बच्चाहरु को दिन को बारे मा कथाहरु

पेमा, १५ वर्षकी बालिका, नेपाल

बालबालिकाको वास्तविक नामहरू सुरक्षित छन्
१५ वर्षीया पेमा बिहान क्याम्पस गएर आएपछि दिउँसो र बेलुका कार्यक्रमको क्याटरिङमा काम गर्छिन्। उनले आफ्नो कमाइ परिवारबाट लुकाएर राख्छिन् किनभने उनलाई यो पैसा आफ्नो पढाइ र लुगा तथा खानाको खर्चका लागि चाहिन्छ। उनी निकै मेहनत गर्छिन् तरपनि काममा दिनभर गाली खाइरहेकी हुन्छिन्।

पेमाको जीवनको बारेमा

पेमा र उनको परिवार नेपालको पूर्वी भेगबाट पाँच वर्षअघि काठमाडौँ आएका हुन्। उनको परिवार त्यति सम्पन्न नभएकाले उनको बुवा उनलाई पढाउने कुरामा त्यति सकारात्मक छैनन्। पेमा पढेर जीवनमा धेरै कुरा हासिल गर्न चाहन्छिन्। त्यसैले उनले आफ्नो पढाइमा भरथेग होस् भनेर वयस्क मनोरञ्जनका क्षेत्रमा काम गर्न थलिन्। पेमाले कामकाजी जीवन रेष्टुरेन्टबाट सुरु गरिन्। उनले त्यहाँ दुई महिना काम गरेर छाडिन्। त्यसबेलादेखि पेमाले ब्याङ्केटमा (क्याटरिङ सेवा) काम गर्दै आएकी छिन्। उनले आफ्नो दैनिक गतिविधि रेकर्ड गरेको दिन उनको नयाँ कामको पहिलो दिन थियो। उनी नाबालिग रहेको हुनाले उनले पाउने तलब र समयसहितको कुनै सम्झौता गरिएको छैन। उनले दैनिक ज्यालादारीको हिसाबले पैसा पाउँछिन्।

Serving food to customers

ग्राहकहरूलाई खानेकुरा दिँदै

“म भविष्यमा आफ्नो अधिकारका लागि लड्न खर्च गर्न नसक्ने बालिकाहरू र अरु मानिसलाई मद्दत गर्न चाहन्छु। म अरू बालिका तथा महिलाहरू दुर्व्यवहार वा उत्पीडनमा नपरुन् भन्ने चाहन्छु।”

Working late into the evening

राति अबेरसम्म काम गर्दै

पेमाले आफूले कमाएको पैसा परिवारलाई दिँन्नन् किनभने यो पैसा उनको पढाइको खर्चका लागि मात्र पुग्छ।

पेमाले महिनाको रू. १५ हजारजति कमाउँछिन्। उनको कमाइ काममा निर्भर छ किनभने यस प्रकारको क्याटरिङको काम मौसमी खालको हुन्छ। बिबाह र अन्य कार्यक्रमहरूमा तलमाथि भइरहेको हुन्छ। त्यसैले पेमाले कमाइको अन्य विकल्प पनि खोजेकी छिन् जस्तै उनले दिनको दुई घण्टाजति ट्यूसन पढाउँछिन्।

कुर्सीमा ढल्किएर केहीबेर आराम गर्दा म गाली खान्छु।

Dreaming of a brighter future

उज्वल भविष्यको सपना देख्दै

Food preparation

खाना तयार हुँदै

सन् २०२३ को फेब्रुअरी १२ मा पेमा बिहान ५ बजेर ४५ मिनेटमा उठ्छिन् र क्याम्पस जान तयार हुन्छिन्। क्याम्पसपछि उनी दिउँसो २ देखि बेलुका ८ बजेसम्म काम गर्छिन्।

पेमा आफ्नो कार्यस्थलमा

उनको दिन हतारहतारमा नै बित्छ र ट्राफिक जाम धेरै हुँदा ढिलो हुन्छिन्। ब्याङकेटमा कामको पहिलो दिनमै सिनियर कर्मचारीबाट गाली खाँदा उनलाई रमाइलो लाग्दैन। काम सकिएपछि उनले ६०० रुपैयाँ मात्र पाउँछिन् जुन उनले अपेक्षा गरेभन्दा धेरै कम हो। यसप्रकारको ब्याकेटमा औसत कमाइ दिनको १५०० रुपैयाँ हुन्छ। उनले पाउने पैसाबाट प्रवन्धकले ५० देखि ६० प्रतिशत काटेर लिन्छन्। यसको प्रतिवाद गर्न नसक्ने हुनुले पेमालाई खिन्न बनाउँछ। पैसा किन काटिएको कारणा सोधेमा आफूलाई कामबाट निकालिनेछ भन्ने उनलाई थाहा छ। अरु बालबालिकालाई पनि यस्तै गरिन्छ भन्ने पेमालाई लाग्छ।

