पर्दाभित्रको व्यवसाय
काठमाडौंमा मसाज र स्पा सञ्चालन गर्नुको वास्तविकता
माया र उनको व्यवसाय
माया (परिवर्तित नाम) उमेरको हिसाबले पैंतीसको हाराहारी छिन्। माया काठमाडौंको एउटा क्षेत्रमा मसाज तथा स्पा व्यवसाय चलाउँछिन् । उक्त क्षेत्र मनोरञ्जन तथा पर्यटकीय केन्द्र मानिन्छ। मायाको व्यवसाय रहेको क्षेत्रमा ट्राभल एजेन्सी, कपडा पसल, ट्रेकिङका सामानहरू बेच्ने पसल, खाजा घर, हेयर सैलुन र किराना पसलहरूजस्ता साना तथा मध्यम स्तरका व्यवसाय सञ्चालित छन्। त्यहाँबाट केही मिनेटको पैदल दूरीमा अन्तर्राष्ट्रिय पर्यटकहरूको चहलपहल हुने पसल, ठूला र महँगा होटल तथा रेस्टुरेन्टहरू छन्।
मायाको मसाज तथा स्पा पार्लर पाँच तले भवनको दोस्रो तलामा छ, यो भुइँतलाको सानो माछा पसलभन्दा ठ्याक्कै माथि छ। अन्य तलामा सानास्तरका लघुवित्त कम्पनीका कार्यालयहरू रहेका छन्। मसाज तथा स्पा पार्लरभित्र प्लाई काठले बारेका तीनवटा कोठाहरू छन् जहाँ ग्राहकहरूलाई सेवा दिइन्छ, साथै पार्लरभित्र एउटा बाथरूम र सोफाहरू राखिएको खुला रिसेप्सन छ। यो रिसेप्सनमा ग्राहकहरूलाई स्वागत गरिन्छ र सेवा शुल्क लिइन्छ। ग्राहकहरू नभएको बेलामा कर्मचारीहरूले रिसेप्सनको सोफामा बसेर समय बिताइरहेका हुन्छन्। मसाजको लागि प्रयोग गरिने तीनवटै कोठामा मसाज टेबलको सट्टामा काठको एउटा सानो सिङ्गल बेड, हीटर र कोट झुण्ड्याउने स्ट्यान्ड रहेको छ। मसाज कोठाभित्रको सजावट सामान्य छ र सङ्गीत बजाउने कुनै व्यवस्था छैन। पातलो प्लाई काठको भित्ता भएकोले खासै गोपनीय हुने पनि देखिंदैन। बेडका तन्ना नियमित धुने त्यो ठाउँले स्वस्थ र स्वच्छ मापदण्ड कायम राखेको छैन, जुन मसाज तथा स्पा सञ्चालकले कायम राख्नुपर्ने हो।
माया लगभग दश वर्षदेखि मसाजको क्षेत्रमा कार्यरत छिन्। उनको श्रीमानले उनलाई छाडेपछि र आफ्नो दुई छोरालाई आफैले हुर्काउनु पर्ने भएपछि, मायाले आफ्नै गाउँका आफन्तहरूको सहयोगमा त्यो व्यवसाय सुरु गरिन्। सन् २०१६ मा आफ्नै व्यवसाय सुरु गर्नुअघि उनले आफन्तले नै सञ्चालन गरेको मसाज तथा स्पा पार्लरमा मसाज गर्ने सीपहरू सिकिन्। उनको सुरुमा तीन लाख रुपैयाँ लगानी गरी व्यवसाय सुरु गरिन् । व्यवसाय मायाको नाममा दर्ता भए पनि यसबाट आएको नाफा यो व्यवसाय सुरु गर्न पैसा लगानी गर्ने उनको साथी (व्यापार साझेदार) सँग बराबर बाँड्नुपर्छ।
मायाले प्रतिमहिना ३५ हजार रुपैयाँ पार्लरको भाडा तिर्छिन्। उनीसँग चारजना महिला कर्मचारी छन् (जसमा दुईजना १४ र १५ वर्षका बालिका हुन्)। यी कर्मचारीहरूको कमाइ कमिसन र टिप्सबाट मात्रै हुन्छ; मायाले उनीहरूलाई तलब दिन्नन्।
क्याप्सन: भवनको दोस्रो तलामा अवस्थित मसाज तथा स्पाको प्रवेशद्वार*
माया र उनका कर्मचारीहरूले मसाज तथा स्पाले के-के सेवाहरू दिन्छ भनेर स्पष्ट बताएनन्। यस क्षेत्रका मसाज तथा स्पा व्यवसाय पहिलेदेखि नै प्रहरीको तारो हुँदै आएको छ र यो क्षेत्रमा हुने यौन कार्यले यो क्षेत्र बदनाम पनि छ। त्यसैले यो व्यवसाय गोपनीयताका आधारमा चल्दछ र व्यवसायका ती पक्षलाई अनुसन्धानकर्ताहरूबाट लुकाइएको वा छेकिएको हुनसक्नु अपेक्षाकृत थियो। साथै, ग्राहकहरूसँग हुने धेरैजसो कुराकानी मसाज कोठाको बन्द ढोकाभित्र गरिन्छ (जसलाई अनुसन्धानकर्ताहरूले अवलोकन गर्न सकेनन्)।
तथापि, कर्मचारीसँगको अनौपचारिक छलफलबाट र दुई दिनसम्म मसाज तथा स्पा पार्लर अवलोकन गरेर अनुसन्धानकर्ताहरूले त्यहाँ ग्राहकको अनुरोधअनुसार मसाजको साथै यौन सेवा पनि दिइने गरेको अनुमान गर्न सके। एक कर्मचारीले मसाज मात्रै गरेको पैसा कर्मचारी र मालिकबीच बराबर बाँडिन्छ र ‘एक्स्ट्रा काम’बाट आएको पैसाको २५% मात्र मालिकलाई र ७५% कर्मचारीलाई दिइन्छ भनी अनुसन्धानकर्ताहरूलाइ बताइन् (तर “एक्स्ट्रा काम” भित्र के-के हुन्छ भनेर ती कर्मचारीले स्पष्ट बताउन चाहिनन्)।
क्याप्सन: प्लाई काठले बारेका मसाज पार्लरका कोठाहरू। प्रत्येक कोठामा काठको सानो बेड, हीटर र कोट झुण्ड्याउने स्ट्यान्ड छ।
