बच्चाहरु को दिन को बारे मा कथाहरु

सिमी, १७ वर्षकी बालिका

बालबालिकाको वास्तविक नामहरू सुरक्षित छन्
१७ वर्षीया सिमी काठमाडौँको ठमेल क्षेत्रमा रहेको एउटा मसाज एवं स्पा पार्लरमा काम गर्छिन्। उनी तीन वर्षको बच्चाको एकल आमा हुन्। उनले काम गरेबापतको कमिसन पाउँछिन्, ऋणमा छिन् र आफ्नो सानी छोरी र आफूसँगै बस्दै आएको भाइको भरणपोषण गर्न पर्याप्त पैसा कमाउने बारेमा सधैँ चिन्तित भइरहेकी हुन्छिन्। उनको काममा उनीप्रति यौन दुर्व्यवहार हुने उच्च जोखिम छ।

मोनाको जीवनको बारेमा

सिमी ३ वर्षीय छोरीकी एकल आमा हुन्। उनी आफ्नी सानी छोरी र भाइसँग भाडाको कोठामा बस्छिन्। ती सबैजना अहिले आर्थिक रूपमा उनीमाथि नै निर्भर छन्। सिमीले कोठाभाडा महिनाको ३२ सय रुपैयाँ तिर्छिन्। सिमीले औषधि पसलदेखि अन्य ठाउँमा पैसा तिर्न बाँकी छ। उनको दैनिकी लामो हुने गरेका छन्। उनी बिहान साढे ७ बजे उठ्छिन् र मध्यरातिसम्म सुतेकी हुन्नन्। उनले दिनमा धेरैजसो समय मसाज एवं स्पा पार्लरमा बिताउँछिन्। उनले घरायसी कामहरू र छोरीको हेरविचार पनि गर्छिन्। सिमी नेपालको पूर्वी भेगको एउटा गाउँबाट आएकी हुन्। उनको बुवा लुगा सिलाउने काम गर्थे र परिवारको केही जमिन थियो। सिमी उक्त गाउँमा आमाबुवा र तीनजना भाइहरूसँग बस्थिन्। आमाले परिवार छोडेर गएपछि सबैकुरा बदलियो। सिमीले ८ वर्षमा नै स्कुल छोडेर एउटा होटलमा काम गर्न थालिन्।

Simi carrying her young child

सिमी आफ्नो सानो बच्चा बोकेर

सेवा लिन कोहि ग्राहक आएनन् भने मेरो कमाइ हुँदैन र निकै तनावमा हुन्छु। मैले कमाउनुपर्छ। तर कोहि ग्राहक छैनन्।

Simi had her daughter when she was 14 years old

१४ वर्ष हुँदा सिमीले छोरी जन्माइन्।

सिमीले सानो उमेरमा बिहे गरिन्। परिवारले नै बिहे गरिदिएका थिए। त्यो बेला सिमी १३ वर्षकी मात्र थिइन् र उनको श्रीमानको उमेर उनको भन्दा झण्डै दुईगुणा बढी थियो।

सिमीको श्रीमान निर्माण क्षेत्रमा काम गर्थे। गाउँबाट बाहिर रहेर केही महिना श्रीमानले काम गरेपछि सिमीले पनि सासुससुरासँग बस्न गाह्रो मानेर श्रीमानसँगै काठमाडौँ जाने निर्णय गरिन्। तर सबै कुरा भनेजस्तो भएन। सिमीको श्रीमानको कमाइ त्यति धेरे हुँदैनथ्यो र सिमी पनि चाँडै गर्भवती भइन्। सिमीको श्रीमानले उनलाई वास्ता गर्न छाडे र सिमीले छोरीलाई जन्म दिएदेखि (१४ वर्षको उमेरमा) उनले श्रीमान वा सासुससुराबाट कुनै सहयोग पाइरहेकी थिइनन्। सिमी आफ्नो बुवाको घर फर्किन् र फेरि होटलमा काम गर्न थालिन्। केही समयपछि सिमी काठमाडौँ फर्किइन्। यस पटक एउटा मसाज पार्लरमा काम गर्ने साथीको सहयोगले उनी आएकी थिइन्। सिमी अहिले एउटा मसाज एवं स्पा पार्लरमा काम गर्छिन्।

“मसाज गर्न निकै बल प्रयोग हुन्छ र यसले निकै थकाउँछ।”

