बच्चाहरु को दिन को बारे मा कथाहरु

प्रीति, १४ वर्षीया केटी

बालबालिकाको वास्तविक नामहरू सुरक्षित छन्
१४ वर्षीया बालिका प्रीती दोहोरीमा काम गर्छिन्। उनी आफ्नो गाउँबाट काठमाडौं आएको एक वर्ष भयो। उनी भाडाको कोठामा बस्छिन् र आफ्नो कमाइबाट भाइको पढाइमा सहयता गर्छिन।

प्रीति को जीवन को बारेमा

प्रीती एक वर्षअघि काठमाडौँ आएकी हुन्। उनी एउटा सानो भान्सासहितको भाडाको कोठामा बस्छिन्। उनी आफैँले कोठाको भाडा तिर्दै आएकी छिन्।

प्रीती नेपालको पश्चिम ग्रामीण भेगको एउटा गाउँबाट शहर आएकी हुन्। उनको घरमा बिरामी बुवा हुनुहुन्छ र उनले नै बुवालाई सहयोग गर्नुपर्छ। प्रीतीका तीन जना दिदीहरू छन् र उनीहरूको विवाह भइसकेको छ। उनको एउटा भाइ पनि छ उसलाई उनी निकै माया गर्छिन्। भाइको पढाइ र व्यक्तिगत खर्चको सबै जिम्मेवारी उनले नै लिएकी छिन्। घरपरिवारका सदस्यहरूबाहेक दोहोरीमा प्रीतीसँगै काम गर्ने एक जना सहकर्मी छन्, जसलाई उनले दाइ बनाएकी छिन्। हालै प्रीतीको मृगौलामा समस्या देखिएर अस्पताल भर्ना हुनु परेको थियो। उनको काठमाडौँमा कोही आफन्त नभएकाले उनी अस्पतालमा भर्ना भएको समयमा त्यही दाइले उनको हेरचाह गरेका थिए।

केही वर्षअघि‍ प्रीतीको बुवा वैदेशिक रोजगारीको सिलसिलामा पैसा कमाउन खाडी मुलुक जानु भएको थियो। वैदेशिक रोजगारीमा केही वर्ष बिताएपछि‍ प्रीतीको बुवा नेपाल फर्किनु भयो। उनले पैसा धेरै कमाउन सकेका थिएनन्। अलिकति जम्मा भएको पैसाबाट पनि प्रीतीका तीन जना दिदीहरूको विवाह गर्दा निकै खर्च भइसकेको थियो।

Preeti was recently in hospital

हालै केही दिनअघि अस्पतालमा प्रीती,

“यदि म स्टेजबाट तल ओर्लिएँ भने ग्राहकहरूले उनीहरूसँगै बस्न कर लगाउनेछन्। त्यसपछि सामान्यतया ग्राहकहरूले शरीरमा छुन खोज्छन्। मलाई निकै असुरक्षित महसुस हुन्छ।”

Hookah pipe

हुक्काको पाइप

प्रीतीको बुवा बिरामी हुँदा परिवारले जम्मा गरेर राखेको पैसा धेरै खर्च भयो। त्यसैले १३ वर्ष मात्रै पुगेकी भए पनि प्रीतीले काम खोज्नुको विकल्प नभएको ठानिन्।

प्रीती भाइलाई भारतीय सेनामा भर्ती गराउन चाहन्छिन्। भाइलाई त्यहाँसम्म पुर्‍याउन सकेमा उसले आफ्नो र आमाबुवाको हेरचाह गर्न पनि सक्थ्यो भन्ने प्रीतीलाई लाग्छ। सुरुमा प्रीतीले आफ्नै घरगाउँ नजिकै कन्सर्ट गायिकाको रूपमा काम गरिन्। एक दिन उनले एक जना महिलालाई भेटिन्। ती महिला काठमाडौँको एउटा दोहोरीमा काम गर्थिन् र प्रीतीको गीत गाउने कला देखेर उनलाई काठमाडौँको दोहोरीमा आएर काम गर्न प्रस्ताव गरिन्। प्रीतीले तत्काल त्यो प्रस्ताव स्वीकार गरिन्। सुरुमा प्रीती काठमाडौँमा तिनै महिलासँग केही महिना बसिन् र ती महिलाले काम गर्ने दोहोरीमा काम गरिन्। त्यो दोहोरीले समयमै तलब नदिने गरेकोले पछि उनी त्यो दोहोरी छोडेर अर्को दोहोरीमा गइन्। प्रीती ती महिलासँग पनि बस्न छोडिन्।