यस लेखमा लेखकहरूले कोठाभित्र भएका क्रियाकलापलाई बताउन सामान्य शब्द ‘सेवा’ प्रयोग गरेका छन् (यसमा मसाज थेरापी मात्र हुन सक्छ, र/वा यौन सेवा पनि हुन सक्छ, तर यस व्यवसाय गोपनीय प्रकृतिले गर्दा त्यहाँभित्र भएका कुरा वा विषय अनुसन्धानकर्ताहरू थाहा पाउन सकेनन्)।
मायाका सबै चार जना कर्मचारीले ग्राहकहरूलाई सेवा प्रदान गर्छन्। दुई जना बालिकाहरूले कोठा मिलाउने, कोठा सफा गर्ने, तौलिया तथा तन्नाहरू धुने काम पनि गर्दछन्। चार कर्मचारीमध्ये तीन जना दिदीबहिनी हुन् (दुई बालिकासमेत गरी)।
मसाज तथा स्पा पार्लर पूरै हप्ता हरेक बिहान ८ बजेदेखि साँझ ९ बजेसम्म खुला हुन्छ, हिसाब गर्दा यो दिनको १३ घण्टा सञ्चालित हुने देखिन्छ। तर, सञ्चालन हुने समय ग्राहकको मागअनुसार फरक हुन सक्छ: यदि खुला रहने समय बाहेकको समयमा मसाज सेवाहरू चाहने व्यक्तिहरू भएको खण्डमा आफूसँग कर्मचारीहरू छन् भने माया ती ग्राहकका लागि सेवा प्रबन्ध गर्न सक्छिन्।
मायासँगै काम गर्ने ठाउँमा
सन् २०२२ नोभेम्बरमा क्लारिसाका दुई महिला अनुसन्धानकर्ताहरू मसाज तथा स्पा व्यवसाय सञ्चालनको दैनिक वास्तविकता, अभ्यास र त्यहाँका कार्यहरूलाई विस्तृत रूपमा अवलोकन गर्न दुई दिनसम्म मायाको साथमा उनको मसाज तथा स्पा पार्लर गए। यी दुई दिनमा अनुसन्धानकर्ताहरूले पार्लर खुलेदेखि माया घर जाने बेलासम्म यस व्यवसाय भित्रका क्रियाकलापलाई अवलोकन गरिरहे। ग्राहक नभएको समयमा, माया र उनका कर्मचारीसँग अनौपचारिक कुराकानी पनि हुन्थ्यो। अनुसन्धान टोलीले पैसाको कारोबार, कर्मचारी अनुभव र ग्राहक सम्बन्धबारे गहन अवलोकन गर्यो। प्रत्येक दिनको अन्त्यमा अनुसन्धानकर्ताहरू आफूले अवलोकन गरेका कुराहरू रेकर्ड गर्थे।
अवलोकन अवधिभर जम्मा आठ जना ग्राहकहरू मसाज तथा स्पा पार्लरमा आए, पहिलो दिन तीन जना र दोस्रो दिन पाँच जना ग्राहक। यस बाहेक अरू दुई जना पनि छिरेका थिए, जो सादा पोशाक लगाएका प्रहरी अधिकारीहरू रहेको माया र उनका कर्मचारीले बताए। मायाले प्रहरी छिर्दा कुनै डर मानेको देखिएन। उनी यसलाई नियमित जाँच मान्दथिन् जसले व्यवसायमा बाधा पुर्याउँदैनथे। सबै ग्राहकहरू नेपाली थिए।
मायाले मसाजको तालिम लिएकी छिन् तर कर्मचारीहरू नहुँदा आफैले भने सेवाहरू प्रदान गर्दिनन्, यसले ग्राहक फर्केर जाने भएपनि उनलाई फरक पर्दैनथ्यो। (माया आफूले सेवाहरू दिन किन नचाहेको भनेर स्पष्ट रूपमा बताइनन्)। मायाको भूमिका व्यवस्थापकीय हो। उनी ग्राहकहरूको कल उठाउँछिन्, आफ्ना कर्मचारीहरूमा काम बाँडफाँट गर्छिन् र ग्राहकका लागि कर्मचारी खटाउँछिन्।
मसाज तथा स्पामा के भयो?
पहिलो दिन
पहिलो दिन, मायाले बिहान ८ बजे मसाज तथा स्पा पार्लर खोलिन्। उनका कर्मचारीहरू बिहान ९ बजे आइपुगे। चार जना कर्मचारीबीच कार्यहरू बाँडफाँड गरियो। नाबालिग कर्मचारीहरूलाई मसाज केन्द्र र त्यहाँका तीनवटा कोठा सफा गर्ने जिम्मेवारी दिइयो। मायाले काम बाँडफाँट गर्दै गर्दा एक जना वयस्क कर्मचारी धूमपान गरिरहेकी थिइन्।
मध्यान्हतिर एक जना पुरुष ग्राहक आइपुगे र उनका लागि १४ वर्षीया कर्मचारी खटाइयो। उनीहरू एकसाथ एउटा मसाज कोठामा गए र ढोका बन्द गरे। कर्मचारीहरूले कमिसनमा काम गर्ने भएकाले ग्राहकहरू आउँदा पालैपालो सेवा दिन्छन्। तर ग्राहकका आफ्नो प्राथमिकताहरू हुँदा उनीहरूले आफूले सेवा लिन चाहेको कर्मचारी रोज्छन्।
यस समयको दौरान, १५ वर्षीया कर्मचारीलाई टिकटकमा ‘लाइभ’ बसेको देखियो। उनले ग्राहकहरूलाई मसाज र स्पामा आउन अनुरोध गरिरहेकी थिइन्, टिकटक लाइभ हेर्ने निश्चित व्यक्तिहरूसँग जिस्किँदै कुरा गर्दै थिइन्, र उनीहरूलाई ‘म राम्रोसँग मसाज गर्दिन्छु, आउनुस् न’ भन्दै थिइन्। उनले बेलाबेलामा लाईकको सङ्ख्या बढाउन उनीहरूलाई ‘ट्याप-ट्याप’ गर्न भन्थिन्, जसले लाइभ स्ट्रिमको पहुँच विस्तार गर्नेथियो।
