

सुप्रिया, १६ वर्षकी बालिका, नेपाल

सुप्रिया को जीवन को बारेमा
सुप्रिया विवाह, रिसेप्सन, जन्मदिनको पार्टी, कर्पोरेट इभेन्ट र अन्य उत्सवहरूका लागि भाडामा दिइने पार्टी प्यालेसमा काम गर्छिन्। यो साँझको समयमा हुने मौसमी प्रकारको काम हो। सुप्रिया भान्सा र वेटिङ टेबलमा काम गर्छिन्। आफ्नो मालिकले जतिबेला काम दिए पनि उनी गर्छिन्। सुप्रिया आफ्नी आमा, बुवा र भाइसँग डल्लुमा एउटा भाडाको फल्याटमा बस्छिन्। यो ठाँउ महँगो छैन। उनको अर्को भाइ पनि छ जो गाउँमा आन्टीसँग बस्छ। उनका बुवाआमाले सबै छोराछोरीलाई काठमाडौँमा राखेर पाल्न सक्दैनन्। सुप्रियाका आमाबुवा २० वर्षअघि नुवाकोटबाट काठमाडौँ आएका हुन् र सुप्रियाको जन्म काठमाडौँमा नै भएको हो। उनले १० वर्ष नपुग्दै काम गर्न थालेकी थिइन्।

मेहनतपूर्वक काम गरिरहेको

“मलाई मैले पाउनु पर्नेभन्दा कम पैसा दिइएको छ तर म कसैसँग गुनासो पनि गर्न सक्दिनँ किनभने अर्कोपल्ट फेरि काम पाउँदिन भन्ने डर लाग्छ। यसले मलाई शक्ति हीन महसुस गराउँछ।”

भारी सामान बोकेर हिँडिरहेको
सुप्रिया सानो हुँदा नै उनी आमाको साथ लागेर आमाले काम गर्ने ठाउँमा जान्थिन्। पछि उनले घरेलु कामदारको रूपमा काम गर्न थालिन्।
घरेलु कामदारको रूपमा सुप्रियाले महिनाको ३ हजार रुपैयाँ कमाउँथिन्। तिनीहरूले उनलाई खाना दिन्थे तर खाना नराम्रो हुन्थ्यो। पछि १० वर्षकी भएपछि सुप्रियाले एउटा पार्टी प्यालेसमा काम गर्न थालिन् तर लकडाउन सुरु भएपछि त्यो जागिर गुमाइन्। त्यसपछि उनले गार्मेन्ट कारखानामा धागो कात्ने काम गरिन् र पछि (१२ वर्षको उमेरमा) निर्माण साइटमा श्रमिकको रूपमा काम गरिन्, जहाँ उनले टोकरीमा सिमेन्ट र रोडाको घोल बोक्ने गर्थिन्।
“धेरै ग्राहकहरू अहिले रक्सीले मातिइसकेका छन् यसले मलाई असहज बनाइरहेको छ।”

पार्टी प्यालेस भित्र

अँध्यारोमा घर हिड्दै
सुप्रियाको सामान्य दिनमा दिउँसो स्कुल र बेलुका सात घण्टा काम हुन्छ।
उनको काम प्रायजसो मध्यरातमा सकिन्छ तर कहिलेकाहीँ त्योभन्दा पनि ढिलो हुन्छ। उनले मालिकलाई घर जाने यातायात मिलाइ दिनु भनेर अनुरोध गरेमा उनले पाउन सक्छिन् तर सँधै होइन र उनले अनुरोध गरेको बेलामा मात्रै। सौभाग्यले उनी घर जाने सडकमा राती बत्ती राम्रोसँग बलेको हुन्छ।

सुप्रिया आफ्नो कार्यस्थलमा
अहिले सुप्रियाले फेरि पार्टी प्यालेसमा काम गर्न थालेकी छिन्। सुप्रियालाई सबभन्दा कम मन पर्ने काम घरेलु काम हो किनभने यसमा थोरै पैसाका लागि धेरै समय खटिनुपर्छ। तर परिस्थितिहरूले गर्दा सुप्रियाले जुन काम भेटिन्छ त्यही गर्नुपर्छ। उनी अझै पनि दिनको १५० रुपैयाँका लागि मानिसहरूको घर सफा गर्ने र भाँडा माझ्ने गर्छिन्। सुप्रियाले काम गर्ने पार्टी प्यालेस एक जना आफन्तको हो र उनकी आमा पनि त्यहाँ काम गर्छिन्, यसैले उनी त्यहाँ निकै सुरक्षित महसुस गर्छिन्। तर टेबुलहरू सफा गर्दा रक्सीले मातेका ग्राहकले दिक्क लगाएको उनलाई मन पर्दैन। उनलाई आफूले गर्ने काम समाजले मन पराउँदैनन् भन्ने लाग्छ। ग्राहकहरूले उनलाई तिघ्रा कस्तो गोरो वा जाने हो त भनिरहेका हुन्छन्।
पार्टी प्यालेसमा काम गर्ने कर्मचारीलाई प्रहरीले दुःख दिन्छन्। एकपटक सुप्रियाकी आमालाई एउटा प्रहरीले आफूसँग जाऊँ भन्यो तर उनी मानिनन्।

