बच्चाहरु को दिन को बारे मा कथाहरु

मोना, १७ वर्षकी बालिका

बालबालिकाको वास्तविक नामहरू सुरक्षित छन्
१७ वर्षीया मोना बिहानदेखि रातिसम्म डान्सबारमा काम गर्छिन्। उनी १२ वर्षकी हुँदादेखि त्यहाँ काम गरिरहेकी छिन्। उनी मातिने गरी रक्सी पिउँछिन् र डान्सबारमा आएका केही ग्राहकसँग नजिक हुन्छिन्। मोनाले विदेश गएर नयाँ जीवन जिउने सपना बुनेकी छिन्, तर अहिले उनको सबै पैसा परिवारको दैनिक खर्च, उनकी बहिनीको पढाइ, परिवारको ऋण र आमाको क्यान्सर उपचारमा नै सकिन्छ।

मोनाको जीवनको बारेमा

मोना आमा र बहिनीसँगै काठमाडौँमा बस्छिन्। मोनाको बुवा मृत्यु भइसकेको छ र आमा स्तनको क्यान्सरसँग जुधिरहनुभएको छ। मोनाले १२ वर्षको उमेरमा परिवारको भरणपोषण गर्न विद्यालय छोडेर डान्सबारमा काम गर्दै आएकी छिन्। मोनालाई डान्सबारमा एक जना छिमेकीले लगेर चिनाएकी हुन्। मोना आफ्नो काम समाजले रुचाउने काम होइन भन्ने स्विकार्छिन् तर यसले उनलाई जिउने र परिवारको भरणपोषण गर्ने कमाइ प्रदान गर्छ। डान्सबारमा काम गरेर उनले कमाएको पैसा बहिनीको पढाइ, आमाको क्यान्सर उपचार र बुवाको औषधी उपचार गर्दा लिएको ऋण तिर्नमा खर्च हुन्छ।

Dancing at the dance bar

डान्सबारमा नाच्दै

अझ धेरै पैसा कमाउन म कहिलेकाहीँ धेरै रक्सी पिउँछु। ग्राहकहरू खराब हुन्छन् र मलाई दुर्व्यवहार गर्न सक्छन्, त्यसैले नशामा हुँदा मलाई उनीहरूको व्यवहार सहन सजिलो हुन्छ।

Dreaming of a new life abroad

विदेशको नयाँ जीवनको सपना देख्दै

मोना धेरै पैसा जम्मा गरेर बाहिर बिदेश गई काम गर्न कटिबद्ध छिन्, उनले आफू र परिवारको राम्रो भविष्यको सपना देख्छिन्।

उनी केही साथी र आफन्तहरूसँग मिलेर बाहिर जाने योजना बनाइरहेकी छिन्। तर उनको धेरैजसो कमाइ परिवारको भरणपोषण र दैनिक खर्चमा जाने भएकोले बिदेश जानका लागि अहिलेसम्म पैसा जम्मा गरिसकेकी छैनन्।

मोना आफ्नो कार्यस्थलमा

मोनाले डान्सबारबाट महिनाको १५ हजार रुपैयाँ तलब कमाउँछिन्। उनले ग्राहकलाई किन्न लगाएका रक्सी र खानाको बिक्रीबाट निश्चित प्रतिशतमा कमिसन पनि पाउँछिन्। उनले ग्राहकहरूबाटै पनि सोझै टिप्स पाउँछिनन् तर कहिले पाउने कहिले नपाउने भइरहन्छ। मोनाको काम दिउँसो १ बजेबाट सुरु हुन्छ र अबेर रातिसम्म (बिहानको ३ बजेसम्म) काम गर्छिन्। मोना धेरैजसो हिँडेर नै डान्सबार पुग्छिन्। यो पैसा बचाउनका लागि हो। काममा ग्राहकहरूले मोनालाई “बुडी” वा “बेबी” भनेर बोलाउँछन्।

Inside the dance bar
मेरो काम फरक छ भन्ने मलाई थाहा छ तर मैले यो काम मेरो परिवारको ख्याल राख्न र हामीलाई राम्रो जीवन दिन गर्दैछु…। परिस्थितिहरू कठिन भए पनि म हार मान्नेछैन। मेरो ठूलो सपना छ।

मोनाको दिन

दिउँसो १ बजे
घरमा

बालिकाको अनुभव

मेरो सामान्य दिन दिउँसो १ बजेतिर उठेर र आमा र बहिनीसँग बसेर खाना खाएर सुरु हुन्छ। गए राति मैले धेरै नै रक्सी पिएछु र हयाङ्ओभर भएर टाउको पनि दुखेको छ।

Outside the dance bar
दिउँसो साढे ४ बजे
काकाममा हिँडेर जाँदै

मोनाको अनुभव

म घरबाट डान्सबार हिँडेर पुग्छु। त्यहाँ पुग्न ३० मिनेटजति लाग्छ। म आफू आबध्द रहेको एउटा एनजीओमा पनि हिँडेर जानेआउने गर्छु। म हिँड्न मन पराउँछु किनभने यसले पैसा बचाउँछ। तर ग्राहकबाट राम्रो टिप्स आएको बेला कहिलेकाहीँ साथीसँग मिलेर ट्याक्सी चढ्छु र पैसा भाग लगाएर तिर्छौँ।