पहिलो ग्राहक १४ वर्षीया कर्मचारीसँग आफ्नो मसाजको समय पूरा गरेर कोठाबाट बाहिर निस्किए, र अन्य कर्मचारीहरू ती ग्राहकलाइ प्रेमाभाव पाराले जिस्किँदै खाजा खुवाउन भन्दै थिए। ग्राहकले पर्स निकालेर देखाउँदै ठट्यौली पारामा आफूसँग खाजा र पार्किङमा तिर्ने पैसा नै छैन भन्दै थिए। तर, त्यसपछि उनले चारै कर्मचारीका लागि चाउमिन अर्डर गरे।
केहीबेरपछि, अर्को पुरुष ग्राहक पार्लरमा आइपुगे। एकजना वयस्क कर्मचारीले यो ग्राहकलाई चिनेको देखियो, र उनले ती ग्राहकलाई एउटा कोठामा लिएर गइन्। ढोका खुला नै रह्यो। कर्मचारी ग्राहकको नजिकै बसिन्, उनीसँग कुराकानी गरिन्। उनीहरूको कुराकानी अनुसन्धानकर्ताहरूले सुन्न गाह्रो थियो। केहीबेरपछि, एक जना बालिका कर्मचारी त्यो कोठामा पसिन् र कफी खाने हो कि भनेर सोधिन्। ग्राहकले हुन्छ भन्दै उनलाई पाँचसय रुपैयाँ दिए। उनी कफी लिन बाहिर गइन् र वयस्क कर्मचारीले ग्राहकसँग कुराकानी जारी राखिन्।
बालिका कर्मचारी कफी लिएर फर्किइन् र कफी खाइसकेपछि ती ग्राहक गए। उनी जाँदै गर्दा बालिका कर्मचारीले भोलि फेरि आउनु ल भनिन्, यो सुनेर उनका सहकर्मीहरू हाँसे।
साँझ ६.३० बजेसम्म मसाज तथा स्पामा अरू कोही पनि आएनन्। त्यसपछि जब एक जना पुरुष ग्राहक भित्र पसे र मायालाई बाहिर गएर कुरा गरौँ भनेर आग्रह गरे। उनी फर्किएर आएनन्। मायाले उनी नयाँ ग्राहक भएको र एउटा खास कर्मचारीका लागि अनुरोध गरेको बताइन्। अलिक पछि अनौपचारिक कुराकानीको क्रममा मायाले त्यो ग्राहकले क्लारिसाका एक जना अनुसन्धानकर्ताबाट मसाज सेवा लिन चाहेको कुरा बताइन्। मायाले विकल्पमा आफ्नो एक कर्मचारीलाई देखाइन् तर ग्राहकले अनुसन्धानकर्ताबाटै सेवा लिन चाहेको भनी जिद्दी गर्दै थिए। उनको अनुरोध पूरा नहुने भएपछि ती ग्राहक निस्केर गए। अनुसन्धानकर्तालाई यो बताउँदै गर्दा माया हाँसिन्।
त्यसपछि दुई वयस्क कर्मचारीहरूले मसाज तथा स्पाबाट गए। दुई जना मात्र ग्राहक आएकाले उनीहरूले त्यो दिन कुनै आम्दानी गरेनन्। एक जना वयस्क कर्मचारीले मसाज कोठाभित्र एक ग्राहकसँग आधा घण्टा कुराकानी गरेर समय बिताए पनि उनले त्यो समयको पैसा पाइनन्। ग्राहकले कर्मचारीहरूलाई कफी मात्र खुवाए।
केही समयपछि, सामान्य पोशाकमा दुई जना मानिस पार्लरभित्र छिरे, तर अनुसन्धानकर्ता र कर्मचारीहरूलाई उनीहरूको कपाल कटाइले प्रहरी हुन् कि भन्ने लाग्यो। एकजना पुरुष बालिका कर्मचारी नजिकै बसे, जो आफ्नो मोबाइल फोनमा व्यस्त थिइन्। अर्को व्यक्ति अर्कै सोफामा बसे र सेवाहरूको बारेमा बुझ्न र पैसा के कति लाग्छ भनेर सोध्न थाले। मायाले उक्त व्यक्तिलाई प्रदान गरिने सेवाहरूको मेनु दिइन् र विभिन्न प्रकारका मसाजहरू ( तेल मसाज, कडा मसाज आदि) र तिनका मूल्यबारे बताइन्। ग्राहकले मेनु हेरे र काम गर्ने कर्मचारीहरू कति छन् भनेर सोधपुछ गरे। उनी उठे र कोठाहरूभित्र हेरे। त्यसपछि, भुइँ तलामा रहेको हेयर सैलूनले यो मसाज तथा स्पाबारे बताएको र अर्को साथी पनि आउँदैछ भनेर बताए। बालिका कर्मचारीको छेउमा बसेको अर्को व्यक्तिले ती दुई बालिका र उनीहरूको क्रियाकलापलाई ध्यानपूर्वक नियालिरहेका थिए।
ती दुई जना ग्राहकले मायालाई सेवाका लागि कर्मचारीको संख्या फेरि सोधे। उनले दुईजना भएको बताइन् र ती दुई ग्राहकले एकअर्कालाई अर्थपूर्ण तरिकाले हेरे। केहीबेर पछि, अर्को साथीलाई लिएर छिट्टै फर्कने भन्दै उनीहरू त्यहाँबाट निस्किए। उनीहरू निस्किने बित्तिकै, एक जना बालिका कर्मचारीले मायालाई उनीहरू सादा पोशाकमा आएका प्रहरी हुन् कि भनेर सोधिन्। सुरुमा त मायाले उनीहरू प्रहरी नभएको भनिन्, तर पछि उनलाई पनि हो कि भन्ने लागेको बताइन्। मायाले बालिकाहरूलाई पूर्जी लिएर नआएसम्म सादा पोशाकका प्रहरीसँग डराउनुपर्दैन भनी आश्वस्त पारिन्। प्रहरी आएकोमा मायालाई डर लागेको देखिँदैन्थ्यो।
