रिंकु, १५ वर्षकी बालिका, नेपाल
                        रिंकुको जीवनको बारेमा
रिंकु आफ्नो आमासँगै काठमाडौँमा बस्छिन्। रिंकुको बुवाले दोस्रो बिहे गरेपछि परिवार छोडिदिए र उनी कहाँ छन् भन्ने रिंकुलाई थाहा छैन। उनकी आमा डान्सबारमा खाना पकाउने काम गर्थिन् तर हात भाँचिएपछि अन्य स्वास्थ्य समस्या देखिएर उनले काम गर्न छोडिन्।आमाले पहिले काम गर्ने डान्सबारमा नै रिंकुले डान्सरको रूपमा काम गर्न थालिन् । त्यो बेला उनी १२ वर्षकी थिइन्।
कक्षा ८ को परीक्षा दिनका लागि जन्मदर्ता प्रमाणपत्र पेश गर्नुपर्छ तर रिंकुसँग जन्मदर्ता नभएकोले स्कुलको पढाइलाई निरन्तरता दिन सकिनन्।
                    जन्मदर्ता प्रमाणपत्र बिना स्कुललाई निरन्तरता दिन असम्भव छ
                ग्राहकहरूले हामीलाई छुन खोज्छन्। तिनीहरूले हामीलाई छोएको मन पर्दैन तर जबरजस्ती छुन्छन् र हामी केही गर्न सक्दैनौँ। हामीले तिनीहरूसँग बसेर रक्सी पिउनुपर्छ।
                        मलाई वास्तवमा डान्स गर्न रमाइलो लाग्दैन तर मसँग अरु सीप नभएकाले म यहाँ काम गर्नुपर्छ।
ग्राहकहरूले हामीलाई छुन खोज्छन्। तिनीहरूले हामीलाई छोएको मन पर्दैन तर जबरजस्ती छुन्छन् र हामी केही गर्न सक्दैनौँ। हामीले तिनीहरूसँग बसेर रक्सी पिउनुपर्छ।
ग्राहकहरूले उनीहरू यहाँ रमाइलो गर्न आएका हौँ भन्छन्।
रिंकुलाई किताब बढ्न मन पर्छ। उनी भविष्यमा ठूलो मान्छे बन्न चाहन्छिन्। उनलाई आफूले अहिले गरिरहेको पेशा मन पर्दैन। उनले पकाउने वा सौन्दर्यसम्बन्धी कुनै तालिमका अवसरहरू पाएमा यो काम छोडिदिने थिइन्।
सन् २०२२ को नोभेम्बरमा रिंकुले बिहान ५ बजेदेखि राति ३ बजेसम्म गरेका कामहरू अनि घरबाट काममा आउजाउ गर्दाको अनुभवलाई समेटेर आफ्नो दैनिकी अभिलेख गरिन्। रिंकु धेरैजसो काममा जाँदा हिँडेर जान्छिन् तर घर फर्कदा डान्सबारले व्यवस्था गरेको ट्याक्सीमा वा डान्सबारमा काम गर्ने साथीसँग फर्किन्छिन्।
                                                                            डान्सबारबाहिर
                        रिंकु आफ्नो कार्यस्थलमा
रिंकुको वास्तविक उमेर १५ वर्ष हो तर मालिकले १९ वर्ष लेखेर उनको परिचयपत्र बनाइ दिएका छन्।
रिंकुले एक महिना NPR १२,००० (US $९२) कमाउँछन्। रिंकुले महिनाको १२ हजार कमाउँछिन्। उनले दिनको ६०० रुपैँया जति टिप्स पनि पाउँछिन्। उनी महिनाको ५ हजार घरभाडामा खर्च गर्छिन् र आमाको औषधीमा अनि घरका अन्य खर्चहरू पनि गर्छिन्। रिंकुले तिर्नुपर्ने ऋण पनि छ। उनले आमाको स्वास्थ्य उपचारका लागि ६० हजार रूपैँया ऋण लिएकी थिइन्। उनको आमाको शल्यक्रिया गर्दा ८० हजार रूपैँया लागेको थियो।
डान्सबारको मालिकले रिंकु काममा ढिलो आउँदा रोकेर सोधखोज गर्छन्। ग्राहकहरूलाई आकर्षित गर्नका लागि मालिकले उनलाई स्तन ठूलो बनाउने सप्लिमेन्ट र औषधिहरू दिन्छन्।
रिंकुले डान्सबारमा ग्राहकहरूसँग रक्सी पिउँछिन्। रक्सीको नशा लागेपछि उनलाई केही कुराको मतलब हुँदैन र ग्राहकलाई सन्तुष्ट बनाउनका लागि जे पनि गर्छिन्। रिंकुलाई डान्स गर्न वा छोटो खुला कपडा लगाउन मन पर्दैन तर ग्राहकहरूले यस्तै खोज्छन्।
                            रिंकुको नक्कली परिचयपत्र
