेश गरे। उनीहरूले काउन्टरमा रहेका पुरुष कर्मचारीसँग खुसुक्क कुरा गरे र उनले रामलाई उनीहरूसँग कुरा गर्न बोलाए। तिनीहरूले रामसँग कुरा गरे तर चर्को सङ्गीतका कारण अनुसन्धानकर्ताहरूले उनीहरूले बोलेका कुरा सुन्न सकेनन्। एउटी केटी केही मिनेटका लागि तल गइन् र रामसँग केही मिनेट कुराकानी गर्दै बसेका लगभग १९-२० वर्षका एकजना युवकसँग उनी फेरी फर्केर आइन्। एउटी केटी कसैसँग कुरा नगरिकन डान्सबारमा ग्राहक र नृत्य प्रस्तुति हेरिरहिन्। अर्की केटी र एक जवान पुरुष त्यहाँबाट गए र १५ मिनेटपछि फर्केर आए। ती केटीहरू राति लगभग ११:४० बजे डान्सबारबाट निस्किएर गए। अनुसन्धानकर्ताले रामलाई ती केटीहरूको बारेमा सोध्दा उनले केटीहरू अनलाइन बाइक र ट्याक्सी सेवा पठाओका लागि आएको बताए तर अनुसन्धानकर्ताहरूलाई केटीहरू आएर बसेको घटना असामान्य लाग्यो।

सो समूह त्यहाँबाट गइसकेपछि दुईजना महिला कर्मचारीले पाँचैजनाका लागि पर्याप्त केटीहरू नभएकाले ग्राहकहरू चाँडै त्यहाँबाट गएको भनी एक अर्कासँग कुरा गरिरहेका थिए। हामीले महिला कर्मचारीहरूलाई सोफाहरू पुन: मिलाउन मद्दत गर्‍यौँ। एकजना महिला कर्मचारीलाई अर्कै एकजना ग्राहकको फोन आयो। उनले त्यस व्यक्तिलाई डान्सबारमा आउन निम्तो गरिरहेकी थिइन्। उनीसँग केही मिनेट कुरा गरेपछि उनले फोन रामलाई दिइन्। रामले उक्त ग्राहकलाई ज्वाइँ भनेर सम्बोधन गरे। त्यसपछि रामले हामीलाई ‘तपाईंहरू देख्न सक्नुहुन्छ कि हामी ग्राहकहरूसँग आदरपूर्वक राम्रो सम्बन्ध कायम गर्छौँ किनभने उहाँ हाम्रो एकजना शेयरधनीको साथी हुनुहुन्छ।‘ भनेर बताए।  

त्यसपछि डान्सबारमा अन्य कुनै पनि ग्राहक आएनन्। महिला कर्मचारीहरू रक्सी पिउँदै थिए र धुम्रपान गरिरहेका थिए र केही समयपछि मध्य राति लगभग १२:४५ बजे तिनीहरू खाना खान गए। डान्सबारको एउटा सानो कर्मचारीको भान्छामा रातिको खाना तयार गरिएको थियो। खाना खाइसकेपछि कुनै पनि ग्राहक आएनन्। रामले अझ एक घण्टा पर्खे र त्यसपछि डान्सबार बन्द गरे। उनले ट्याक्सी बोलाए र केटीहरूलाई जान भने। उनले हिसाबकिताबको काम गरे र उनले हिसाब गर्न अर्को साझेदारसँग बस्ने कुरा हामीलाई बताए। त्यसपछि अनुसन्धानकर्ताहरू त्यहाँबाट गए।

डान्सबारका कर्मचारीहरू कम भिडभाड भएको समयमा सँगै बस्छन्।

दिन दुई

दोस्रो दिन पनि डान्सबार साँझ ५ बजे नियमित समयमा नै खुल्यो। राति ९:३० बजे चारजना ४० वर्षभन्दा माथिका ग्राहकहरूको समूह सुरुमा डान्सबारमा प्रवेश गर्यो। अघिल्लो दिनको ठ्याक्कै विपरित कुनै पनि ग्राहकले महिला कर्मचारीलाई अभिवादन गरेनन् वा अँगालो हालेनन्। बरु तिनीहरूले सोफामा बसेर सङ्गीतको आनन्द लिइरहेका थिए। फेरी उनीहरू आएको केही समयपछि राम स्टेजमा गएर नाच्न थाले।