राति साढे ८ बजेतिर एक जना बालिका कर्मचारीले यस दिनको काम सकिएको सङ्केत गर्दै आफ्नो मुख धुन थालिन्। अर्को बालिका कर्मचारी भोलिपल्ट गर्ने तयारीबारे मायासँग कुरा गर्न आइन्। मायाले भोलिपल्ट आफू अन्त कतै जानुपर्ने हुनसक्ने बताउँदै केटीहरूलाई काममा छिट्टै आउन भनिन्। कुराकानीको क्रममा, मायाले एक ग्राहकको फोन उठाइन् र उनले मसाज तथा स्पा स्थलमा आउन निम्तो दिइन्।
फोन राखेपछि, मायाले एक जना अनुसन्धानकर्तासँग कुरा गरिन्। पर्याप्त ग्राहक नआएकाले आफ्ना दुई कर्मचारीले त्यस दिन विना पैसा काम गरेको उनले बताइन्। उनले ती कर्मचारीहरूलाई अर्को दिन ग्राहकहरूको सेवाका लागि प्राथमिकता दिइनेछ भनी अनुसन्धातालाई आश्वासन दिइन्। मायाले यी कर्मचारीलाई गाडी भाडा दिएकी थिइन्।
दोस्रो दिन (शुक्रबार) पार्लर सधैँ झैँ बिहान ८ बजे खुल्यो। दुई बालिका कर्मचारी त्यहाँ सबैभन्दा पहिला पुगे। पार्लर आइपुगेपछि, दुई बालिका कर्मचारीमध्ये जेठीले त्यो ठाउँ सफा गर्न थालिन् र अर्को बालिका आफ्नो फोनचलाउन थालिन्। माया आज अन्तै कतै जाँदै थिइन् (जुन उनले अघिल्लो दिन आफ्ना कर्मचारीहरूलाई जानकारी गराएकी थिइन्), तर जानुअघि उनले एक वयस्क कर्मचारीलाई पर्खिरहेकी थिइन्। ती कर्मचारी आफ्नो छोरालाई स्कूलमा छोडेर आइपुगिन्। माया जानुअघि दोस्रो वयस्क कर्मचारी पनि आइपुगिन्।
दिन दुई
दोस्रो दिन (शुक्रबार) विहान ८ बजे कार्यक्रम स्थल सदा झैँ खुल्यो । दुई बाल कर्मचारी त्यहाँ पुग्ने पहिलो थिए। कार्यक्रम स्थलमा प्रवेश गरेपछि, दुई बाल कर्मचारी मध्ये जेठीले परिसर सफा गर्न थाले, जबकि अर्कोले उनको फोन प्रयोग गर्यो। माया अरू कतै जाँदै थिइन् (जस्तै उनले अघिल्लो दिन आफ्ना कर्मचारीहरूलाई जानकारी गराएकी थिइन्), तर उनी जानुअघि वयस्क कर्मचारीहरूमध्ये एकको लागि पर्खिरहेकी थिइन्। यो कर्मचारी आफ्नो छोरालाई स्कूलमा छोडेर आइपुगे। माया जानु अघि दोस्रो वयस्क कर्मचारी पनि आइपुग्यो।
मायाको अनुपस्थितिमा व्यवसाय सम्हाल्ने जिम्मेवारी पाएकी वयस्क कर्मचारी चिन्तित देखिन्थिन्; उनी आउने बित्तिकै चुरोट पिउन र आफन्तसँग फोनमा कुरा गर्न थालिन्। उनलाई आफ्ना परिवारका सदस्यहरू (उनको छोरा, श्रीमान् र भाइ) बारेमा र श्रीमानलाई वैदेशिक रोजगारीमा पठाउन थप कमाउनुपर्ने बारेमा थियो। यसैबीच, १५ वर्षीया कर्मचारीले सरसफाइ र लुगा धुने काम सकिन् र त्यसपछि नुहाइन्। मायाको अनुपस्थितिमा अनुसन्धानकर्ताहरूले दुई बालिका र अन्य कर्मचारीसँग काममा उनीहरूको अनुभवहरूका बारेमा राम्रोसँग कुराकानी गर्न पाए।
यतिबेला कर्मचारीहरूले बालिकाहरूको उमेर बताए। एक जना वयस्क कर्मचारीले अरू एजेन्सी र ग्राहकहरूसँग आफ्नो सम्पर्क रहेको, र बेलाबेलामा एक्स्ट्रा काम र पैसा कमाउन काठमाडौं उपत्यका बाहिर जाने अवसरहरू पाउने गरेको खुलासा गरिन्। उनले यो एक्स्ट्रा काम कस्तो प्रकृतिको हो भनेर बताइनन्, उनले उपत्यका बाहिर गएर गर्ने कामका लागि दिनको २० हजार रुपैयाँसम्म प्रस्ताव आउने गरेको बताइन्।
बिहान यस मसाज तथा स्पा सेन्टरमा ग्राहक थिएनन्। माया बिहानको ११ बजेतिर फर्किइन् र उनी आएपछि कर्मचारीहरूले खाजा अर्डर गरे। बालिकाहरूले आफू बस्ने ठाउँमा भान्साकोठा वा भान्साको सुविधा नभएकोले काममा आएर मात्रै खाना खाने गरेको बताए: उनीहरूले काममा दिउँसो र बेलुका दुवै समयको खाना खाने गर्छन्।
मायाले मसाज तथा स्पा खुला छ कि छैन भनेर सोध्ने सम्भावित ग्राहकहरूबाट धेरै फोन कलहरू उठाइन्। उनले खुसीसाथ उनीहरूलाई पार्लर खुला रहेको र कर्मचारी सेवा दिन तयार रहेको भन्दै निमन्त्रण गरिन्। यस समयको दौरान, एक जना बालिका कर्मचारी टिकटक लाइभमा बस्दै ग्राहकहरूलाई आउन भनिरहेकी थिइन्।