डिनर सेवाको लागि तयारी गर्दै
सुप्रियाको दिन
बालिकाको अनुभव
म बिहान ७ बजेतिर उठ्छु। घरमा सफा गर्ने, बढार्ने र पानी ल्याउने जस्ता सामान्य काम गर्छु। म कहिलेकाहीँ विद्यालय लैजान खाना तयार गर्छु भने कहिलेकाहिँ केही नखाइ जान्छु। आज म खाँन्न किनभने मलाई सन्चो छैन। म बिहान साढे ९ बजेतिर विद्यालय जान्छु।

बालिकाको अनुभव
मेरो विद्यालय नजिकै छ, घरबाट हिँडेर १० मिनेटजति लाग्छ । कहिलेकाहीँ विद्यालयमा पुरुष शिक्षकले मेरा साथीहरुलाई दिक्क लगाउँछन् र मलाई त्यो मन पर्दैन । कक्षाकोठामा केटाहरु निकै दिक्क लाग्दा हुन्छन्, तिनीहरू छाडा कुरा पनि बोल्छन् । केही केटीहरूले पनि हामीलाई सताउँछन् । ब्रेकको समयमा मैले प्याक गरेर लगेको खाना खान्छु वा खाजा किन्छु वा साथीहरुले मलाई उनीहरुले ल्याएको खानेकुरा दिन्छन् ।
बालिकाको अनुभव
म ४ बजे विद्यालयबाट घर पुग्छु। प्रायजसो यही समयमा घर पुगेको हुन्छु। म मेरा दुई जना साथीहरू, एउटा केटा र एउटा केटीसँग हिँडेर घर फर्कन्छु। हामी बस्ने ठाउँमा धेरै कसाईहरू छन् र सडक किनारामा निकै फोहोर हुन्छ अनि नराम्रोसँग गन्हाउँछ। कसाईको मासु राख्ने ठाउँ निकै अस्वस्थकर र फोहोर हुन्छ। मासु ढुवानी गर्दा तिनीहरू खुला गाडा प्रयोग गर्छन् र कागहरूले बेलाबेलामा मासु टिपेर लाने गरेको म देख्छु।
अनुसन्धानकर्ताको अनुभव
हामीले सुप्रियालाई उनी बस्ने ठाउँ नजिकै भेट्छौँ र उनीसँग उनको काम गर्ने ठाउँमा जान्छौँ। उनी त्यही ठाउँमा काम गर्ने अरु दुई जना साथीसँग थिइन्। उनीहरू सबै १८ वर्ष मुनिका थिए। सुप्रियाले काम गर्ने ठाउँमा पुग्न हिँडेर ३५ मिनेट जति लाग्यो। हामी मुलबाटो भएर जान्छौँ जहाँ घर, किराना पसल, साना रेस्टुरेन्ट र खाजाघरहरू रहेका छन्। देब्रेतिर नदी छ, नदी किनारामा झाडी र वनस्पति छन्। बाटो सिधा छ। यो क्षेत्रमा सामान्यतया राम्रो सडक बत्ती छ। सुप्रियाको घरदेखि मुलबाटोसम्म करिब एक किलोमिटर खण्डमा सडक बत्ती छैन र राती अँध्यारो हुन्छ। उनी एकै ठाउँमा काम गर्ने आफ्ना दुई साथीसँग छिन् । उनीहरु सबै १८ वर्ष मुनिका छन् ।
हामीलाई सुप्रियाको कार्यस्थलसम्म हिँड्न करिब ३५ मिनेट लाग्छ। हामी घरहरू, किराना पसलहरू, साना रेस्टुरेन्टहरू र खाजा घरहरू (अनौपचारिक भोजनालयहरू) को मिश्रण भएको मुख्य सडकमा जान्छौं। नदी बायाँ छेउमा छ, झाडी र वनस्पतिले घेरिएको छ।
यो सिधा बाटो हो। सुप्रियाको घरबाट करिब एक किलोमिटरको दूरीमा सडक बत्तीहरू नभएको खण्ड बाहेक यो क्षेत्र सामान्यतया राम्रोसँग उज्यालो हुन्छ, जसले गर्दा रातमा अँध्यारो हुन्छ।