रिङ्कुको दिन
बालिकाको अनुभव
म दिउँसो ३ बजे बिउँझन्छु। म मेरो लुगा धुन्छु, खाना खान्छु, भाँडा सफा गर्छु र काममा जान तयार हुन्छु।
मैले धेरै घरधन्धा गर्नु पर्दैन किनभने आमाले सबै गर्नुहुन्छ। म घरमा सुत्ने र आराम गर्ने मात्र गर्छु, त्यसैले म खुसी छु।
                            बालिकाको अनुभव
म वयष्क मनोरञ्जन क्षेत्रमा हुने बालबालिकासँग काम गर्दै आएको एउटा गैरसरकारी संस्थाको कार्यालय जान्छु। मलाई यहाँ सुरक्षित महसुस हुन्छ। कार्यालयका सबैजना मसँग बोल्छन्। मलाई यो कार्यालयमा आउन मन पर्छ। आज म यहाँ एउटा फाराम भर्न आएकी हुँ। म यहाँ खाना पनि खान्छु।
                        डान्सबारभित्र
बालिकाको अनुभव
म काम गर्ने डान्सबार मेरो घरबाट हिँडेर २० मिनेटमा पुगिन्छ। त्यसैले म हिँडेर काममा जान मन पराउँछु।
                        ग्राहकहरूसँग बसिरहेका महिला स्टाफ
                            बालिकाको अनुभव
म ६ बजे काममा पुग्छु र तयार हुन्छु (लुगा लगाउने र मेकअप गर्ने)। त्यसपछि स्टेजमा गएर डान्स गर्छु। त्यसपछि मोबाइल चलाउँछु। कहिलेकाहीँ अल्छी लाग्छ।
म एकजना सहकर्मीसँग रक्सी पसल जान्छु। त्यो रक्सी पसल डान्सबारको मालिकको साथीको हो। मालिकले मलाई गएर वाइन लिएर आउनु भनेका छन्।
आज मलाई अल्छी लागिरहेको छ। अहिलेसम्म कुनै ग्राहक आइपुगेका छैनन्। बोल्ने कोही छैन। सबैजना आफ्नै काममा व्यस्त छन्, त्यसैले कोही पनि एकअर्कासँग कुराकानी गरिरहेका छैनन्।
यहाँ काम गर्ने गरेका एक जना दाइ आएका छन्। उनी यो डान्सबारको क्यासियर थिए। मालिक छुट्टीमा हुँदा उनले हामीलाई ग्राहकसँग बस्न अह्राउँथे।
अनुसन्धानकर्ताको अनुभव
रिंकु काममा पुगेपछि मेकअप गर्छिन्। बेलुकाको ७ बजे समुह नाच सुरु हुन्छ। चारैतिर रंगीचंगी बत्ती छन्। रिंकु डान्स गर्छिन्, उनले स्कर्ट र खुला देखिने लुगा लगाएकी छिन्।
रातीको खाना १० बजे हुन्छ र कर्मचारीले पालो गर्दै खाना खान्छन्।
डान्स गर्नुको साथसाथै बारको बिल बढाउन रिंकु ग्राहकहरूसँग बसेर रक्सी पनि पिउँछिन्। ग्राहकहरू सामान्यतया ३० देखि ५० वर्षका हुन्छन् तैपनि ८० वर्षसम्मका केही मानिसहरू पनि आउँछन्। कतिपय ग्राहकहरू राम्रो व्यवहारका हुन्छन् तर धेरैजसोको व्यवहार खराब हुन्छ। डान्सबारको मालिक र सिनियर कर्मचारीहरू (क्यासियर, म्यानेजर) ले पनि उनलाई रक्सी पिउन, ड्रग्स लिन, चुरोट पिउन र यौनजन्य कार्यहरू गर्न प्रोत्साहित गर्छन्।
यस व्यवसायका मालिकले रिंकुलाई उनको आमाको उपचारका लागि पैसा सापट दिएका छन्। यसले उनलाई यस डान्सबारप्रति ऋणी बनाएको छ।
                        डान्सबारभित्र
बालिकाको अनुभव
म मेरो साथीलाई खोज्न ठमेल जान्छु। हामी सँगै घर जानुपर्ने थियो तर उनी ठमेलतर्फ भागिन्। हामी उनको खोजी गरिरहन्छौँ।
                        व्हीस्की र औषधि
                            बालिकाको अनुभव
मेरो साथी र म रक्सीले मातिएका छौँ। हामी स्कुटरमा घुमिरहेका छौँ। बिहानको ३ बजिसकेको छ र हामी निकै मातिएका छौँ।
बालिकाको अनुभव
म घर आइपुग्छु। मेरी आमाले ढोका खोल्नुहुन्छ। आमासँग कुरा गर्छु। उहाँसँग बोल्दा आनन्द आउँछ। त्यसपछि म सुत्न जान्छु।