करिब १ बजे मसाज सेन्टरमा दुई जना पुरुष ग्राहक आए। एक जना बालिका कर्मचारी र एक जना वयस्क कर्मचारीले उनीहरूलाई स्वागत गरे र कोठामा लिएर गए। दुवै ग्राहक त्यस स्थानसँग परिचित देखिन्थे र उनीहरू माया र अन्य कर्मचारीहरूसँग सहजतापूर्वक कुराकानी गरिरहेका थिए। दिउँसोभरिमा चार वा पाँच अन्य छुट्टाछुटै पुरुष ग्राहकहरू मसाज तथा स्पामा आए। प्रत्येक ग्राहकले त्यहाँ दिइने सेवाहरूको बारेमा सोधे र त्यसपछि त्यहाँबाट गए। केही ग्राहक माया र उनका कर्मचारीहरूसँग परिचित थिए र अनुसन्धानकर्ताहरू को हुन् भनेर सोधे। मायाले ‘उनीहरू हाम्रा ‘म्यामहरू’ हुन् भनी जवाफ दिइन् (अनुसन्धानकर्ताहरूले आफूलाई साथी भनेर परिचय गराउन सुझाएको भए पनि) । ‘म्याम’ भन्ने औपचारिक शब्द प्रयोग गरेर अनुसन्धानकर्ताहरूलाई चिनाउनु सायद ग्राहकहरूको लागि एक सङ्केत थियो, किनभने यो सुनेर उनीहरू त्यहाँबाट गएका थिए।
दिनभरि ग्राहकहरूको आवतजावत सीमित रह्यो। यसले गर्दा फूर्सदको समय धेरै थियो र यसबीच मायाले आफ्ना केही व्यक्तिगत समस्याहरू बारे खुलेर बताइन्। उनी अहिले श्रीमानसँग सम्पर्कमा छैनन् र आफ्ना दुई छोराहरूको हेरचाहको पूरै जिम्मेवारी उनीमाथि छ। श्रीमानसँग सम्पर्क नहुँदा उनले आफ्ना छोराहरूको नागरिकता बनाउन सकेकी छैनन् र सम्बन्धविच्छेदका लागि कसरी आवेदन दिने भन्ने थाहा छैन। आफ्ना छोराहरू र परिवारबाट आफ्नो मसाज व्यवसायलाई गोप्य राख्न पनि संघर्ष गरिरहेकी छिन् (नेपालमा मसाज तथा स्पा क्षेत्र अत्यन्तै बदनाम छ, यो क्षेत्रलाई यौन कर्मसँग जोडिने भएकाले यस क्षेत्रमा काम गर्ने धेरै व्यक्तिहरूले साथीहरू र परिवारबाट आफ्नो पेशाको प्रकृति लुकाउँछन्)। यही समयमा उनले आफ्नो पुरुष साथी र व्यवसाय साझेदारबाट पाएको सहयोगलाई प्रशंसा गर्छिन्।
बालिका सहित सबै कर्मचारीहरूले यो खाली समयमा मायासँग आफ्ना समस्या र पारिवारिक मामिलाहरू आदानप्रदान गरे। कहिलेकाहीं, यहाँको वातावरण मैत्रीपूर्ण र सहयोगी देखिन्थ्यो। तर, एकपटक मायाले एक जना बालिका कर्मचारीसँग उच्च कठोर आवाजमा बोलिन्। उनले “जवान हुँदै आफ्नो पैसा बचत गर। तिमीले जवानीमा मात्रै यो काम पाउँछौ भनेर सम्झाउन चाहन्छु” भन्दै पैसा बचतको महत्वमा जोड दिइन्।
दिन सकिन लाग्दा, एकजना बाल कर्मचारीले भोलि (शनिबार) बिदा दिन आग्रह गरिन्। मायाले अनुरोध अस्वीकार गरिन् र यस प्रकारको अनुरोधले कामबाट निकाल्न सकिने भन्दै कठोर चेतावनी दिइन्। मायाले त्यसपछि शनिबार छुट्टीको दिन हो र धेरै ग्राहकहरू आउन सक्ने भन्दै आफ्नो निर्णयलाई सही ठहराउने प्रयास गरिन्। उनले शनिबार सबै कर्मचारी आउनुपर्नेमा जोड दिइन्। बालिका कर्मचारीले मायासँग थप बहस गर्न चाहिनन् र बरु आफ्नो मोबाइल फोन चलाउन थालिन्।
दोस्रो दिन पाँच जना ग्राहकहरू आए र दुई वा तीन जनाले एउटै कर्मचारीसँग सेवा लिए। साँझ ८ बजेतिर मायाले कर्मचारीलाई पार्लर बन्द गर्न भनिन्। पन्ध्र वर्षीया बालिका कर्मचारीले सरसफाइ गर्ने र मसाज उपकरणहरू मिलाउने जिम्मा लिइन्। यस समयभित्र मायाले आउन चाहने सम्भावित ग्राहकहरूको फोनहरू उठाइन्। उनले उनीहरूलाई भोलि आउन आग्रह गरिन्।
मायाको मसाज तथा स्पामा काम गर्ने बालिकाहरू
१४ र १५ वर्ष उमेरका दुई दिदीबहिनी सात दिदीबहिनीमध्ये सबैभन्दा साना हुन्। उनीहरूका चार दिदी र एक मात्र दाइको विवाह भइसकेको छ, त्यसैले साना बहिनीहरूले आफ्ना वृद्ध आमाबुवाको रेखदेखको जिम्मेवारी लिएका छन्। उनीहरूलाई आमाबुवाका आवश्यकताहरू पूरा गर्न र घरपरिवारको गर्जो टार्न गाह्रो छ। उनीहरू सबैजना एउटै भवनमा बस्ने भएपनि उनीहरूका आमाबाबुहरू अलग छन्; उनीहरू छुट्टाछुट्टै कोठामा बस्छन् र एकअर्कासँग बोल्दैनन्। यी दिदीबहिनीले आफ्ना आमाबाबुको सम्बन्ध बिग्रेको र यसलाई सम्हाल्न कठिन भएको महसुस गरेका छन्।
दुबै दिदीबहिनीले विद्यालय छोडिसकेका छन्। कान्छी बहिनी घर नजिकैको विद्यालयमा पार्टटाइम नृत्य प्रशिक्षकको रूपमा पनि काम गर्छिन्। उनले पार्लरमा गर्ने मसाज र उनका सहकर्मीहरूले उनलाई यौनकर्म सुरु गर्न प्रोत्साहित गरको कुरा बताइन्। पछि, उनले मसाज तथा स्पा पार्लर छोडेको हामीले थाहा पायौं। केही समय क्याफेमा काम गरेपछि, उनी अहिले दोहोरीमा काम गरिरहेकी छिन् र म्युजिक भिडियोहरूमा पनि अभिनय गरेकी छिन्। दुई बालिकामध्ये जेठी अझै पनि उक्त मसाज तथा स्पा केन्द्रमा काम गर्छिन्।
