बच्चाहरु को दिन को बारे मा कथाहरु

समिता, १४ वर्षकी बालिका

बालबालिकाको वास्तविक नामहरू सुरक्षित छन्
१४ वर्षीया समिता काठमाडौँको एउटा मसाज एवं स्पामा १२ घण्टा काम गर्छिन्। उनले कमिसन र टिप्समा पैसा पाउँछिन्। आफूभन्दा ठूला सहकर्मीहरूले उनलाई राम्रो व्यवहार गर्दैनन् र अनैतिक कार्यहरू गर्न दबाब दिएको महशुस गर्छिन्।

समिताको जीवनको बारेमा

सन् २०१५ को भूकम्पले घर भत्काएपछि समिता र उनको परिवार काठमाडौँ आएका हुन्। उनको ६ दिदीबहिनी र एउटा भाइ छ। छोरा नपाउन्जेलसम्म बच्चा जन्माइरहन आमालाई बाध्य बनाइएको हो भन्ने समितालाई लाग्छ। समिताका बुवाआमा एकअर्कासँग नबोलेको सात वर्ष भइरहेको छ र किन नबोलेको भन्ने समितालाई थाहा छैन। तिनीहरू एउटै घरमा तर भिन्नाभिन्नै फ्ल्याटमा बस्छन्। समिता र उनकी बहिनी आमासँग बस्छन्। समिताका दिदीहरूको बिहे भइसकेको छ।

Samita and her family moved to Kathmandu after the 2015 earthquake destroyed their house

सन् २०१५ को भूकम्पले घर भत्काएपछि समिता र उनको परिवार काठमाडौँ आएका हुन्।

ग्राहकलाई मसाज गर्दाखेरि तिनीहरूले मलाई छुन खोज्छन्। तर उनीहरूकै कारणले मैले र मेरो परिवारले खान पाएका छौँ।

Receiving a tip from a customer after a massage

मसाज गरिसकेपछि एक जना ग्राहकबाट टिप पाउँदै।

समिताकी आमा बिरामी भएकीले उनले नै हेरचाह गर्छिन्। उनले बुवाबाट कुनै सहयोग पाएकी छैनन्। बुवालाई समिता मसाज एवं स्पामा काम गर्छिन् भन्ने पनि थाहा छैन।

बिहे भइसकेकी एउटी दिदी समिताले काम गर्ने ठाउँमा नै काम गर्छिन् र दिदीले नै समितालाई त्यो काम लगाइ दिएकी हुन्।

समिता बिहान पहिले डान्स सिक्न जान्छिन् । थप पैसा कमाउन कहिलेकाहीँ म्युजिक भिडियो र छोटो फिल्महरूको छायाङ्कनमा पनि जान्छिन्। उनले डान्स सिकाएर केही पैसा कमाउँछिन् (महिनाको ३ हजार रुपैयाँ)। भिडियो छायाङ्कनबाट आउने पैसा धेरथोर भइरहन्छ। उनले पैसा पाउनका लागि केहि पर्खनुपर्छ।

समिताले आफ्नो दैनिकीको गतिविधिहरू रेकर्ड गरेको दिन उनी बिहान डान्स तालिम केन्द्रमा डान्सको कक्षा लिन जान्छिन्। त्यसपछि १० किलोमिटरजति यात्रा गरेर मसाज तथा स्पामा पुग्छिन्। त्यहाँ उनले बिहान ९ बजेदेखि रातिको ९ बजेसम्म काम गर्छिन्।

समिताले घरमा खाना खाँदिनन्। दिउँसोको खाना काममा नै खान्छिन्, तर रातिको खाना कहिलेकाहीँ मात्रै खान्छिन्। धेरैजसो खाजा मात्र खान्छिन्, कहिलेकाहीँ उनलाई यस्ता खाजा ग्राहकहरूले दिएका हुन्छन्।

आमा र बुवाबीच भइरहेको विवादले गर्दा समिता घरबाट बाहिर नै रहन रुचाउँछिन् तर बाहिर बस्दा सुरक्षित महसुस भने हुँदैन। काममा जाँदै गर्दा उनले झगडा परेको र त्यहाँ प्रहरी भ्यान आएको देख्छिन्। उनको अनलाइन संसार पनि छिचोल्न मुस्किल छ र उनको टिकटक पोष्टहरूमा राम्रो लाइक नआउँदा उनी निराश महसुस गर्छिन्।