ती ग्राहकहरू मूलतः नेपालको तराई (दक्षिणी) क्षेत्रबाट आएका जस्तो देखिन्थे र तिनीहरूले हिन्दी भाषाका गीतहरू बजाउन अनुरोध गरे। समूहका दुई सदस्यहरू बसेर रक्सी पिइरहेका थिए भने अर्को एकजना सदस्य भने मदिरा पिउँदै महिला कर्मचारीसँग नृत्य गरे। एकजना ग्राहकले एउटी महिला कर्मचारीलाई त्यसरी अभिवादन गरे मानौं उनले ति महिलाई पहिले भेटेका थिए। उनी उनको नजिक पुगिन् र आफ्नो लागि रक्सी किन्न अनुरोध गरिन्। उनीहरू सँगै बसेर बियर पिए। उक्त ग्राहक यी महिला कर्मचारीसँग सहज देखिन्थे र पछि उनलाई समाते र नाचे, चुम्बन गरे र अँगालो हाले। उनीहरूसँगै अर्की महिला कर्मचारी पनि बसिरहेकी थिइन् तर उनको अनुहारको अभिव्यक्ति र शरीरको हावभावले उनी त्यो समूहको हिस्सा हुन नचाहेको जस्तो देखिन्थ्यो।

त्यसपछि सो ग्राहकले अर्को प्रस्तुतिका लागि एउटा गीत अनुरोध गरे र उनीसँग बसिरहेकी र नाचिरहेकी महिला कर्मचारीले स्टेजमा गएर गीतमा प्रस्तुति दिन थालिन्। यद्यपि उक्त ग्राहक उनको प्रस्तुतिबाट असन्तुष्ट थिए र उनलाई उनी नाचिरहेको तरिका परिवर्तन गर्न आग्रह गरे। उनी म्युजिक भिडियोमा मूल डान्सरले प्रस्तुति दिइएको गीतसँग धेरै मेल खाओस् भनेर उनले महिला कर्मचारीलाई भुइँमा बस्न भने। उक्त महिला कर्मचारी अनुरोध गरिएअनुसार भुइँमा बसिन् र आफ्नो प्रस्तुति जारी राखिन्। यसो गर्दा ग्राहक प्रसन्न भए।

डान्सबारका एकजना शेयरधनी पछि आए। उनले हामीलाई अभिवादन गरे र त्यसपछि बारको छेउमा उभिएर त्यहाँ भइरहेका कुराहरू हेरे।

चारजना ग्राहकको समूह राति लगभग १० बजेतिर डान्सबारबाट निस्किएर बाहिर गयो। त्यसको लगत्तै करीब ३० वर्ष उमेर पुगेका दुईजना पुरुष ग्राहकहरू आइपुगे। एकजना महिला कर्मचारी तुरुन्तै नजिक गइन् र एकजना ग्राहकलाई अभिवादन गरिन्। त्यसपछि उनी तिनीहरूको छेउमा बसिन् र तिनीहरू दुवैका लागि बियर अर्डर गरिन्। उनी ती ग्राहकहरूमध्ये एकजनासँग निकै नजिक देखिन्थिन्। दुबैजना ग्राहकहरू रक्सी पिइरहेका थिए र नृत्य प्रस्तुतिको आनन्द लिइरहेका थिए। पछि अर्की महिला कर्मचारी पनि उनीहरूसँग सामेल भइन्। ती दुईजना ग्राहकहरू कर्मचारीसँग बेलाबेलामा कुरा गरिरहेका थिए र उनले टाउको हल्लाएर तिनीहरूलाई जवाफ दिइरहेकी थिइन्। चर्को सङ्गीतका कारण उनीहरूको कुराकानी सुन्न सम्भव थिएन। ग्राहकहरूले रक्सी पिए तर उनीहरू शान्त देखिन्थे। उनीहरूले नृत्य प्रस्तुतिको आनन्द लिइरहेका थिए तर उनीहरू आफैले नृत्य भने गरेनन्। ति ग्राहकहरू ११:३० बजेतिर डान्सबारबाट निस्किए।

त्यसपछि कुनै पनि ग्राहकहरू त्यो डान्सबारमा आएनन्। कर्मचारीले खाना खाइसकेपछि रामले लगभग १२ बजे डान्सबार बन्द गर्ने निर्णय गरे। उनले कर्मचारीहरूलाई उनीहरूका घरसम्म छोड्न एउटा ट्याक्सी बोलाए।

