रेखा, १७ बर्षकी बालिका
रेखाको जीवनको बारेमा
पहिलो पटक काम पाउँदा उनलाई पहिल्यै पेश्कीको रूपमा रू ३० हजार प्रस्ताव गरिएको थियो। आन्टीले यो काम मिलाइ दिनु भएकोले पनि यसरी पेश्की दिइएको थियो। आन्टीले १८ वर्षभन्दा कम उमेरका बालिकाहरू खोजेर ल्याइ दिएबापत डान्सबार मालिकबाट कमिसन लिन्थिन्। रेखाले सुरुमा तलबमा काम गरिन्। उनले ग्राहकको मागअनुसार काम गर्नुपर्थ्यो। उनले ग्राहकसँग बसेर पिउनु र उनीहरूलाई मनोरन्जन दिनु पर्थ्यो। रेखाले ग्राहकहरूबाट धेरै दुर्व्यवहार पनि सहनु परेको थियो। ग्राहकले यौनजन्य भावनाले रेखालाई छुँदा त्यसो गर्न दिनुबाहेक उनीसँग अरु विकल्प थिएन। तर अहिले रेखा ग्राहकलाई यौनकर्मीसँग भेटाइदिने बिचौलियाको काम गर्छिन् र कमिसन लिन्छिन्। कुन ग्राहकसँग नजिक हुने भन्नेबारे छनौट गर्ने क्षमता आफूमा रहेको उनलाई लाग्छ।
ग्राहकबाट पैसा प्राप्त गर्दै
हिजो म पूरै रक्सीले मातिएको थिएँ। मैले यति धेरै वाइन पिएकी थिएँ कि म उभिनै सक्दिनँथेँ। स्टाफका लागि व्यवस्था गरिएको गाडीमा राखेर मलाई घर पुर्याइयो। म पूरै बेहोशी हालतमा रहेकोले ड्राइभरले कोठासम्मै लगेर छोडिदिए।
मदिराजन्य पेय पदार्थ
डान्सबारमा रेखाको काम गर्ने समय सामान्यतया साँझ ७ बजेदेखि राति २ बजेसम्म हो। उनको काम नाच्नु र ग्राहकलाई डान्सबारमा ल्याएर उनीहरूबाट सकेसम्म धेरै पैसा खर्च गराउनु हो।
यसका लागि रेखाले ग्राहकहरूसँग नजिकको सम्पर्क बनाउनुपर्छ। उनले ग्राहकहरूसँग जिस्केर उनीहरूलाई सकेसम्म धेरै खाना र रक्सी अर्डर गर्न फुर्काउनु पर्ने हुन्छ। रेखा ग्राहकको खर्च बढाउन उनीहरूसँग बसेर रक्सी र खानेकुरा खान्छिन्। उनले ग्राहकहरूलाई एक पटकमा ५० देखि ६० हजारसम्म खर्च गराउन सक्छिन्। यसबाट उनले कमिसन पनि पाउँछिन्।
“मैले मेरो तलब पाउनका लागि म डान्सबारमा हुँदा मलाई रोज्ने, मसँग बस्न चाहने जुनुसकै ग्राहकसँग गएर बस्नुपर्थ्यो।”
वाइनले भरिएको दुईवटा गिलास
रेखा अस्पताल जाँदैछिन्
रेखालाई स्वास्थ्य समस्या छ।
उनलाई प्रायः पेट दुख्ने गर्दछ। उनले सन् २०२२ अगस्ट ८ मा आफ्नो दैनिक गतिविधिहरू रेकर्ड गरेको दिन पनि स्वास्थ्य जाँचका लागि अस्पताल जानु परेको थियो। उनलाई एक-दुई दिनदेखि नै निकै पेट दुखिरहेको थियो। तर पनि उनी काममा गइन् (यद्यपि उनले कुनै पनि ग्राहकलाई आफैले डान्सबारमा बोलाइनन् र यो रात उनी आफू मात्र नाचिन्)।
रेहका आफ्नो कार्यस्थलमा
म निक्कै थकित छु र निन्द्राले झुप्पझुप्प भइरहेको छ। म सकेसम्म चाँडै घर गएर सुत्न चाहन्छु। मलाई एकदमै बिसन्चो भइरहेको छ।
रेखाको दिन
बालिकाको अनुभव
मैले हिजोदेखि राम्रोसँग खाना खाएकी छैन। अहिले म दिउँसोको खाजा खादैछु र यो एकदमै मिठो छ। आफूलाई सन्चो नभएकोले मैले हिजो कुनै ग्राहकलाई कल गरिनँ। म ग्राहकहरूलाई कल गर्न चाहन्छु ताकि मेरो दैनिक जीवन चलाउन केही थप पैसा कमाउन सकूँ। तर पनि आज म कसैलाई कल गर्दिनँ।
अनुसन्धानकर्ताको अनुभव
रेखाले हामीलाई आफू बस्ने ठाउँ देखाउन चाहिनन्। यसो गर्नुको कारण सायद उनले आफूले गर्ने काम परिवारका सदस्यलाई बताएकी छैनन् वा सायद उनी अनुसन्धानकर्ताहरू आफू बस्ने ठाउँमा नआउन् भन्ने चाहेर हुन सक्छ। हामी उनीसँग कुनै सुरक्षित ठाउँमा भेट्छौँ।