मसाज तथा स्पाको लुकेको प्रकृति
यस व्यवसायका केही पक्षहरू माया र उनका कर्मचारीहरूले अनुसन्धानकर्ताहरूबाट लुकाउन वा नदेखाउन चाहन्थे। कर्मचारीहरूले ‘एक्स्ट्रा’ काममा के-के हुन्छ भनेर बताउन चाहेनन्। र दुई दिनको बसाइमा अनुसन्धानकर्ताहरूले सहकर्मीहरूबीच र कर्मचारी एवं ग्राहकहरूबीच नियमित रूपमा इसाराबाट हुने कुराकानी अवलोकन गरे। यो एकअर्कासँग सञ्चार गर्ने तरिकाको रूपमा प्रयोग गरिएको थियो भन्ने अनुसन्धानकर्ताहरूले महसुस गरे, तर बुझ्न सकेनन्।
अनुसन्धानकर्ताहरूको उपस्थितिले कर्मचारी र केही ग्राहकबीचको व्यवहारलाई पनि प्रभावित गर्यो। उदाहरणका लागि, एकजना ग्राहकले सेवाहरू नलिइकन केवल एक कर्मचारीसँग मसाज कोठामा बस्न चाहे र केही अन्य ग्राहकहरूले अनुसन्धानकर्ताहरूलाई देखेपछि तुरुन्तै त्यहाँबाट गए।
यी अवलोकनहरूले यो व्यवसायमा गोपनीयता धेरै महत्वपूर्ण छ र आफ्नो व्यावसायिक जीवनलाई परिवारबाट गोप्य राख्नु पर्ने भन्ने कुरा माया र उनका कर्मचारीहरूका लागि अति महत्व छ भनेर देखाउँछ।
मसाज तथा स्पा व्यवसाय मोडेल
मायाका अनुसार, यस मसाज तथा स्पा पार्लरको दैनिक कारोबार २ हजारदेखि ६ हजार रुपैयाँसम्म हुन्छ। मसाजको शुल्क १ हजार रुपैयाँदेखि सुरु हुन्छ। यो ठाउँको भाडा प्रतिमहिना ३५ हजार तिर्नुपर्छ। सबै सञ्चालन खर्च काटेर माया र उनका पुरुष साझेदारबीच बाँड्ने नाफा प्रतिमहिना करिब ३० हजार बच्दछ, जुन उनीहरूबीच बाँड्दा १५-१५ हजार रुपैयाँ हुन्छ। व्यवसायमा थप लगानी गर्ने वा यसलाई विस्तार गर्ने मायाको कुनै योजना छैन किनभने उनलाई अहिलेको नाफा पर्याप्त लाग्छ।
अवलोकनबाट के देखिन्छ भने यो व्यवसाय रणनीतिहरूमा निर्भर रहन्छ जसमा केवल मसाज सेवाहरूमात्र नदिएर केही हदसम्म अन्तरङ्ग सम्बन्ध पनि राख्नुपर्ने हुन्छ। ग्राहकहरूलाई समय दिएर, सँगै खाना खाएर र कुराकानी गरेर व्यक्तिगत सम्बन्ध निर्माण गर्नु यस व्यवसाय मोडेलको एउटा महत्वपूर्ण भूमिका हो भन्ने पनि देखिन्छ। अन्तरङ्ग सम्बन्धमा निर्भर रहनुले यस व्यवसायले मसाज सेवाहरूको गुणस्तरका आधारमा ग्राहकहरूलाई आकर्षित गर्न र टिकाइ राख्न नसक्ने सङ्केत गर्दछ। तथापि अवलोकन र कर्मचारीहरूसँग अनौपचारिक छलफलहरूबाट अनुसन्धानकर्ताहरूले मसाज तथा स्पामा शारीरिक निकटता बढाउने र यौनजन्य क्रियाकलाप हुने देखिन्छ र यस्तै रणनीतिहरूमा यो व्यवसाय टिकेको छ भन्ने कुरा बुझ्न पाए।
मायाले सुरुमा आफ्नो व्यवसाय साझेदार पनि छ भनेर खुलाइनन्। तर, यो व्यवसाय र मायामा पुरूष साझेदारको केही हदसम्म प्रभाव रहेको देखियो। उदाहरणका लागि, मायाको पुरूष व्यवसाय साझेदार बाहिर गएको समय (अर्को सहरमा हुने र स्पामा नआउने) मा मात्र मायाले क्लारिसाका अनुसन्धानकर्ताहरूलाई व्यवसायमा आएर उनीसँगै रहन पाउने व्यवस्था गरेकी थिइन् भन्ने कुरा पछि पत्ता लाग्यो। माया र उनका कर्मचारीहरूले मसाज तथा स्पामा फुटेको झ्यालको सम्बन्धमा पुरूष साझेदारबाट हुन सक्ने प्रतिक्रियाबाट डराएर झ्याल मर्मत गर्नेबारे पनि कुराकानी गरेका थिए। माया झ्यालको सिसा फेर्न लाग्ने खर्चको बारेमा चिन्तित देखिन्थिन ।
माया र उनका कर्मचारीहरू मासिक नाफा निकाल्न/कमाइ गर्न सक्षम छन्। तर अनपेक्षित खर्चहरू (जस्तै फुटेको झ्यालको मर्मत) समेट्न छाँया साझेदारको आर्थिक सहयोगमा मायाको निर्भरताले व्यवसायले पैसा जगेडा गर्नसक्ने गरी नाफा कमाउन नसकेको बुझाउँछ। यसले यो व्यवसाय जोखिम खालको र कठिन समयमा थेगिन नसक्ने बनाउँछ।
यो मसाज तथा स्पा त्यस क्षेत्रका अन्य व्यवसायहरूसँग जोडिएको छ। मायाले खाजा घर, हजामको पसल र अन्य स्थानीय अनौपचारिक बिक्रेताबाट मसाज तेल र अन्य सामानहरू खरिद गर्छिन्। केही व्यवसाय र व्यक्तिहरूसँग मसाजका लागि पठाउने व्यवस्था गरिएको देखिन्छ। उदाहरणका लागि, मायाले एक ग्राहकको बारेमा यसरी भनिन्, ‘त्यो नयाँ ग्राहकलाई नजिकैको सैलूनले पठाएको हुन सक्छ’। मायाले पछि रिक्सा चालक, सैलुन र खाजा घरजस्ता स्थानीय व्यवसायीले ग्राहक पठाउने गरेको बताइन्। ग्राहक पठाएवापत यी बिचौलियाहरूलाई कति कमिसन दिइन्छ भन्ने चर्चा भएन।