एकजना महिला डान्सबार कर्मचारी स्टेजमा आफ्नो नियमित नृत्यको श्रृंखला सुरु गर्छिन्।

डान्सबारको आम्दामी र खर्च

डान्सबारमा १२ देखि १५ जना कर्मचारीहरू काम गर्छन्। अनुसन्धानकर्ताहरू आएको समयमा छजना नियमित कर्मचारी काम गरिरहेका थिए। कर्मचारीलाई दिनुपर्ने तलब एक महिनाको १५,००० र १८,००० नेपाली रूपैयाँको बीचमा हुन्छ। यो तलब नेपाल सरकारको न्यूनतम ज्याला वा सोभन्दा माथि हुन्छ (तर विशेषगरी कुनै कर्मचारीको आश्रित व्यक्ति छ भने प्रायः यो तलब सबैलाई जीवनयापन गर्न अपर्याप्त हुन्छ)। कर्मचारीहरू ग्राहकहरूको टिप्समा निर्भर हुन्छन्। यस्ता टिप्स प्रत्येक कर्मचारीले प्राप्त गरेको खाना तथा मदिराको बिक्रीको स्तरको आधारमा सिफ्टको अन्त्यमा कर्मचारीहरूलाई वितरण गरिन्छ। बिक्रीको स्तर प्रति दिन १५,००० नेपाली रूपैयाँ छ भने व्यवसायमा कुनै नोक्सान हुँदैन। कर्मचारीको लागत यस रकमको लगभग २०% हुन्छ।

डान्सबारमा अवलोकनको अवधि ग्राहकहरू आउने जाने आवृतिमा परिभाषित थियो। साँझ लामो समयसम्म डान्सबारमा कुनै आगन्तुक आएनन्। ग्राहकहरू आइपुगेपछि सबै कर्मचारी सदस्यहरू स्टेजमा प्रस्तुति दिइरहेका रामलगायत अन्य महिला कर्मचारीहरू प्रत्येक ग्राहकसँग एक-एकजना सँगै बसेर प्रत्यक्ष कुराकानी गर्दै बिक्री तथा टिप्स वृद्धि गर्नका लागि जुटे। डान्सबारको यौनजन्य व्यवसाय मोडेल त्यो रातको बिक्री बढाउन र ग्राहकहरूले भविष्यमा सो स्थानलाई संरक्षण गरिरहनेछन् भन्ने कुरा सुनिश्चित गर्न ग्राहकहरूसँग कुराकानी गर्ने महिला कर्मचारीहरूमा निर्भर गर्छ। तिनीहरूले ग्राहकहरूसँग कसरी कुराकानी गरे भन्ने कुरा ग्राहकहरूको इच्छा र अपेक्षाहरूमा निर्भर हुन्थ्यो (खण्ड ५ हेर्नुहोस्)। तर ग्राहकहरूको अपेक्षाहरू पूरा गर्नु डान्सबारका लागि आर्थिक चुनौतीको सामना गर्नु हो। एक महिला कर्मचारीले उल्लेख गरेझैं प्रत्येक ग्राहकसँग कुराकानी गर्न पर्याप्त कर्मचारीहरू नहुँदा थपिने ग्राहकहरूको सङ्ख्या गुम्न सक्छ। ग्राहकहरूसँग घनिष्ट सम्बन्ध बनाएर डान्सबारका सामानहरू बेच्न उनीहरूसँग प्रत्यक्ष कुराकानी गर्नुपर्छ र यसले ग्राहकका समूहहरू आइपुग्दा धेरै कर्मचारीहरू चाहिन्छ। यद्यपि ग्राहकहरूको सङ्ख्या तलमाथि भएको आधारमा कर्मचारीहरूले आफ्नो सिफ्टको प्रायः समय थोरै काम गरेर बस्न सक्छन्।