प्रीतीले सन् २०२२ अगस्ट ३ मा आफ्नो दैनिकी र अनुभवहरू रेकर्ड गरिन्। यो उनको सामान्य दिन थियो। विशेष गरी काम नभएको समयमा पैसा बचाउनका लागि प्रीती त्यति धेरै बाहिर जाँदिनन्। तैपनि, सिलाइकटाइको तालिम र दोहोरीको कामले गर्दा दैनिकजसो नै उनी व्यस्त नै रहन्छिन्।

काम गर्ने ठाउँमा प्रीतीले सुरक्षित महसुस गरे पनि बिरामी भएको बेला पनि काम गर्नु पर्दा उनलाई दिक्क लाग्छ। हालै उनलाई निमोनिया भएर अस्पताल भर्ना हुनु परेको थियो। उनी चार दिनपछि अस्पतालबाट डिस्चार्ज भइन्। डिस्चार्ज भएपछि उनको पेट दुख्न थाल्यो र जाँच गर्दा मृगौलामा फोका देखियो। यो रोग निको भइ नसक्दै उनलाई फेरि डेंगुको सङ्क्रमण भयो। यी सबै स्वास्थ्य समस्याको कारण प्रीती अझै पनि कमजोरी महसुस गर्छिन्। दुर्भाग्यका कुरा, बिरामी भएर केही निको भए जस्तो हुनसाथ वा सामान्य हिँड्डुल गर्न सक्ने भएपछि काममा जानु परि हाल्थ्यो। केही कमजोरी हुँदैमा उनी आराम गर्न पाउँदिन थिइन्।

प्रीतीले दैनिक जीवनमा भोग्ने गरेका अन्य समस्याहरूमध्ये आफूले सार्वजनिक यातायातमा यात्रा गर्दा भोगेको समस्याहरू बताउने गर्छिन्। बसमा भीडभाड हुँदा मानिसहरूले उनको शरीरमा अनुचित तरिका छुने र टाँसिने गर्छन्। अनि सार्वजनिक यातायातमा प्राय जसो भीडभाड भइ नै रहन्छ।

Travelling on a crowded bus

भीडभाडयुक्त बसमा यात्रा गर्दै

A girl smoking a hookah pipe in a dohori

दोहोरीमा हुक्का पाइप तान्दै गरेकी एक युवती

“मलाई ग्राहकहरूसँग जिस्कन मन लाग्दैन। तिनीहरूले महिला वेटरहरूलाई छुने गरेको मैले देखेकी छु।”

प्रीति आफ्नो कार्यस्थलमा

अहिले प्रीती एउटा दोहोरीमा गायिकाको रूपमा काम गर्दैछिन्। साथै, एउटा स्थानीय गैरसरकारी संस्थाको सहयोगमा सिलाइकटाइको काम पनि सिक्दैछिन्। प्रीतीले महिनाको करिब १३ हजार रूपैयाँ कमाउँछिन्। राम्रो टिप्स पाएको बेला उनको कमाइ महिनाको २५ हजारसम्म पुग्छ। अहिले त्यो कमाइले काम चलिरहेको भए पनि यो मौसमी प्रकृतिको काम हो र पानी पर्ने मौसममा उनको कमाइ धेरै हुँदैन। यो कुराले उनलाई बेलाबेलामा चिन्तित बनाउँदछ। तैपनि अहिलेलाई उनी आफ्नो कामसँग सन्तुष्ट छिन्।

प्रीती १२ वर्षको हुँदा विद्यालय जान छाडिन्। कामबाट पर्याप्त फूर्सदको समय निकाल्न नसक्ने भएकोले अब फेरि पढाइ सुरु गरेर अघि बढाउन नसकिने भन्ने उनलाई लाग्छ।

Singing at a dohohri at night and learning to make clothes in the daytime

प्रीतिको दिन

बिहान ११ बजे
घरमा

बालिकाको अनुभव

म हिजो राति ३ बजे घर आइपुगेको थिएँ, त्यसैले बिहान ११ बजेसम्म सुतेँ। म एक्लै बस्ने हुनाले ढिलो उठ्दा पनि केही फरक पर्दैन। उठेर हातमुख धोएर आफ्नो नित्यकर्म सकेपछि म चिया पिउँछु र खाना पकाउँछु। आफूलाई मात्र खाना पकाउनु पर्ने भएको हुनाले खाना पकाउन धेरै समय लाग्दैन। म आफ्नो लुगा पनि धुन्छु। मलाई मेरो कोठा मन पर्छ, किनभने यो निकै शान्त छ र मलाई कसैले बाधा पुर्‍याउदैँन। तरकारी र किराना सामान पाउने बजार नजिकै भएकोले चाहिएको सामान किन्न टाढा जानुपर्दैन। तर आज म बजार जाँदिन किनभने मसँग हिजो नै किनेका केही सागसब्जीहरू छन्। दिउँसो १:३० बजेतिर म तयार भएर बस चढ्छु र सिलाइकटाइ तालिम लिन स्थानीय गैरसरकारी संस्थामा जान्छु।