सुप्रिया काम गर्ने भान्सामा

बालिकाको अनुभव
म पार्टी प्यालेसमा करिब ४ बजेर ४५ मिनेटमा आइपुग्छु। म प्रायजसो नदी किनारको त्यही बाटो भएर आउँछु। मैले बेलुका पाँचबजेदेखि मध्यरातिसम्म काम गर्नुपर्छ। मेरो काम जुठा भाँडा जम्मा गर्नु हो। पार्टी प्यालेसमा दिनभर काम गर्दा १५०० रुपैयाँ हुन्छ तर मलाई ५० प्रतिशत कम दिइन्छ किनभने म दिउँसो विद्यालयमा हुन्छु र थोरै समय मात्र काम गर्न सक्छु। मलाई ४०० रुपैयाँ दिने भनिएको थियो तर मैले ३०० मात्र पाएँ। प्रवन्धकले मेरो ज्याला घटाएको कारणा अझै बुझेकी छैन। पार्टी प्यालेसमा पर्याप्त खानेकुरा भए पनि र खाना पर्याप्त बाँकी रहे पनि प्रवन्धकले हामीलाई पर्याप्त खानेकुरा पनि दिन मान्दैनन्। दिन सधैँको झैँ त्यति धेरै समस्याविना नै बितेको छ। ग्राहकहरूले घरीघरी घुरेर हेर्छन् तर मैले अरु प्रकारका दुर्व्यवहार सामना गर्नु परेन। हामीले साना गल्ती गर्दा पनि सिनियर कर्मचारी र मालिकले रुखो व्यवहार गर्छन्।
अनुसन्धानको अनुभव
पार्टी प्यालेस व्यस्त कालिमाटी क्षेत्रमा रहेको छ। त्यहाँ मल, किराना पसल, साना सुपरमार्केट, बैंकजस्ता थुप्रै व्यवसायहरू छन् र नजिकै प्रहरी चौकी छ। दिउँसोको समयमा यो क्षेत्रमा निकै चहलपहल भए पनि राती खाली हुन्छ। यो क्षेत्रमा वयस्क मनोरन्जन क्षेत्रका धेरै ठाउँहरू रहेका छन्।

राती गल्लीहरूको दृश्य
बालिकाको अनुभव
म पार्टी प्यालेसबाट प्रायजसो हिँडेरै घर पुग्छु, मध्यरातपछि पनि। म एउटा पुरुष र एउटा महिला साथीसँग छु। हामी घर फर्किँदा झण्डै रातीको १२ बजेर १५ मिनेट भएको थियो। सडक निकै सुनसान थियो। हामीले बेलाबेलामा कुकुरहरू भुकेको सुन्न सक्थ्यौँ। जब हामी डल्लु नदी किनार क्षेत्र पुग्यौँ तब हामी ५०० मिटरजति ज्यान बचाउन भन्दै जोडतोडले दगुर्यौँ। नदी किनारमा झाडी र रुखहरू भएकाले निकै डरलाग्दो हुन्छ। यो क्षेत्रमा धेरै अपराध हुने गर्दछ। एक महिनाअघि मात्र यो नदी किनारमा बेलुका घर फर्कँदै गरेका एक जना महिला र उनको छोरीको हत्या भएको समाचार आएको थियो। यदि म एक्लै छु भने वा समूहमा मेरो उमेरका केटीहरू मात्र छन् हामीलाई गाडीमा राखेर घर पुर्याइन्छ। हामीले कसलाई अनुरोध गरेका छौँ भन्ने कुरामा खर्च निर्भर हुन्छ। प्रवन्धकलाई भन्यौँ भने उनले हामीसँग पैसा लिन्छन् तर मालिकलाई भनेमा उनले हाम्रो खर्च पनि बेहोर्छन्। मालिक प्रायजसो कामबाट छिटै जान्छन् र हामीलाई गाडीमा पुर्याइदिनु भनेर अनुरोध पनि गर्न पाइँदैन।
अनुसन्धानकर्ताको अनुभव
हामी सुप्रियाको घर फर्कँदा बाटोमा हामीले खासै कसैलाई देख्दैनौँ। एक ठाउँमा एउटा बुढी महिलाले खाजा बेच्दै गरेको देख्छौँ तर पसलहरू बेलुका ८ बजेसम्ममा बन्द भइसक्छन्। सुप्रिया र उनका बाल सहकर्मीले उनीहरूसँग पुरुष साथी हुँदा गाडीको सुविधा पाउँदैनन्। यदि समूहमा केटीहरू मात्र छन् भने उनीहरू ट्याक्सीमा जान रुचाउँछन् किनभने हिँडेर घर जानु निकै असुरक्षित हुन्छ भन्ने उनीहरूलाई लाग्छ। उनीहरू जाने बाटो राती निकै खतरनाक मानिन्छ किनभने त्यो क्षेत्रमा चोरी, डकैती, बलात्कार, अनि हत्यासमेत जस्ता अपराधहरू धेरै हुने गरेका छन्।