यो डान्सबार स्थानीय लघु व्यवसाय तथा अन्य डान्सबारहरूसँग जोडिएको छ। डान्सबारमा चाहिने किराना सामानहरू प्राय: नगद भुक्तानी गरेर नजिकैका पसलहरूबाट खरिद गरिन्छ। किराना सामानहरू उधारोमा खरिद गरिन्छ भने महिनाको अन्त्यमा यसको भुक्तानी गरिन्छ। ग्राहकहरूका लागि खानेकुरा तलका रेस्टुरेन्टहरूबाट केही नाफाको भाग थपेर अर्डर गरिन्छ। राति रक्सीको आपूर्ति कम हुन्छ भने अन्य डान्सबारहरूसँगको सम्झौताअनुसार तिनीहरूबाट रक्सी सापटी लिन सकिन्छ।

काठमाडौंका धेरै डान्सबारहरूमा जस्तै यो डान्सबारमा पनि धेरै साझेदारहरूको स्वामित्व छ। यो बहु-साझेदार मोडेलले आर्थिक जोखिम बाँड्छ र यसमा प्रत्येक लगानीकर्ताबाट एकदमै कम स्तरको लगानी प्रति साझेदार लगभग ५,००,००० नेपाली रूपैयाँ राखिएको हुन्छ। लाभ-सेयर साझेदारको रूपमा रामले यस डान्सबारमा लगानी गरेपछि त्यो स्थानको दैनिक व्यवस्थापनमा अन्य साझेदारहरूको कम संलग्नता हुन्छ। डान्सर र प्रबन्धकको रूपमा उनको सीपहरू प्रयोग गरिनुका साथै उनलाई नाफा बढाउन प्रोत्साहन भत्ता पनि दिइन्छ।

रामका अनुसार बिक्री राम्रो भएमा नाफा लगभग १०–२० प्रतिशतसम्म हुन्छ। तर बिक्री कत्तिको पर्याप्त वा ‘राम्रो’ हुन्छ भन्ने कुरा अस्पष्ट थियो। उनले कोभिड–१९ महामारीको समयमा व्यापारमा घाटा भएको कुरा बताए तर यो क्रमशः सुधार हुँदै गएको उनलाई लाग्छ।

ग्राहक, कर्मचारी र रोजगारदाता बीचको सम्बन्ध

कर्मचारीहरू रामसँग बोल्न अत्यन्तै सहज देखिन्थे र डान्सबारमा अत्याधिक श्रेणीबद्ध व्यवस्थापन संरचना देखिएन। उदाहरणका लागि, एकजना कर्मचारी त्यस डान्सबारमा साँझ लगभग ७:३० बजे ढिला आइपुगे तर रामले उनलाई हप्काएनन्। यसले काम गर्ने समयलाई हल्का रुप लिइन्छ भनेर देखाउँछ। महिला कर्मचारीहरू आफूखुसी डान्सबारमा आफूले गर्ने गतिविधिहरू गर्न सक्ने देखिन्छ। रामले उनीहरूलाई नाच्न कुनै दबाब दिँदैनन् र रामले महिला कर्मचारीहरू ग्राहकहरूसँग बसे कि ग्राहकहरूबाट टाढा कुनामा बसे भन्ने बारेमा वास्ता गरेको देखिँदैन।