अनुन्धानकर्ताको अनुभव

हामी प्रीती बस्ने घरमा दिउँसो १ बजेतिर पुग्छौँ।

Travelling through the city

सहर हुँदै यात्रा गर्दै

दिउँसो १३:३० – १४:३०
गैरसरकारी संस्थाको कार्यालयको यात्रा

बालिकाको अनुभव

बसमा मलाई सहज लागिरहेको छैन किनभने बस्नको लागि मैले खाली सिट नै पाएकी छैन। म उभिएकी छु र मेरो खुट्टा दुखिरहेको छ। यो बस निकै भीडभाड छ अनि मान्छेको पसिना गन्हाएर र मेरो छेउमा उभिएका मानिसहरूसँग जीउ टाँसिने हुनाले मलाई निकै असहज भइरहेको छ।

अनुसन्धानकर्ताको अनुभव

प्रीती गैरसरकारी संस्थामा पुग्ने बस चढ्छिन्। उनले सुरुमा पठाओ बाइक बोलाउन खोजेकी हुन्छिन् तर भाडा देखेर बसमा नै जाने निर्णय गर्छिन्। उनी भविष्यका लागि सकेसम्म धेरै पैसा बचाउन चाहन्छिन्।

दिउँसो २:४५ – ४:०० बजेसम्म
गैरसरकारी संस्थाको कार्यालय — सिलाइकटाइको तालिम लिँदै

बालिकाको अनुभव

मलाई यहाँ घरमा बसेझैँ लाग्छ। यहाँ पनि मेरा मिल्ने साथीहरू छन्। यहाँ मलाई कसैले गाली गर्दैन र सबैले मेरो काममा सहयोग गर्छन्।

मैले लिइरहेको सिलाई तालिमले मलाई राम्रो भविष्यको लागि योजना बनाउन प्रोत्साहित गरिरहेको छ। मलाई लाग्छ कि मेरो सिलाईको ज्ञान मेरो बुढेसकालसम्म मसँग रहिरहनेछ, र यो सोच्दा मलाई खुशी लाग्छ। मलाई यहाँ सिक्न मन पर्छ किनभने हामीलाई सिकाउने महिला पनि धेरै राम्रो छिन् र हामीसँग धेरै राम्रो व्यवहार गर्छिन्।

यो ठाउँमा आएपछि म मेरो तनाव र दुखाइ भुल्छु। यहाँ सबैले सिकिरहेका छन्। मेरो समय बर्बाद भएजस्तो लाग्दैन। हाम्रो खाजा खाने समयमा हामी चटपटे बनाएर खान्छौँ। म यहाँ सबैसँग घुलमिल हुन मन पराउँछु। म दिउँसोको चार बजेसम्म बस्छु।

अनुसन्धानकर्ताको अनुभव

हामी दिउँसो २:३० बजे आइपुग्छौँ र प्रीतीले आफ्नो सिलाइकटाइको तालिम लिन थाल्छिन्। उनको तालिम दिउँसो करिब ४ बजेतिर सकिन्छ। उनले बच्चाको परम्परागत लुगा (दौरा) बनाउने तरिका सिकेकी छिन् र उनी धेरै खुसी छिन्।

दिउँसो ४:३५—६:१५ बजेसम्म
गैरसरकारी संस्थाको कार्यालयबाट घरसम्मको यात्रा

बालिकाको अनुभव

हामी आधा घण्टाभन्दा धेरै समयसम्म बसको प्रतीक्षा गर्छौँ। मेरो कोठा पुग्न हामीले पाँच मिनेट पैदल हिँड्नुपर्छ। हामी बसबाट ओर्लने बित्तिकै पानी पर्न थाल्छ। मैले छाता ल्याएको थिइनँ। त्यसैले म भिजेँ।