पेमाले आफू काम गर्ने ठाउँ कामदार मैत्री नभएको पाउँछिन् र उनले निकै मेहनत गर्नुपर्छ। ससाना गल्तीका लागि पनि उनले गाली खाइरहेकी हुन्छिन् जसले उनलाई निराश बनाउँछ। उनका केही सहकर्मी उनकै उमेरका छन् र उनले जस्तै अनुभव गरेका छन् भन्ने उनलाई लाग्छ। कम उमेरका कामदारहरूले उनलाई सहयोग र साथ दिन्छन् तर केही सहकर्मीहरू लागूऔषध र रक्सी पिउने गर्छन्। काम गर्ने वातावरणको यो पक्ष पेमालाई त्यति मन पर्दैन।

कामको पहिलो दिन पेमा साथीहरूसँगै घर फर्किन्छिन्। काम सकिने यो समयलाई ढिलो मानिँदैन। रोजगारदाताले बस चढ्ने पैसा दिन्छन्। उनी चढेको बसमा १० वर्षको खलासी हुन्छ। उनलाई घरनजिक नछोडिएकोले उनले फेरि केही समय मान्छेको चहलपहल नभएको सडक हुँदै हिँडेर जानुपर्ने हुन्छ। सबै पसलहरू बन्द छन्, कुकुरहरू भुकिरहेका छन् र उनी डराएकी छिन्। उनको बुवाआमाले राती चोर लाग्न सक्छ र केटीहरू बलात्कारमा पर्न सक्छन् भनेर उनलाई भनेका हुन्छन्।

A quiet night time street

राति गल्लीको सुनसान समय

पेमाको दिन

बिहान साढे ५ बजे
घरमा

बालिकाको अनुभव

म बिहान करिब साढे ५ बजेतिर उठ्छु। हातमुख धोएर तयार भई म बिहान ५ बजेर ४५ मिनेटमा घरबाट निस्कन्छु। मैले घरमा बिहान काम गर्नु पर्दैन त्यसैले म बिहान सबेरै उठ्दिन।

An older woman washing dishes

एक जना वृध्द महिला भाँडा धुँदै

दिउँसो साढे १ बजे
कामसम्मको यात्रा

पेमाको अनुभव

म कलेजबाट साढे १० बजेतिर फर्कन्छु र ११ बजे खाना खान्छु। आमाले खाना बनाउनु भएको हुन्छ त्यसैले काममा जानुभन्दा अघि केही समय आराम गर्छु। घरबाट सोझै काममा जाँदा मलाई ३० मिनेटजति लाग्छ। म जाने बाटो प्रायजसो एउटै हुन्छ। आवासीय भवनहरू र किराना पसलहरू भएको बाटो छ। बाटोसँगै फुटपाथ पनि भएकोले दिउँसो धेरै ट्राफिक भएको बेला पनि हिँड्नु सुरक्षित नै हुन्छ। मलाई बेलुका हिँड्न डर लाग्ने भनेको एउटा साँघुरो गल्ली हो।

अनुसन्धानकर्ताको अनुभव

हामी पेमासँग उनको काम गर्ने ठाउँमा गयौँ। यो उनको पहिलो दिन थियो र उनी ढिलो पुग्न चाहन्नन्। उनी अलिक अत्तालिएकी छिन्।