यद्यपि कर्मचारीहरूको भूमिका पहिला नै तोकिएको जस्तो देखिन्छ र महिला कर्मचारीहरूले ग्राहकहरूसँग बसेर मदिरा पिउने र मनोरञ्जन गर्ने अपेक्षा गरिन्छ। कर्मचारीको तलब संरचना उनीहरू ग्राहकहरूसँग कति घुलमिल हुन्छ भन्ने कुरामा भर पर्दछ किनभने कर्मचारीहरू ग्राहकहरूलाई खानेकुरा खान तथा मदिरा किन्न प्रोत्साहित गरेर थप पैसा कमाउन सक्छन्। सहकर्मीहरूले ग्राहकहरूलाई मनोरञ्जन गराउने र रक्सी पिउन लगाउने कुराहरू गर्न लगाउथे। उदाहरणका लागि एउटी महिला कर्मचारी डान्सबारमा नयाँ देखिन्थिन् र उनी डान्सबारमा हुने गतिविधिहरू प्रति डराएजस्तो देखिन्थिन्। नयाँ कर्मचारीले त्यस्तो काम गर्न हिचकिचाए तापनि एकजना पुरानो महिला कर्मचारी सदस्यले उनलाई ग्राहकहरूसँग बस्न र उनीहरूसँग सहज महसुस गर्न दबाब दिइरहेकी थिइन्। ती पुरानो कर्मचारीले उनलाई एकजना ग्राहकसँगै बसेर उनीहरूसँग कुराकानी गर्न र रक्सी पिउन प्रोत्साहित गरिन्। प्रत्येक ग्राहकलाई मनोरञ्जन अनुभव गराउनुपर्ने भएकाले कर्मचारीहरू आफ्ना सहकर्मीहरूलाई ग्राहकलाई खुसी राख्न दबाब दिन प्रोत्साहित गरिन्छ। समूहमा आएको एकजना सदस्यले नरमाइलो मानेर एक्लो महसुस गरेमा सम्पूर्ण समूह डान्सबारबाट निस्किएर जाने जोखिम हुन्छ। यसका अतिरिक्त जति धेरै पेय पदार्थ बिक्री गर्न सक्यो कर्मचारीहरूले त्यति नै बढी कमिसन र टिप्स पाएर फाइदा पाउँछन्। ग्राहकहरूले व्यक्तिगत रूपमा टिप्स रकम दिएमा कर्मचारीहरूलाई सामुहिक बिक्री बढाउन प्रोत्साहन हुन्छ किनभने समूहले खर्च गरेको रकमबाट तिनीहरू कमिसन बाँडिनेछ। कर्मचारीहरूका लागि खरिद गरिएको खाना र पेय पदार्थबाट पनि कमिसन आउँछ। त्यसैले सहकर्मीहरूलाई रक्सी पिउन प्रोत्साहन गर्दा पनि आर्थिक फाइदा हुन्छन्।

स्थानमा प्रवेश गर्दा ग्राहकहरू सहजै देखिन्छन्, र केही नियमित ग्राहकहरू छन्। ग्राहकको अवधारणको लागि परिचितता महत्त्वपूर्ण छ, र राम निकटताको यो भावनालाई बढावा दिनको मुख्य भाग हो। स्टेजमा प्रस्तुति दिंदा पनि उहाँ प्रत्येक ग्राहकलाई अभिवादन गर्नुहुन्छ र नाच्दै गर्दा ग्राहकहरूले उहाँको गाला र शरीरमा छुँदा सहज महसुस गर्नुहुन्छ। उसले ठेगानाका परिचित सर्तहरू जस्तै जुवाई (भाई) को प्रयोग गर्दछ केही परिस्थितिहरूमा ग्राहकहरूलाई सन्दर्भ गर्न। राम र उहाँका कर्मचारीहरू दुवै ग्राहकहरूसँगको आफ्नो दृष्टिकोणलाई निजीकृत गर्नमा निपुण छन् – तिनीहरूको आवश्यकता र संवेदनशीलताहरू पूरा गर्न उनीहरूले अन्तरक्रिया गर्ने तरिकालाई अनुकूलन गर्दै। उदाहरणका लागि, अवलोकनको क्रममा, ग्राहकहरूको एक समूहलाई दाई (भाइ) शब्दहरू प्रयोग गरेर सम्बोधन गरिएको थियो र ग्राहकहरूले उनीहरूलाई बहिनी (कान्छी बहिनी) भनेर सम्बोधन गरेका थिए, जबकि ग्राहकहरूको अर्को समूहलाई सम्मानजनक प्रत्यय जी प्रयोग गरेर सम्बोधन गरिएको थियो जबकि ग्राहकहरूले कर्मचारीहरूलाई सम्बोधन गरे। माइया (प्रिय) शब्द प्रयोग गर्दै।

ग्राहकहरु संग अन्तरक्रिया को प्रकार पनि भिन्न हुन्छ। उदाहरण को लागी, अवलोकन को समयमा केहि कर्मचारीहरु र ग्राहकहरु बीच लामो-समय सम्बन्ध को केहि प्रमाण थियो। एक ग्राहकले कर्मचारीको एक सदस्यलाई उपहार दिन घटनास्थलको भ्रमण गरे, र रामले बताए कि कहिलेकाहीँ ग्राहकहरू आफ्नो मनपर्ने कर्मचारीलाई भेट्न बेलुका 5 बजे डान्स बारमा जान्छन्। सामान्यतया, फ्लर्टिङ, चुम्बन र यौन स्पर्श ग्राहकहरु संग अन्तरक्रिया को एक अपेक्षित र असामान्य पक्ष जस्तो देखिन्थ्यो।