Interior Massage and spa

मसाज एवं स्पा पार्लरको भित्र

सिमी आफ्नो कार्यस्थलमा

सिमीले कुनै तलब पाउँदिनन्, तर प्रत्येक ग्राहकले तिर्ने शुल्कबाट ५० प्रतिशत पैसा पाउँछिन्। सन् २०२२ नोभेम्बर २२ का दिन सिमीले आफ्नो दैनिकी र अनुभवहरू रेकर्ड गरिन्। यो दिन उनले आठ घण्टामा बल्ल एउटा मात्र ग्राहकलाई सेवा दिएकी थिइन्। मालिकले आफ्नो भाग लिएर सिमीले ६०० रुपैयाँ मात्र पाइन्। तसर्थ सिमीको दिनभरिको कमाइ ६०० रुपैयाँ मात्र थियो। मसाज एवं स्पामा व्यवसाय राम्रो हुँदा सिमीले महिनाको ३० हजारसम्म कमाउन सक्छिन्। तर जाडो मौसममा थोरै मात्र ग्राहकहरू हुने भएकाले उनको कमाइ धेरै घटेको छ।

सिमीको ध्यान भनेकै छोरीको रेखदेख गर्नु र राम्रो शिक्षा दिनु हो। अहिले उनकी छोरी सरकारी स्कुल जान्छिन् जहाँ मासिक शुल्क ५०० तिर्नुपर्छ। सिमी भाइको चिन्ता गर्छिन् किनभने उसले स्कुल जान छोडेको छ र पूर्णरूपमा उनीमाथि नै निर्भर छ। आफ्नो घरपरिवार चलाउने आफू एक मात्र भएकोले धेरै कमाउन सक्दिनँ भन्ने उनलाई महसुस हुन्छ।

Girls sitting inside massage and spa

मसाज एवं स्पा पार्लरभित्र बसिरहेका केटीहरू

बालिकाको अनभुव

बिहान ७ बजे
घरमा

सिमीको अनुभव

म सामान्यतया बिहानको ७ बजे उठ्छु। त्यसपछि सरसफाइ गर्ने, भाँडा माझ्ने, पकाउने र छोरीलाई स्कुलका लागि तयार गर्ने काम हुन्छ। तरकारी र किराना सामान पनि किन्छु र छोरीका लागि टिफिन पनि तयार गर्छु। बिहान भ्याइनभ्याइ हुन्छ। बिहान १० बजे मेरो घरको काम सक्छु र छोरीलाई स्कुल लैजान्छु।

Simi’s commute by bus

सिमीको बस यात्रा

बिहान १० बजे
काममा जान यात्रा

सिमीको अनुभव

काममा जान बस चढ्छु, छोरी पनि सँगै हुन्छे। उनको स्कुल मैले काम गर्ने ठाउँ नजिकै छ। यो म हरेक दिन गर्छु। बसमा सिट पाउँदा खुसी लाग्छ। आज गाडीमा धेरै भीड छ, तर छोरी र मैले सिट पायौँ। छोरीसँग भीड भएको बसमा यात्रा गर्न मन पर्दैन। छोरीलाई स्कुल छोडेपछि म हिँडेर मेरो काम गर्ने ठाउँ पुग्छु। मलाइ १० मिनेटजति लाग्छ।

अनुसन्धानकर्ताको अनुभव

सिमी प्रायजसो छोरीलाई बसबाट लिएर जान्छिन्। बस भीड भएको बेला बसमा जान उनलाई मन पर्दैन। कहिलेकाहीँ काममा जाँदा उनी पठाओ प्रयोग गर्छिन् तर एक्लै हुँदा मात्रै। पठाओ प्रयोग गर्दा मोटरसाइकल चालकलाई राम्रोसँग चिन्ने भएकोले कहिलेकाहीँ पैसा तिर्न बाँकी नै राख्छिन् ।