अनुसन्धानकर्ताको अनुभव

बस ढिलो आयो भने काममा जान ढिला हुनेछ भनेर प्रीती चिन्तित छिन्। बस निकै भीडभाड छ भने उनी प्रायः त्यो बसमा चढ्दिनन्। प्रीतीले आफू तनावको समस्याबाट गुज्रिरहेकोले गैरसरकारी संस्थामा मनोपरामर्श कक्षाहरू पनि लिइरहेको बताउँछिन्। उनीलाई यी कक्षाहरू आफ्ना लागि उपयोगी लाग्छ। हाम्रो उपस्थिति प्रीतीले सहज मान्दै गएपछि आफ्नो भविष्यको योजनाबारे खुलेर बताउँछिन्। उनले दोहोरीबाट कमाउने पैसा बचत गरिरहेकी छिन् र पुग्दो पैसा भएपछि सिलाइकटाइको व्यवसाय थाल्ने योजना बनाएकी छिन्। सुरुमा दुईवटै कामहरू सँगसँगै गर्ने योजना बनाएकी भएपनि सिलाइकटाइको काममा राम्रो अम्दानी हुन थालेपछि हुने उनले दोहोरीको काम छोड्नेछिन्।

साँझको ६:१५ बजे
घरमा खाना पकाउँदै

बालिकाको अनुभव

म बेलुकाको करिब ६:१५ तिर घर पुग्छु। त्यसपछि दाइ र मेरो लागि चाउचाउ बनाउँछु। ६:४५ तिर लुगा लगाएर तयार हुन्छु।

अनुसन्धानकर्ताको अनुभव

हामी उनको घर पुगेपछि उनले हामीलाई केहीबेर पर्खन अनुरोध गर्दै, दाइ र आफ्नो लागि चाउचाउ र अण्डा बनाउँछिन्। उनको दाइ पल्लो कोठामा बस्छन्। दाइको कोठामा ग्याँस चुल्हो नभएकोले दाइका लागि पनि उनले नै खाना बनाउँछिन्। खानेकुरा पकाइसकेपछि उनीले सांस्कृतिक पोसाक लगाउँछिन्। उनी निकै सुन्दर देखिएकी छिन्।

A neighbourhood scene

छिमेकको दृश्य

साँझ ६:४५ बजे
काममा निस्कँदै

बालिकाको अनुभव

म दोहोरी हिँडेर जान्छु।

अनुसन्धानकर्ताको अनुभव

सडकमा चहलपहल छ। दोहोरी, डान्सबार र खाजा घरजस्ता सबै पसल र रात्रीकालीन ठाउँहरू खुला छन्। प्रीतीले काम गर्ने ठाउँमा पुग्न हामीलाई पैदल करिब १५ मिनेट लाग्छ।

Preeti at work

प्रीति काममा

साँझ ७ बजे
काममा

बालिकाको अनुभव

दोहोरीमा मेरो काम साँझको ७:३० बाट सुरु हुन्छ र म राति २ बजेसम्म काम गर्छु। दोहोरीमा आउनेजाने मान्छेको चहलपहल भइरहन्छ। म गायिका हो तर मेरो काममा आवश्यकता अनुसार नाच्नु पनि पर्छ। ग्राहकहरू स्टेजमा नजाने भएकाले म त्यहाँ सुरक्षित महसुस गर्छु। अहिले बिजुली छैन। त्यसैले हाम्रो स्टेज प्रस्तुति अहिलेसम्म सुरु भएको छैन। बिजुली आउन १५ मिनेटजति लाग्छ। राष्ट्रिय गान बजाएपछि हाम्रो प्रस्तुति सुरु हुन्छ। मेरा अन्य सहकर्मी गायकगायिकाहरूले आफ्नो गीत सकेपछि म गाउनेछु। दोहोरीमा काम गर्नु मेरा लागि एकदम सुरक्षित छ। दोहोरीमा महिला वेटरहरूलाई निकै गाह्रो हुन्छ जस्तो लाग्छ किनभने तिनीहरू चाँडै आउनुपर्छ र कुनै गल्ती गरे भने ग्राहकहरूको गाली पनि खानुपर्छ। दोहोरीको मालिकले मलाई ग्राहकहरूसँग बस्न भन्दिनन् र यो मेरा लागि राम्रो कुरा हो। मेरा सबै सहकर्मीहरू मलाई राम्रो व्यवहार गर्छन्। सहकर्मीहरूले पैसा माग्ने र फिर्ता गर्न धेरै समय लगाउने बानी चैँ मलाई मन पर्दैन। पछि म स्टेजमा नाच्छु। सामान्यतया मलाई नाच्न र गाउन मन पर्छ। त्यसैले यो काम मलाई त्यति बोझिलो लाग्दैन। दोहोरीमा विभिन्न किसिमका मानिसहरू आउने गर्दछन्। कतिपयको व्यवहार राम्रो हुन्छ भने कतिपयको हुँदैन। यदि म तिनीहरूको नजिक गएर जिस्किने नगर्ने हो भने प्रायजसो कोही पनि खराब मनसाय राखेर मेरो नजिक आउँदैनन्। हाम्रो मालिक पनि महिला नै भएकोले यहाँ काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु। दोहोरीमा हामी रातिको ११ बजेतिर खाना खान्छौँ। खाना खाएपछि म फेरि काममा लाग्छु। मेरो काम सकिँदा रातिको करिब २ बजेको छ।