सामान्यतया, ग्राहकहरूले कर्मचारीहरूले आफ्ना मागहरू पूरा गर्ने अपेक्षा गर्छन् – चाहे यो उनीहरूले चाहेअनुसार नाचिरहेको होस् वा यौनजन्य अन्तरक्रियामा संलग्न होस्। कहिलेकाहीँ, अवलोकनको क्रममा, कर्मचारीहरूले अन्तरक्रियाको स्तरसँग असहज देखिन्थे र केही कर्मचारीहरूले प्रत्यक्ष रूपमा केही व्यवहारहरू, जस्तै डान्स फ्लोरमा ग्राहकद्वारा उठाएर लैजाने जस्ता आफ्नो मन नपरेको कुरा मौखिक रूपमा देखाए। यद्यपि, ग्राहकको व्यवहारलाई नियन्त्रण गर्ने र स्थान सीमाहरू राख्ने प्रयासहरूलाई ग्राहकहरूले खारेज वा उपहास गरे। डान्सबारमा मादक पदार्थ सेवन गरेर कैयौं ग्राहक पुगेका थिए र डान्सबारमा मदिरा सेवन गरिरहेका थिए । कतिपय कर्मचारीहरूले कतिपय व्यवहारहरूप्रति असन्तुष्टि व्यक्त गरे तापनि गुनासोहरू सुनेका रामले हस्तक्षेप गरेनन् र व्यवहारलाई जारी राख्न अनुमति दिए।

रकम तिर्ने बेलामा पनि ग्राहकहरूले शक्ति प्रयोग गरेको देख्न सकिन्छ। ग्राहकहरूले कसरी उधारोमा रकम भुक्तान गर्न चाहन्छन् र अर्को दिन उनीहरूबाट पैसा उठाउनै पर्छ भनेर रामले बताए। उनी कहिलेकाहीँ पैसा सङ्कलन गर्न कठिनाइहरू अनुभव गर्छन् र ग्राहकहरू “अर्को पटक” रकम तिर्ने वाचा गरेर जाने गर्छन्।

निष्कर्ष

स्थानीय र अन्य मनोरञ्जन केन्द्रहरू जस्तै ठमेलबाट उच्च स्तरको प्रतिस्पर्धाले गर्दा डान्स बारले आफ्नो कस्टमलाई सुरक्षित गर्न संघर्ष गरिरहेको हुन्छ। यस मौसममा, शक्ति सन्तुलन ग्राहकहरु संग रहन्छ। राम र उनका कर्मचारीहरू दुवै जना ग्राहकहरूको माग पूरा गर्न उनीहरू घटनास्थलमा बस्न र पैसा खर्च गर्ने कुरा सुनिश्चित गर्न धेरै प्रयास गर्छन्। यसमा केही सीमितताहरू सहित उच्च स्तरको शारीरिक घनिष्टता (चुम्बन र यौन स्पर्श सहित) प्रदान गर्ने, र, रामको लागि, कर्मचारीहरूलाई सह-कर्मचारी रूपमा छोइएकाहरूलाई आँखा नदेखाउने समावेश छ। यसले बिक्री बढाउन ग्राहकहरूसँग रक्सी सेवन गर्ने कर्मचारीहरूमा पनि भर पर्छ।

कमिसनमा आधारित तलब संरचना भनेको कर्मचारीहरूलाई ग्राहकहरूसँग नजिक हुन र रक्सी पिउन प्रोत्साहित गर्नु हो र उनीहरूका सहकर्मीहरूलाई पनि त्यसै गर्न प्रोत्साहित गर्नु हो। न्यूनतम पारिश्रमिक वा सोभन्दा माथिको आधारभूत तलब हुँदा जीवनयापन गर्न पुग्ने पर्याप्त पैसा कमाउन टिप्स र खाना तथा मदिरा बिक्रीबाट कमिसन आउने कुरामा निर्भर हुन्छ।