रेखाको अनुभव
म यस सहरको हरियाली भएको क्षेत्रमा आएको छु। यहाँ मानिसहरू ध्यान गर्न आउँछन्। यहाँ आउनुको कारण मलाई आजकल निकै छटपटी भइरहेकोले र मेरो एउटा साथीले यो ठाउँमा आएपछि निकै शान्ति मिल्छ भनेकी हुनाले हो।
अनुसन्धानकर्ताको अनुभव
आफ्नो छटपटी र पीडाबाट केही शान्ति पाउन खोज्दै रेखा बगैँचामा एक्लै आउँछिन्। उनी एक्लो देखिन्छिन्।
अस्पतालमा उपचारका लागि पर्खँदै रेखा
बालिकाको अनुभव
मेरो पेट नराम्रोसँग दुखिरहेको छ र मलाई सास फेर्न पनि गाह्रो जस्तो भइरहेको छ। रक्सी पिएपछि बान्ता गर्नुपर्छ भनेर एक पटक एउटा साथीले भनेको कुरा म सम्झिरहेकी छु। त्यो साथी अहिले भारतमा छिन्। उनी त्यहाँको एउटा क्लबमा काम गर्छिन्।
अनुसन्धानकर्ताको अनुभव
रेखा एक्लै अस्पताल जान्छिन्। अस्पतालसम्म साथी जाने उनको कोही छैन। बिसन्चो हुँदा पनि उनी आराम गर्दिनन्, बरु काममा जान्छिन्।
बालिकाको अनुभव
म बस कुरिरहेकी छु। पानी परिरहेको छ र म काममा पुग्न ढिलो होला जस्तो देखिन्छ। हिजो मैले ३० रुपैयाँ हजार कमाएँ। मैले आफै डान्सबारमा बोलाएका ग्राहकबाट यो कमाइ भएको थियो। म पूरै मातेकी थिएँ। आज मेरो पेट अत्यन्तै दुखिरहेको छ।
अनुसन्धानकर्ताको अनुभव
उनलाई काममा जान ढिला भएकोले उनी बसमा गइरहेकी छिन्।
डान्सबारको भित्र, टिस्युहरू भएको
बालिकाको अनुभव
म तलबमा काम गर्थेँ तर अहिले कमिसनमा काम गरिरहेकी छु र मेरा लागि यो झन् राम्रो छ। पहिले मलाई ग्राहकले जथाभावी छुन्थे र मैले सहनुपर्थ्यो तर अहिले यस्तो हुँदैन। आज मैले कुनै पनि ग्राहकलाई बोलाएको गरेको छैन किनकि आज मलाई सन्चो छैन। केही खान मन लाग्दैन। मलाई पखाला भएको छ।
अनुसन्धानकर्ताको अनुभव
रेखा डान्सबारभित्र छिरिसकेपछि डान्सबारको मालिकले उनलाई बाहिर आउन दिँदैनन्। तर उनले मौका मिलाएर, मालिकलाई आफ्नो बहिनीसँग कुरा गर्नुछ भनेर हामीलाई भेट्न बाहिर आउनेछु भन्छिन्। उनीसँग एउटा ग्राहक रहेको छ र हामीलाई छोडेर सो ग्राहकसँग जान्छिन्। रेखाले हामीलाई बियर पिउँदिन भनेकी थिइन् तर उनले ती ग्राहकसँग बियर खाइरहेकी थिइन्। उनको साथमा डान्सबारकै एक जना यौनकर्मी थिइन्। पछि, उनी ग्राहकहरूसँग जिस्किरहेकी थिइन् र एउटा ग्राहकलाई वाइन चाख्न लगाइन्। रेखाले आफ्नो पीडा लुकाउँदै भएपनि अनुहारमा मुस्कान ल्याउँछिन्। सानो उमेर भएपनि मानिसहरूलाई कसरी सम्हाल्ने भन्ने उनलाई थाहा हुन्छ। ग्राहकहरूसँग उनले राम्रो सम्बन्ध बनाएकी छिन् र त्यो डान्सबार ग्राहकहरूलाई सम्हाल्ने उनको कलामा निर्भर रहेको देखिन्छ।
बालिकाको अनुभव
आज घर छोड्नका लागि धेरै स्टाफ छैनन् र म सधैँको भन्दा छिटो रातको १:४५ बजेतिर घर पुग्छु। प्रायजसो घर पुग्दा रातको ३ बजेको हुन्थ्यो।
अनुसन्धानकर्ताको अनुभव
त्यहाँ स्टाफहरूलाई घर छोड्ने एउटा सिस्टम रहेको छ। हामी थाहा पाउँछौँ कि रेखा निकै मातिएकी बेला उनको होश ठेगानमा हुँदैन; यस्तो बेलामा डान्सबारको एक जना सहकर्मी ड्राइभरसँगै आउँछन् र रेखालाई उनको कोठासम्म ल्याएर छोड्न मद्दत गर्छन्।