

याकथुम्मा, १७ वर्षकी बालिका, नेपाल

Yakthumma को जीवन को बारे मा
याकथुम्मा नेपालको पूर्वी भागमा हुर्केकी हुन्। त्यहाँ उनी आफ्नो आमाबुवा, भाइ र हजुरआमासँग बस्थिन्। उनी मध्यमवर्गीय परिवारकी हुन् र उनको बुवा राजनीतिक पार्टीका सदस्य हुन्। उनी अहिले काठमाडौँमा मामाको छोरीसँग बस्छिन्।
याकथुम्माको बुवासँग राम्रो सम्बन्ध छैन। याकथुम्मालाई गितार बजाउन मन पर्छ तर उनको बुवाले उनलाई फुटबल खेलाडी बनाउन चाहन्थे र यसले उनीहरूबीचको सम्बन्धमा ठूलो समस्या सिर्जना गर्यो।

एउटा भयानक अनुभव — कामबाट फर्किँदा याकथुम्मा हिंसात्मक दुर्व्यवहारमा परेकी थिइन्।

म कहिलेकाहीँ काममा बिहानको ८ बजे पुग्छु। मलाई नगद काउन्टरको जिम्मा दिइएको छ। मालिकले मलाई एउटा चाबी पनि दिएकाले म यो व्यवसाय खोल्न र बन्द गर्न सक्दछु।

सपना– गीत गाउने र गितार बजाउने
यकाथुम्मा गितार बादक बन्ने सपना पूरा गर्नका लागि काठमाडौँ आएकी हुन्। उनको एउटा युट्युब च्यानल छ जसमा उनी आफ्ना संगितहरू अपलोड गर्छिन्।
याकथुम्मा घरमा हुँदा उनी बुवालाई थाहै नदिई एउटा रेस्टुरेन्टमा गितार बजाउने गर्थिन्। त्योबेला उनी १५ वर्षकी थिइन्। बुवाले थाहा पाएपछि निकै रिसाए। याकथुम्माकी आमाले त्यसपछि उनलाई काठमाडौँ जान सहयोग गरिन् ताकि उनले आफ्नो सपना पूरा गर्न सकून्।
“म कामबाट फर्केपछि राती पढ्ने गर्छु। मलाई किताबका पाठहरू बुझेको बेला खुसी लाग्छ।”

याकथुम्माको काम गर्ने ठाउँभन्दा बाहिर

काम गर्ने ठाउँ नजिकको गल्लीहरू
सन् २०२३ को मार्चमा याकथुम्माले आफ्नो जीवनको सामान्य दैनिकी अभिलेख गरिन्। खाजा खाएपछि उनी काममा निस्किन्छिन् र त्यहाँ राती ८ बजेसम्म काम गर्छिन्र । उनी घरमा आएर ९ बजे खाना खान्छिन्, त्यसपछि घरको केही काम र एक घण्टा अनलाइन अध्ययन गर्छिन्। त्यसपछि उनी सुत्न जानुभन्दा पहिले फोनमा खेल खेल्छिन्।

याक्थुम्मा आफ्नो कार्यस्थलमा
याकथुम्माले मसाज तथा स्पा पार्लरको जागिर एउटा महिला ग्राहकमार्फत पाएकी हुन्, जो याकथुम्माले पहिले गितार बजाउने गरेको रेस्टुरेन्टमा आउने गर्थिन्। तिनीहरूले अनलाइन च्याट गर्न थाले र उक्त ग्राहकले याकथुम्मालाई गितार बजाएरभन्दा मसाज तथा स्पामा काम गर्दा राम्रो पैसा कमाउन सकिने बताइन्। तीन महिनापछि याकथुम्माले आफ्नो साथीले काम गर्ने ठाउँमा काम गर्न थालिन्।

मसाज स्थल को भित्री भाग
यक्थुम्माको दिन
बालिकाको अनुभव
म बिहान उठ्ने व्यक्ति होइन। मेरी मामाको छोरीले मेरो खाजा तयार गरिदिन्छिन् र त्यसपछि म काममा जान्छु।
अनुसन्धानकर्ताको अनुभव
याकथुम्माले हामीलाई आफू बस्ने घर देखाउन चाहिनन्। उनले आफू मसाज तथा स्पा पार्लरमा काम गर्छु भनेर परिवार, साथी र छिमेकीहरूलाई भनेकी छैनन् र उनी आफ्नो गोपनीयता कायम गर्न चाहन्छिन्।

याकथुम्मा हिंसात्मक दुर्व्यवहारमा परेको पुल

बालिकाको अनुभव
सामान्यतया, म काममा जान पठाओ बाइक लिन्छु तर आज मैले मामालाई काममा छोडि दिनु भनेँ। घरबाट काममा पुग्न बाइकमा १० मिनेट लाग्छ। एकपटक म पैदल गइरहेको बेला पुलमा म दुर्व्यवहारमा परेँ त्यसैले म त्यहाँ एक्लै हिँड्न छोडेकी छु।
अनुसन्धानकर्ताको अनुभव
याकथुम्मा काममा जाँदा खोला छेउको बाटो हुँदै जान्छिन्। काममा जाने अर्को छोटो वैकल्पिक बाटो पनि छ तर बाटोमा बत्ती छैन र सुनसान हुन्छ। याकथुम्मालाई छिमेकीहरूले हामीलाई याकथुम्माको साथमा देखे भने उनको कामबारे थाहा पाउलान् भन्ने उनी चिन्ता गर्छिन्। त्यसैले हामीले दूरी बनाएर हिँड्यौँ।