नृत्य प्रदर्शनहरू प्रस्तावको केन्द्रीय भाग होइन, तर यसको सट्टा, डान्स बारले प्रदान गर्ने युवा महिला कर्मचारीहरूसँगको यौन सम्पर्कको एउटा पक्ष हो। त्यहाँ एक-अर्काको अन्तरक्रिया र उच्च स्तरको शारीरिक घनिष्टताको लागि अपेक्षाहरू छन् जसमा यौन स्पर्शको खुला प्रदर्शनहरू समावेश छन्। उच्च स्तरको शारीरिक घनिष्टता र यी पूरा गर्नको लागि वित्तीय दबाबको लागि ग्राहकको अपेक्षा, यसको मतलब कर्मचारीहरूलाई उत्पीडनको सामना गर्नु पर्ने हुन्छ, र जबरजस्ती स्पर्श गर्दा कुनै उपाय हुँदैन। CLARISSA अनुसन्धानकर्ताहरूले डान्स बारमा बालबालिकाको उपस्थिति पुष्टि गर्न सकेनन्, तर यस केस स्टडीले उनीहरूमा काम गर्ने बालबालिकाहरूका लागि यस प्रकारको काम गर्ने वातावरणले बाल श्रमको सबैभन्दा खराब रूपहरू कसरी बनाउँछ भनेर चित्रण गर्छ। महिला कर्मचारीहरू र ग्राहकहरू बीचको यौनिक अन्तरक्रियामा व्यापार मोडेलहरूको निर्भरताले कार्यस्थलहरूमा बालबालिकाहरूको यौन शोषणको परिणाम दिन्छ जहाँ बालबालिकालाई त्यस्ता भूमिकाहरूमा काम गरिन्छ।

एक महिला कर्मचारी स्टेजको छेउमा उभिरहेकी छिन्

उच्च स्तरको घनिष्टताले वित्तीय प्रभाव पार्छ किनभने प्रत्येक ग्राहकको आवश्यकताहरू पूरा गर्न पर्याप्त कर्मचारी आवश्यक हुन्छ, यद्यपि त्यहाँ कुनै कस्टमको लामो अवधि हुन सक्छ। त्यहाँ केही प्रमाणहरू थिए कि यसलाई अस्थायी रूपमा नजिकैका स्थानहरू, जस्तै डान्स बार मुनि रेस्टुरेन्टहरूका कर्मचारीहरूसँग कार्यबल विस्तार गरेर कम गर्न सकिन्छ। रामले स्पष्ट रूपमा नभने पनि, हाम्रा अन्वेषकहरूले डान्सबार चलाउने क्रममा बिताएको समयको परिकल्पना गरे कि तलको रेस्टुरेन्टमा काम गर्ने दुई महिला बच्चाहरू यस तरिकामा संलग्न हुन सक्छन्: जब डान्स बारलाई ग्राहक भेट्न थप कर्मचारीहरू चाहिन्छ। माग, तिनीहरू कर्मचारी संख्या बढाउन प्रयोग गर्न सकिन्छ।

क्लारिसा अनुसन्धानकर्ताहरूले काठमाडौंको सञ्चालित एक डान्सबार दैनिकरूपमा अवलोकन गर्दा डान्सबारको यौनजन्य व्यवसाय मोडेलले कर्मचारी र ग्राहकहरू बीचको घनिष्ट सम्बन्धलाई कसरी प्रोत्साहित गर्ने कुरा र जवान महिला र केटीहरूको शरीर तथा उनीहरू तर्फको ध्यानका लागि उमेर पुगेका पुरुषहरूको अधिकारको भावनालाई झल्काउने सामाजिक मान्यताको बारेमा जानकारी प्राप्त गर्दछन्। तर यस अवलोकनले व्यवसाय मोडेलको महत्वपूर्ण पक्ष भनेको हानिकारक व्यवहारको सामना गर्ने, धेरै मात्रामा मदिरा सेवन गर्नेदेखि दुर्व्यवहारको जोखिममा पर्ने र जबरजस्ती स्पर्श गर्दा असुरक्षित अवस्थामा नै छोडिने महिला कर्मचारीहरू माथिको निर्भरता हो भन्ने पनि जनाउँछ।

*फोटो साभार: अनिश बाँस्तोला। यी फोटोहरू रामको डान्सबारसँग मिल्दोजुल्दो साइज र सेट-अप भएको काठमाडौंको एउटा डान्सबारमा खिचिएका थिए। फोटोमा देखिएका प्रत्येक कर्मचारीद्वारा फोटो प्रयोग गर्ने लिखित सहमति प्रदान गरिएको छ। व्यक्तिको पहिचान लुकाउन फोटोहरूलाई धमिलो पारिएको छ।