अनुसन्धानकर्ताको अनुभव

हामी साँझ ७ बजेतिर प्रीतीले काम गर्ने ठाउँमा पुग्छौँ। त्यो ठाउँमा मानिसहरू आउने जाने गरिरहेका छन्। यो क्षेत्रमा धेरै दोहोरी, डान्सबार र खाजा घरहरू छन्। प्रीतीले यहाँ देख्ने गरेका दैनिक समस्याहरूमा नराम्रो व्यवहार गर्ने ग्राहक, रक्सीको नशामा हुने झगडा र पैसा नतिरी हिँड्ने ग्राहकहरू पर्छन्। यद्यपि यी समस्याहरूले उनलाई व्यक्तिगत रूपमा त्यति धेरै असर गर्दैन। ग्राहकहरूबाट उनलाई दुर्व्यवहार नगरिनुमा यहाँको मालिक पनि महिला हुनु रहेको बताउँछिन् (निज महिला मालिकले यो क्षेत्रमा पहिला काम गरिसकेकी छिन्)। मालिकले आफ्ना स्टाफलाई ग्राहकको नजिक बस्न बाध्य बनाउँदिनन् र ग्राहकहरूलाई पनि स्टाफसँग दुर्व्यवहार नगर्न अनुरोध गर्छिन्। दोहोरीको यो पक्षले त्यहाँ काम गर्ने सबैका लागि सुरक्षित ठाउँ बनाएको छ।

राति २ बजे
राति अबेर घर फर्कँदै

बालिकाको अनुभव

मेरो कोठा नजिकै भए पनि म पठाओ बाइक बोलाउँछु किनभने मलाई राति पैदल जानुभन्दा पठाओमा जानु सुरक्षित हो भन्ने लाग्छ। कहिलेकाहीँ दोहोरी मालिकको अनुमति लिएर पुरुष सहकर्मीले मलाई र मेरो अर्की साथीलाई घर छोड्दिन्छन् तर आज राति चाहिँ छैन। पहिले म अन्यत्र काम गर्थेँ, जुन ठाउँ यहाँबाट धेरै टाढा थियो। त्यसैले मैले मेरो कोठाबाट नजिकै हुने ठाउँमा काम गर्न थालेँ किनभने नजिकै काम गर्ने ठाउँ हुनु मेरा लागि बढी सुरक्षित विकल्प हो। पठाओ अलिक ढिलो आइपुग्छ। त्यसैले बाइकमा चढ्दा रातिको २:१० बजेको छ। हाम्रो जस्तै रात्रीकालीन ठाउँमा फाट्टफुट्ट मान्छेको चहलपलबाहेक बाटो पूरै शान्त छ। बाटोमा बेलाबेलामा कुकुरहरू भुकिरहेका छन्। गल्लीहरूको चारैतिर बत्तीको चहकिलो उज्यालो छ। यो म सधैँ हिड्ने बाटो भएकोले मलाई सुरक्षित लाग्छ।

रातिको २:२० बजे
अबेर राति घरमा

बालिकाको अनुभव

म राति करिब २:२० बजे घर पुग्छु। कोठा आइपुगेपछि धेरै सहज लाग्छ किनभने यो धेरै शान्त छ। यो कोलाहलयुक्त दोहोरीभन्दा बिल्कुलै फरक छ। सामान्यतया म कोठा पुगेपछि सुत्ने गर्दछु। तर आज म निदाउन सकिरहेकी छैन। बिहानको ३:४० बजिसकेको छ र म अझै पनि जागै छु। म मोबाइलमा सामाजिक सञ्जाल हेर्दैछु र आज कतिबेला निदाउने हुँ थाहा छैन।

प्रीतिको यात्राको अन्वेषण गर्नुहोस्