Samita uses her Tiktok profile to attract customers

समिताले ग्राहकलाई आकर्षित गर्न आफ्नो टिकटक प्रोफाइल प्रयोग गर्छिन्।

Service area of the Massage and Spa

समिता आफ्नो कार्यस्थलमा

मसाज एवं स्पा केन्द्रमा समिताले सरसफाइको सबै काम गर्छिन्, मसाज र मसाज ग्राहकहरूका लागि सामानहरू ठीक पार्छिन्। उनले तलब पाउँदिनन् बरु कतिजना ग्राहकलाई मसाज गरिन् त्यसअनुसारको कमिसन मात्र पाउँछिन्। यदि ग्राहकले मसाज सेवाका लागि १ हजार रुपैयाँ दियो भने समिताले ५०० रुपैयाँ अर्थात् ५० प्रतिशत पाउँछिन्। समिताले १०० देखि १००० सम्म टिप्स पनि कमाउँछिन्।

समिता मसाज एवं स्पामा काम गर्नेहरूमध्ये सबभन्दा कम उमेरकी छिन्। आफूभन्दा ठूला सहकर्मीहरूले उनलाई निकै गाह्रो बनाउँछन्। उनीहरूले चुरोट पिउँछन् र समितलाई अनैतिक काम गर्न दबाब दिन्छन्।

समिताले यो काम थालेको पाँच महिना भयो। कतिपय ग्राहकले उनलाई छुन खोज्छन् र उनका सहकर्मीहरूले यस्तो कुराहरू स्वीकार गर्नुपर्छ भन्दै लोभ्याउन खोज्छन्। विगतमा उनले केही ग्राहकहरूलाई हिर्काएकी पनि छिन् तर जब परिवारका लागि पैसा कमाउनुपर्छ भन्ने सोच्छिन्, त्यसपछि ग्राहकले जस्तो व्यवहार गरे पनि सहन्छिन्। समिताले कमाउने सबै पैसा परिवारको भरणपोषणमा खर्च हुन्छ।

समिताले ग्राहकहरूलाई आएर मसाजका गर्नु भन्दै आकर्षित गर्न टिकटक लाइभ पनि प्रयोग गर्छिन्।

इमान्दार भएर भन्नुपर्दा म मेरो काम छोड्न चाहन्छु किनभने केही सहकर्मीहरूले मलाई गलत काममा धकेल्न खोज्छन्। तिनीहरूले मलाई जबरजस्ती अनैतिक काम गर्न लगाउन खोज्छन्।

समिताको दिन

बिहानको साढे ५ बजे
घरमा

बालिकाको अनुभव

मलाई पकाउन र भाँडा माझ्न मन लाग्दैन। मेरा बुवाआमाको व्यवहारले गर्दा घरमा म खासै खाना खाँदिन। आज घरको काम गर्दा खुसी लागिरहेको छ किनभने मेरी आमाले मलाई मद्दत गर्दै हुनुहुन्छ। उहाँ अक्सर बिरामी भइरहनुहुन्छ तर आज उहाँलाई अलि सञ्चो छ। म उहाँलाई स्वस्थ देख्न मन पराउँछु।

अनुसन्धानकर्ताको अनुभव

समिताको दिदीसँग राम्रो सम्बन्ध छ। तिनीहरूले आफ्नो आमाबुवाको सम्बन्धबारे कुराकानी गर्दा समिता दुःखी देखिन्छन्। उनको बुवाआमा अलग अलग बस्छन्। समिता खाना नखाइकन घरबाट जान्छिन्।

बिहान ६ बजे
डान्स तालिम लिँदै

बालिकाको अनुभव

नाँच्दा र गीत गाउँदा मलाई खुसी लाग्छ। यो मेरो बिहानको व्यायाम जस्तै हो।

Scene from commute

बाटाको दृश्य

बिहान साढे ७ बजे
खानेकुराका लागि किनमेल

बालिकाको अनुभव

सबै कुरा एकदमै महँगो छ। मैले पैसा कमाइँन भने हामीलाई गाह्रो हुन्छ। तरकारी किन्दा पनि नराम्रो लाग्दैछ किनभने निकै महँगो छ तर हामीसँग अरु विकल्प छैन।