सामाजिक सञ्जालमा ग्राहकहरूले पछ्याउँदा कहिलेकाहीँ निकै दिक्क लाग्दो हुन्छ।
बालिकाको अनुभव
म ग्राहकहरू पर्खेर बसिरहेकी छु। म सामान्यतया एक दिनमा दुईदेखि तीनजना मानिसलाई सेवा दिन्छु। हामीले सेवा दिएका ग्राहक संख्याको आधारमा हामीलाई पैसा दिइन्छ। आज मैले १३०० रुपैयाँ मात्र कमाउनेछु। म सबभन्दा छिटो बिहान ८ बजे काममा पुग्छु। मैले नगद काउन्टर हेर्नुपर्छ र मसँग स्पाको एउटा चाबी छ।
अनुसन्धानकर्ताको अनुभव
याकथुम्मा उनले काम गर्ने ठाउँमा एक मात्र नाबालिग हुन्। उनी दिउँसोभन्दा बेलुका बढी व्यस्त हुन्छिन्। ग्राहकहरूले सामाजिक साइटमार्फत याकथुम्मालाई सम्पर्क गर्छन्। तिनीहरू सामान्यतया अनलाइन च्याट गर्छन् र त्यसपछि स्पा तथा मसाज पार्लरमा उनलाई भेट्न पुग्छन्। कहिलेकाहीँ उनीहरूले अन्तरंग सम्बन्धको प्रस्ताव राख्छन् जसलाई याकथुम्माले इन्कार गर्छिन्। सुरुमा उनले यस्ता कुराबाट उनी दिक्क नहुने र यस प्रकारका व्यवहारबाट सजिलै पर रहन सक्छु भन्ने देखाए पनि वास्तवमा उनलाई यस्तो दुर्व्यवहार र अनलाइनमा पछ्याउनेहरूले निकै तनावपूर्ण बनाउने गरेको पाउँछिन्। याकथुम्माले आफ्नो मालिकको विश्वास जितेकी छिन्, जुन कुरा नगद काउन्टर हेर्नेदेखि लिएर उनले पाएको विभिन्न जिम्मेवारीहरूले देखाउँछ।

मोटरसाइकलबाट यात्रा गर्दै

बालिकाको अनुभव
मलाई भोक लागिरहेको थियो। खाना खाएपछि ठीक हुन्छ । यो ठाउँमा सबैजना मभन्दा ठूला छन्। धेरैजसो समय हामीसँगै रमाइलो गर्छौँ। हामी गीत गाउँछौँ र नाच्छौँ।
अनुसन्धानकर्ताको अनुभव
याकथुम्माले आफूले काम गर्ने ठाउँको वातावरणमा रमाइलो मानेको देखिन्छ। उनका सबै सहकर्मीहरू उनीप्रति मिलनसार छन्। तिनीहरू खाना सँगै खान्छन्।
बालिकाको अनुभव
हामी बेलुकाको खाना खान्छौँ र म मामाकी छोरीलाई भाँडा धुन सघाउँछु। म थाकेको छु। महिनावारी भएको बेला झन् गाह्रो हुन्छ। सुत्नदेखि बाहेक केही गर्न मन लाग्दैन। तर त्यो सम्भव छैन।
अनुसन्धानकर्ताको अनुभव
प्रायजसो याकथुम्मा बेलुका ८ बजेतिर घर फर्किन्छिन्। तर धेरै ग्राहक छन् भने अलिक पछिसम्म बस्छिन्।

यक्थुम्माको अनुभव
म कामबाट फर्केपछि राती पढ्छु। मेरो पाठ्यपुस्तकको पाठ बुझ्न सकेँ भने म खुसी हुन्छ। म एउटा फेसबुक ग्रुपमा छु जहाँ म एउटै कक्षामा पढिरहेका अरुपनि छन्र । आज मैले पढ्न सकिरहेको छैन र मलाई दिक्क लागेको छ।
अनुसन्धानकर्ताको अनुभव
याकथुम्मा अझै पनि गितार बजाउन मन पराउँछिन् तर अहिले उनी कामबाट फर्केर अनलाइन पढाइ पूरा गरिसकेपछि मात्र गितार बजाउने समय पाउँछिन्। उनी पढ्न उत्साहित छिन्, यसको एउटै मात्र कारण भनेको उनले केही शैक्षिक योग्यता हासिल गरेमा मात्र आफ्नो सपना फेरि पुरा गर्न सक्ने उनलाई लाग्दछ। याकथुम्माले आफूलाई आजकल त्यति धेरै गितार बजाइरहेको छैन भन्ने बुझेकी छिन्।