कर्मचारी र रोजगारदाता बीचको सम्बन्ध
माया र वयस्क कर्मचारीहरूले बालिका कर्मचारीहरूसँग रिसाएर, कठोर र नकारात्मक तरिकाले बोलेका क्षणहरू पनि थिए। उदाहरणका लागि, उनीहरूले उनीहरूलाई अपमानजनक शब्द ठूटी भनेर बोलाउँथे र कहिलेकाहीँ सफाइ वा दिएका काम सक्न ढिलाइ भएमा उनीहरूले गाली खान्थे। उनीहरूलाई कुनै पनि समयमा चुरोट वा कफी किन्न बाहिर जानेजस्ता साना कामहरू पनि गराइन्थ्यो।
क्याप्सन: मसाज तथा स्पाको रिसेप्सन क्षेत्र। त्यहाँ ग्राहक नहुँदा कर्मचारीहरू बस्ने एउटा सानो सोफा, पानीको डिस्पेन्सर, तन्ना र मसाज तेल राखिएका खापाहरू छन्।
ग्राहक सम्बन्ध
मसाज तथा स्पा केन्द्रमा ग्राहकलाई आकर्षित गर्न प्रयोग गरिने धेरै तरिकाहरू छन्। नजिकैको छिमेक र वरपरको क्षेत्रमा उच्च प्रतिस्पर्धाले गर्दा पनि यो आवश्यक छ। बिचौलियाको प्रयोगका अतिरिक्त, ग्राहकहरूलाई आकर्षित गर्न सामाजिक सञ्जाल प्रयोग गरिन्छ। टिकटकले एउटा प्लेटफर्मको काम गर्दछ, त्यहाँ फोन नम्बरहरू आदानप्रदान गर्न सकिन्छ, जसले गर्दा त्यसपछि साँझ ग्राहकहरूको सङ्ख्यामा वृद्धि हुन्छ (साँझ ५ बजे र ७ बजेको बीचमा)। यो रणनीतिक प्लेटफर्मको सम्भावनालाई अधिकतम बनाउनमा दक्ष रहेका ती बालिका कर्मचारीहरूमा निर्भर छ।
कर्मचारीहरूले मसाज पार्लर तथा स्पाभित्र प्रदान गरिने ‘एक्स्ट्रा’ काम उल्लेख गरे। साथै, एक जना वयस्क कर्मचारीले कहिलेकाहीं उनी काठमाडौं उपत्यका बाहिर नेपालको विभिन्न भागमा रहेको लोकप्रिय पर्यटकीय शहरमा धेरै पैसा आउने काममा जाने गरेको खुलासा गरिन्। तर, कामभित्र के-के हुन्छ भनेर उनीहरूले स्पष्ट बताएनन्, अनुसन्धानकर्ताहरूले ती यौनसँग सम्बन्धित काम हुनसक्ने अनुमान गरे। उपत्यका बाहिरका कामहरू सामान्यतया एक हप्ता वा सोभन्दा बढी चल्छ। यस्ता कामका लागि बिचौलियाले सामाजिक सञ्जाल मार्फत सम्भावित महिला र केटीहरूको फोटो र नागरिकताको प्रमाणपत्रहरू पठाउँछ, त्यसपछि ग्राहकहरूले आफूले मनपर्ने रोजेर बोलाउने गर्छन्। यी कामको दौरान हुने खर्च ग्राहकहरूले बेहोर्छन्, र केटीहरूले दिनकै २० हजारसम्म आम्दानी गर्न सक्छन्। यी कामका लागि अनुरोध गर्ने ग्राहकहरू प्रायः विदेशमा काम गर्ने धनाढ्य नेपालीहरू हुन्छन्। (उनीहरूलाई बुझाउन लाहुरे शब्द प्रयोग गरिएको थियो, जसले विदेशमा लामो समयसम्म काम गरेका, प्राय: विदेशी देशको सेनामा, र त्यो देशभित्र तलब, निवृत्तिभरण पाउने र स्थायी बसोबास/नागरिकता सुविधा भएका व्यक्तिहरूलाई जनाउँछ। त्यस्ता व्यक्तिहरू परिवारलाई भेट्न र प्रसिद्ध पर्यटकीय गन्तव्यहरूमा फुर्सदको समयको आनन्द लिन नेपाल आउन सक्छन्)।
निष्कर्ष
मायाको मसाज तथा स्पा व्यवसाय उनको कठिन समयमा आफू र आफ्नो परिवारको भरणपोषण गर्ने माध्यम हो (उनको पतिले उनलाई छाडेका छन्)। व्यवसाय मायाको नाममा दर्ता भएपनि व्यवसाय खडा गर्न एक जना पुरुष साझेदारले सहयोग गरेका थिए र यसको सञ्चालनमा उनको प्रभाव रहेको देखिन्छ।
यी दुई दिनमा, क्लारिसाका अनुसन्धानकर्ताहरूले उक्त व्यवसायमा गएर समय व्यतित गरे, त्यस व्यवसायमा धेरै प्रकारका सेवाहरू प्रदान गरिने स्पष्ट देखियो, यहाँ हुने क्रियाकलापमा मसाजका अतिरिक्त अन्य कामहरू पनि पर्दछन्। सम्बन्धगत र शारीरिक निकटता यस व्यवसाय मोडेलको हिस्सा हो र नाफा कमाउने महत्वपूर्ण पक्ष हो: समय दिएर, सँगै खाना खाएर र कुराकानी गरेर ग्राहकहरूसँग व्यक्तिगत सम्बन्ध निर्माण गर्नेदेखि यौनसँग सम्बन्धित हुनसक्ने ‘एक्स्ट्रा’ क्रियाकलापहरू यहाँ हुने देखिन्छन्। मायाको व्यवसायले यस क्षेत्रमा धेरै सङ्ख्यामा रहेका मसाज तथा स्पाहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ, जसमा कतिपयले अधिक आधुनिक सुविधाहरू प्रदान गर्छन् र अधिक व्यावसायिक मसाज थेरापी व्यवसायका रूपमा स्थापित छन्। मसाजको शुल्क समान हुन्छन्। त्यसैले मायाको व्यवसायले मसाज सेवा मात्र प्रदान गरेर ग्राहक आकर्षित गर्न र टिकाइराख्न गाह्रो पर्ने देखिन्छ।