High heels dancing

हाइ हिलमा नाच्दै

बेलुका ६ बजे
डान्सबारमा

बालिकाको अनुभव

म मेरो काम गर्ने ठाउँमा पुग्छु। आज म धेरै हिँडे र गलेको महसुस भइरहेको छ। अब म मेकअप लगाउन लागेको छु। आज मलाई रमाइलो भैरहेको छ। यहाँ एउटा बदमास ग्राहक छ। तर म मतलव गर्दिनँ। म उसँग रोमान्टिक बन्छु र हाम्रो रिलेशनसीप छ। म ग्राहकहरू आउने प्रतीक्षामा छु। मैले भर्खर मेरो ग्रुप डान्स सकेको छु र अहिले मोबाइल फोनसँग खेल्दैछु। म कामका दिइने खाना खान मन पराउँदिन किनभने यसले प्रस्तुति दिन कठिन बनाउँछ। ग्राहकसँग हुँदा उनीहरूको खाजा र रक्सी खाइदिन्छु, त्यसैले रातको खाना मुस्किलले खान्छु। म एउटा ग्राहकसँग थिएँ जसले मलाई एक गिलास बियर र केही चिकन खान दियो। म उसँग बियर खाँदै आधा घण्टाजति बसेँ। म मातिएको बेला धेरै भावुक हुन्छु र ग्राहकहरूका शब्द र व्यवहारले निकै मन कुँडिन्छ। कतिपय ग्राहकले म यो क्षेत्रमा किन लागेको भनेर सोध्छन् जसले मलाई गहिरो असर पार्छ। मलाई खासमा यो काम मन पर्दैन तर अहिले मसँग अरु कुनै सीप वा अवसर छैन।

अनुसन्धानकर्ताको अनुभव

मोनाले प्रस्तुतिको समयमा उत्तेजक कपडा लगाउँछिन् र ग्राहकहरूसँग नाच्छिन्। उनी छिटोछिटो नाच्ने संगीतमा प्रस्तुति दिन्छिन्, ग्राहकको काखमा नाच्छिन्। बदलामा ग्राहक खुसी भएर उनको लुगाभित्र पैसा राखिदिन्छन्। मोनाले ग्राहकहरूसँग रक्सी चुरोट खाँदै पनि समय बिताउँछिन्। ग्राहकहरूसँग कुराकानी गर्नुको अर्थ अक्सर उनीहरूको यौनेच्छा पूरा गर्नु पनि हुन्छन्। मोनाले एउटा ग्राहकसँगको रोमान्टिक सम्बन्धबारे बताउँदै गर्दा उनहरूको सम्बन्ध अन्तरंग भएको बताउँछिन्। ग्राहकहरूले मोनासँग उनको इच्छाविरुध्द जबरजस्ती गरेको अवस्थामा म्यानेजरले हस्तक्षेप गरेर ग्राहकहरूलाई बाहिर निकाल्छन्। मोनाले धेरै रक्सी पिउँछिन्, त्यसले कयौँ पटक उनी बान्ता गर्छिन्। रात छिप्पिँदै जाँदा उनको सम्झना शक्ति हराउँदै जान्छ र झन् धेरै नशामा हुन्छिन्। मोना रक्सी पिएपछि रुन थाल्छिन् र ग्राहकहरूले उनलाई सान्तवना दिन्छन्। उनले आफ्नो मन्जुरी बेगर ग्राहकलाई छुन दिँदिनन् र यदि कसैले छुने कोसिस गर्‍यो भने उनी त्यहाँबाट उठेर हिँडि हाल्छिन्। मोनाको सिधा र रिसाइहाल्ने स्वभावले ग्राहक र सहकर्मीहरूसँग झगडा भएको छ। रक्सी नखुवाउने वा पैसा नदिने ग्राहकसँग उनी बाझ्छिन्। साथै ग्राहकलाई आकर्षित गर्ने कुरामा अरु केटीहरूसँग टक्कर पर्छ। मोनाले काममा लामो समय बिताउने हुनाले घर वा परिवारलाई त्यति समय दिन पाउँदिनन्। मनोरन्जन गतिविधिहरूका कारण औषधि खाइरहेको बताए पनि यसबारे उनी विस्तृत बताउँदिनन्।

Unwanted touch

अनावश्यक स्पर्श

बिहान २ बजे
घरको यात्रा

बालिकाको अनुभव

राति करिब २ बजेतिर म मेरो सहकर्मीको स्कुटरमा बसेर घर जान्छु, जसलाई हामी मायाले दाइ भनेर बोलाउँछौँ।

मोनाको यात्रा अन्वेषण गर्नुहोस्