A fight outside Pema’s workplace

पेमाले काम गर्ने ठाउँबाहिर भएको झगडा

दिउँसो २ बजे
काममा

पेमाको अनुभव

म काममा दिउँसो २ बजेर २० मिनेटमा आइपुग्छु। म २० मिनेट ढिलो हुन्छु र टीम क्याप्टेनको खाली खान्छु। मेरो पहिलो दिन भएकोले म अलिक अत्तालिएकी छु। म काम गर्दा लगाउने लुगा फेर्छु र काममा लाग्छु। काम व्यस्त छ, त्यहाँ पार्टी चलिरहेको छ। मलाई भाँडा सफा गर्ने काम दिइयो। म एक जना वृध्द महिलाले भाँडा माझिरहेको देख्छु। त्यो देखेर मलाई नराम्रो लाग्छ। उनको उमेरमा उनले घरमा आराम गरिरहनुपर्ने हो तर उनी यहाँ खातका खात प्लेटहरू धोइरहेकी छिन्। पछि मैले मेरो साथीलाई सुप बाँड्ने ठाउँमा को छ? र हामीले काम बदल्न सक्छौँ भनेर सोधेँ। स्न्याक्स बाँड्ने ठाउँमा काम गरिरहेका एक जना कामदारले सबै ग्राहकहरूको सामुन्ने नराम्ररी गाली खाए र मलाई नराम्रो लाग्यो। उनको गल्ती ठूलो थिएन। मालिकले सबैको सामु उनलाई गाली नगरेर छुट्टै लगेर कुरा गर्नुपर्थ्यो। उनको पनि आज पहिलो दिन थियो। मेरो कम्मर दुखिरहेको छ किनभने मैले तीनजना स्टाफको काम एक्लै गरिरहेकी छु। म सफा गर्ने काम गरिरहेकी छु, जुन काम सुरुमा तीनजना कर्मचारीलाई लगाइएको थियो तर दुई जना गायब भए। सबै कुरा मैले नै सक्नुपर्ने भयो। यहाँ काम गरिरहकी एक जना केटीलाई महिनावारी भएको छ र शौचालय जान चाहन्छिन् तर गार्डले उनलाई अलिक सफा रहेको शौचालयको चाबी दिँदैनन् र फोहोरी शौचालय देखाउँदै त्यतै जान भन्छन्। पछि ब्याङ्केटमा दुई समूहबीच ठूलो झगडा हुन्छ। एक जना ग्राहकले महिला कर्मचारीलाई जिस्काउँछन् र त्यसपछि उनलाई हिर्काउँछन्। अनि उनको प्रेमीले ग्राहकमाथि चक्कुले आक्रमण गर्छन्। सबैजना चिच्याइरहेका छन्। प्रहरी र डाक्टरलाई बोलाइएको छ।

अनुसन्धानकर्ताको अनुभव

पेमा ट्राफिकको कारणले २० मिनेट ढिलो हुन्छिन्। यो ठाउँ निकै व्यस्त देखिन्छ। पार्टी सुरु भइसकेको छ। पेमासँग कसैले पनि असभ्य व्यवहार गरेको हामी देखेनौँ तर उनले हामीलाई ढिलो भएको भनेर टीम क्याप्टेनले गाली गरेको बताउँछिन्। यहाँ काम गर्ने पेमा मात्र एक्लो नाबालिग होइनन्, त्यहाँ अरु पनि बालक र बालिका छन्। तिनीहरूले खाना दिने, भाँडा माझ्ने र टेबल सफा गर्ने काम गरिरहेका छन्।

Children smoking cannabis

गाँजा पिउँदै बालबालिका

राति ९ बजे
कामबाट घर फर्कंदै

पेमाको अनुभव

म बेलुका ८ बजे काम सक्छु र सबै कर्मचारीले ब्याङ्केटमा नै खाना खान्छन्। अहिलेसम्म खाना बासी भइसकेको छ। बेलुकाको आठ बजेलाई हाम्रो काममा अबेर मानिँदैन, त्यसैले मालिकले गाडीको व्यवस्था नगरेर हामी प्रत्येकलाई घर फर्किन २० रुपैयाँ मात्र दिन्छन्। म अरु सहकर्मीहरूसँग घर फर्कँदै गर्दा हामी सुनसान चौर हुँदै जान्छौँ र तिनीहरू गाँजा तान्न थाल्छन्। उनीहरूले मलाई पनि खान भन्छन्, तर मैले उनीहरूलाई धुवाँले मलाई बिरामी बनाउँछ भनेर टार्छु। यस्तो लाग्छ आजकल सबै किशोरकिशोरीहरूले गाँजा खान्छन्। यो देखेर मलाई नराम्रो लाग्छ। पछि एउटा केटाले मलाई स्कुटरमा घर छोडिदिन्छ।

राति ९ बजे
राति घरमा

बालिकाको अनुभव

मैले आमालाई मेरा लागि खाना नपकाउनु भनेकी छु। दिनभर काम गरेर निकै थाकेकी छु तर मेरो गृहकार्य गर्न बाँकी नै छ। त्यसैले हातमुख धोएर म गृहकार्य गर्न थाल्छु अनि म राती ११ बजे सुत्छु।

पेमाको यात्रा अन्वेषण गर्नुहोस्