Massage spa entrance with narrow stairs

साँघुरो सिंढी भएको मसाज एवं स्पाभित्र जाने बाटो

बिहान ११ बजे
कममा

बालिकाको अनुभव

म प्रायजसो काममा बिहानको ११ बजे पुग्छु। सुरुमा बढार्ने र पुछ्ने काम गर्छु। यो काम हरेक कर्मचारीले प्रत्येक दिन पालैपालो गर्छन्। आज म निकै थाकेको छु। भीडभाड भएको बस चढेर काममा जाँदा म झनै थाकेको हुन्छु, यसले मेरो सबै शक्ति वा जाँगर खाइदिन्छ र काममा पुग्दासम्म त निकै सुस्त भइसकेको हुन्छु। एक घण्टापछि मेरो मालिकले बाहिर गएर केही ताजा फूलहरू ल्याउन भन्छिन्। बाहिर धेरै गर्मी छ र म निकै थाकेको छु। फर्किएपछि केहीबेर आराम गर्छु। कोहि ग्राहक नै छैनन् र मलाई दिक्क लागिरहेको छ। खाजा किन्न मसँग पैसा छैन। तर दिदी (मालिक्नी) धेरै दयालु छिन् र मेरा लागि खाना अर्डर गर्छिन्। त्यसपछि एउटी दिदी (सहकर्मी) सँग गएर खाना ल्याउँछु। अहिलेसम्म निकै अल्छी दिन भएको छ। आज दिन सकिँदासम्म मसँग कुनै पैसा हुँदैन कि भन्ने चिन्ता लागेको छ। आज एकजना मात्र ग्राहकको सेवा गर्न पाएँ। त्यो ग्राहकले हार्ड मसाज चाहन्थ्यो र मैले उसलाई खुसी बनाउने कोसिस गरेँ। ऊ सन्तुष्ट भएजस्तो लाग्छ। उसले मलाई ५०० टिप्स पनि दियो। भलाद्मी ग्राहक हुँदा धेरै राम्रो हुन्छ। सबै राम्रो हुँदैनन्, केही त रुखो हुन्छन् र केहीले त मलाई दुर्व्यवहार गर्न पनि खोज्छन्। यस्तो हुँदा म दिदी (मालिक्नी) सँग कुरा गर्छु। तर आजको ग्राहक असल थिए।

अनुसन्धानकर्ताको अनुभव

सिमी मसाज एवं स्पा पार्लरबाट आउने कमाइमा निर्भर छिन् तर उनले तलब नपाएर कमिसन पाउँछिन्। त्यसैले थोरै ग्राहक भएको दिन उनी चिन्तित हुन्छिन्। ग्राहक पाउँदा सिमी खुसी हुन्छिन् र निकै मेहनत गर्छिन्। त्यसपछि मोबाइल फोन चलाएर समय बिताउँछिन् । उनी टिकटक भिडियो हेर्छिन् र बनाउँछिन्। दिउँसोको समयमा सिमीले तिर्नुपर्ने ऋणबारे कसैसँग फोनमा कुरा गर्छिन्। उनले ऋण तिर्न केही समय माग्छिन्। सिमीले औषधि पसलमा ३ हजार रुपैयाँ पनि तिर्नुछ।

Simi and her daughter walking along the street

सिमी र उनकी छोरी गल्लीमा हिँड्दै

बेलुका ८ बजे
कामबाट घरसम्मको यात्रा

बालिकाको अनुभव

आज मेरो भाइले छोरीलाई स्कुलबाट मैले काम गर्ने ठाउँमा ल्याइ दिएर गएको छ। मेरी छोरी र म सँगै घर फर्कन्छौँ। अहिले रातिको सात बजेको छ। बस भीड छ र म बसको रेलिङ समातेर उभिएकी छु। छोरीलाई लिएर यसरी यात्रा गर्दा निकै असहज र गाह्रो हुन्छ। बसबाट ओर्लेपछि घर पुग्न पाँच मिनेट हिँड्नुपर्छ। बच्चालाई लिएर हिँड्न सजिलो हुँदैन र म निकै थकित छु।

Simi lives in one room with her daughter and her brother

सिमी छोरी र भाइसँग एउटा कोठामा बस्छिन्।

रातको ९ बजे
राति घरमा

बालिकाको अनुभव

म निकै थकित महशुस गर्दैछु। म बाहिर गएर तरकारी किनेर ल्याउँछु, त्यसपछि खाना पकाउँछु र छोरीलाई गृहकार्य गर्न सघाउँछु। मलाई तनाव भैरहेको छ र घरको काम अझै पनि धेरै छ।

राति १२ बजे
सुत्ने बेला

बालिकाको अनुभव

मलाई मेरो जीवनको चिन्ता लागिरहेको छ। म निदाउन खोज्दैछु तर सकिरहेकी छैन।

सिमीको यात्रा अन्वेषण गर्नुहोस्