मायाले आफ्नो कमाइबाट सन्तुष्ट रहेको बताए पनि व्यवसायले बचत गर्न सक्ने गरी कमाउन नसकेको देखिन्छ। त्यसै गरी, कर्मचारीहरूको कमाइ हातमुख जोड्नमा नै सकिन्छ – उनीहरूले पैसा पाए लगत्तै सबै खर्च हुने बताए र उनीहरूसँग सीमित (यदि छ भने) बचत थियो। कर्मचारीहरूले ‘एक्स्ट्रा काम’ बाट पाउने फरक कमिसन दरहरूले (मसाजबाट पाउने ५०% भन्दा धेरै ७५%) उनीहरूलाई शारीरिक निकटता बढाउन थप प्रोत्साहित गर्दछ।
मसाज तथा स्पामा दुई बालिकाहरू अक्सर वयस्क पुरुषहरूसँग एक्लै हुन्थे। अनुसन्धानकर्ताहरूले मसाज कोठाभित्रका गतिविधि ठ्याक्कै अवलोकन गर्न नसकेपनि अनलाइन र उनीहरू काम गर्ने भौतिक स्थान दुवैमा यौनजन्य वातावरण छ। उनीहरू वयस्क पुरुषहरूसँग शारीरिक निकटतामा रहनुपर्छ, जसको अर्थ उनीहरू निकृष्ट बाल श्रममा संलग्न छन्।
बच्चाहरु र मालिश र स्पा बीचको सम्बन्ध जटिल छ। केही तरिकामा, व्यवसाय उनीहरूका लागि काम गर्ने मात्र होइन, ह्याङ्ग आउट गर्ने, मोबाइल फोन प्रयोग गर्ने, खाना खान र आफ्ना सहकर्मीहरूसँग कुरा गर्ने ठाउँ हो। बालिकाहरू र मसाज तथा स्पा बीचको सम्बन्ध जटिल छ। एउटा अर्थमा, यो व्यवसाय उनीहरूका लागि काम गर्ने ठाउँ मात्र नभएर आफूलाई बहलाउने, मोबाइल फोन चलाउने, खाना खाने र सहकर्मीहरूसँग कुरा गर्ने ठाउँ पनि हो। यो एक काम गर्ने ठाउँ मात्र नभएर धेरै कुरा हो; अनि कर्मचारी र माया बीचको सम्बन्ध केही सन्दर्भमा पारिवारिक रहेको देखिन्छ: उनीहरू एकअर्कासँग व्यक्तिगत समस्याहरू बताउँछन्; र माया र वयस्क कर्मचारीहरूले बालिकाहरूलाई सल्लाह दिन्छन्। मसाज पार्लरले उनीहरूलाई केही स्वतन्त्रता र जिम्मेवारीमा रमाउने ठाउँ प्रदान गर्दछ, र घरबाट रहेको भौतिक दूरीले कठिन पारिवारिक परिस्थितिबाट पर जाने ठाउँ प्रदान गर्दछ। तथापि, मसाज तथा स्पाभित्र एक अनौपचारिक पदानुक्रम छ, जसमा बालिका कर्मचारीहरू सबैभन्दा फेदमा छन्।
। यो कुरा उनीहरूलाई दिइने काम र उनीहरूसँग बोलिने तरिकाले पुष्टि गर्छ। यो पदानुक्रमले नेपालका सामाजिक मान्यताहरूलाई प्रतिबिम्बित गर्दछ जहाँ बालबालिकाले सामान्य कामहरू गर्ने र आफूभन्दा ठूलाका निर्देशन मान्ने अपेक्षा गरिन्छ। तैपनि, बालिका कर्मचारीहरू यस व्यवसायको लागि आवश्यक छन्, उनीहरू अनलाइन ग्राहकहरूलाई आकर्षित गर्ने प्रमुख माध्यम हुन्, र उनीहरूले व्यवसाय सञ्चालनका केन्द्रमा रहेका कामहरू (वयस्क पुरुषहरूसँग शारीरिक निकटता बनाउने सहितका कामहरू) गर्छन्। साथै, बालिकाहरूले यो व्यवसायमा लामो समय (प्रति दिन १३ घण्टा), प्राय: हप्ताको सातै दिन बिताउँछन्। लामो समयसम्म काममा हुँदा उनीहरूले अन्य क्रियाकलापमा सहभागी हुने अवसरहरू पाउँदैनन्, र पक्कै पनि, यति लामो समयको कामले थकाइ लाग्ने र हानिकारक समेत हुन सक्छ। उनीहरूको रोजगारी परिवारमा गोप्य राख्नुपर्ने अवस्थाले (मसाज तथा स्पा क्षेत्रमा काम गर्नेलाई हेर्ने लान्छनायुक्त नजरका कारण) उनीहरूलाई अझ अलग्याउँछ, किनभने उनीहरूले आफ्नो अनुभवहरू मसाज तथा स्पा बाहिर कसैसँग बताउन सक्दैनन्।
व्यवसायले बालबालिकालाई सामाजिक सञ्जालमा देखाउने बाहिरी अनुहार बनाउनु निकै खट्किएको कुरा थियो। यो मसाज तथा स्पा व्यवसाय मोडेलको सबैभन्दा पछिल्लो विकसित रणनीति हुन सक्छ। प्रविधिको प्रयोगले बालबालिकामा यौन शोषणको जोखिम बढाउन सक्ने र उनीहरूको कार्यस्थल बाहिरसमेत विभिन्न तरिकाबारे थप अनुसन्धान आवश्यक छ।
*फोटो क्रेडिट: अनिश बाँस्तोला। फोटोहरू काठमाडौंको एउटा मसाज पार्लरमा खिचिएका थिए जुन साइज र सजावटमा मायाको मसाज पार्लरसँग मिल्दोजुल्दो छ। फोटो खिच्न पार्लर मालिकद्वारा लिखित सहमति प्रदान गरिएको थियो। लिखित सहमति मालिक द्वारा प्रदान गरिएको थियो।