Inside a crowded bus

भीडभाडयुक्त बसभित्र

बिहान ८:१५ बजे
काममा जाँदै

बालिकाको अनुभव

म बस पर्खन्छु। काममा पुग्न निकै ढिला भइसकेको छ। बाटोमा भर्खरै झगडा भएको देखेर म अलिक डराएकी छु। एक हुल मानिसले दुईजना मानिसलाई कुटेका थिए। प्रहरीको गाडी भर्खरै आएर तिनीहरूलाई लिएर गयो। बस निकै भीडभाड छ। ड्राइभरले बिस्तारै हाँक्दैछन्। मसाज एवं स्पामा पुग्न ४५ मिनेट जति लाग्छ।

Inside the massage and spa venue

मालिश र स्पा स्थल भित्र

बिहान ९ बजे
मसाज एवं स्पाको काममा

बालिकाको अनुभव

मभन्दा ठूला एक जना सहकर्मीले चुरोट पिउँदै गरेकोले मलाई असहज भइरहेको छ। मलाई चुरोट पिएको मन पर्दैन। उनलाई धेरैपटक मैले चुरोट नपिउनु भनेँ तर मतलब नै गर्दिनन्। मलाई निस्सासिए जस्तो हुन्छ। यहाँ मानिसले चुरोट र रक्सी पिउँदा मलाई राम्रो लाग्दैन। एउटा ग्राहकलाई मेरो मसाज मन पर्‍यो र २०० रुपैयाँ टिप्स दियो। मलाई मन परे वा नपरे पनि मैले कुनै ग्राहकलाई मसाज गर्दिनँ भन्न पाउँदिन। म एउटा भिडियो टिकटकमा हाल्छु तर धेरै लाइक र कमेन्ट छैन। धेरै कमेन्टहरू नआउँदा मलाई दिक्क लाग्छ। कतिपय मानिसले त खराब कमेन्टहरू पनि गर्दछन्।

काममा दिउँसोका खाना खाँदै

बालिकाको अनुभव

आज मैले चाउमिन र अण्डा खानका लागि अर्डर गरेकी छु।

Shelves in massage and spa

मसाज एवं स्पामा रहेका खापाहरू

कामको समयमा टिकटक

बालिकाको अनुभव

म टिकटक लाइभ बसेर मानिसहरूसँग च्याट गर्छु। टिकटकमा कुरा गरेपछि कतिपय मसाज र स्पाका सेवाका लागि आउँछन्। लाइक र राम्रा कमेन्टहरू देख्दा म खुशी हुन्छु। म इन्टरनेट विनाको जीवन कल्पना गर्न सक्दिनँ।

अनुसन्धानकर्ताको अनुभव

समिता ढिलो आइपुग्दा मसाज एवं स्पाका मालिकनी अलिक रिसाएकी छिन्। साना कर्मचारीसँग कुरा गर्दा ठूला कर्मचारीहरूले नराम्रो भाषा प्रयोग गर्छन्। तिनीहरू दयालु पनि छैनन्। समिता र उनको मालिकले सफाइ र अन्य काम गर्दैगर्दा अन्य कर्मचारीले वरिपरि बसेर चुरोट पिइरहेका हुन्छन्। तिनीहरूले सहयोग गर्दैनन्। समिताले जिन्स लुगा फेरेर स्कर्ट लगाउँछिन्। राति अबेरसम्म पनि समिता काम गरिरहेकी छिन्। आज शुक्रबार भएकाले ग्राहकहरू केही बढी नै छन्।

रातिको ९ बजे
घर फर्कँदै

बालिकाको अनुभव

म पठाओमा घर फर्कन्छु। मोटरसाइकलको चालकसँग पहिले पनि यात्रा गरेकोले उनलाई म चिन्छु। उ असल छ र मलाई घरसम्म छोडिदिन्छ। उसले राम्रोसँग मोटरसाइकल कुदाउँछ। म उसलाई १५० रुपैयाँ दिन्छु।

अनुसन्धानकर्ताको अनुभव

समिताले घर फर्कन पठाओ प्रयोग गर्छिन्। उनी चालकलाई चिन्दछिन् र तिनीहरू सँगै हाँस्छन्। उनलाई एउटा केटाको फोन आउँछ र उसँग जिस्किन्छिन्। आइतबार एउटा लोकप्रिय पर्यटक स्थलमा गएर टिकटक भिडियो बनाउँदै समय बिताउने भनेर समिता बताउँछिन्।

समिताको यात्रा अन्वेषण गर्नुहोस्