मेघा, १६ वर्षकी बालिका
मेघाको जीवनको बारेमा
मेघा काठमाडौँको गोंगबुमा आफ्नो दाइ र दिदीसँग बस्छिन्। आमाबुवाको साथ सहयोग उनले पाएको देखिँदैन। उनको सामान्य दैनिकी घरेलु कामदारको रूपमा घरको सरसफाइ गर्नु, यदाकदा दिउँसो गीत गाउने काम गर्नु र राति दोहोरीमा काम गर्नु रहेको छ। उनले आफ्नो दैनिकी रेकर्ड गरेको दिन उनी बिरामी छिन् र काम गर्न उनलाई निकै गाह्रो भएपनि उनी गरिरहन्छिन्। मेघाले सानै उमेरमा विद्यालय छाडिन्। उनी स्थानीय गैरसरकारी संस्थामा सिलाइकटाइ तालिम लिँदैछिन् (तर अनुसन्धान टोलीलाई समय दिएको दिन उनी तालिममा जाँदिनन्)।
मेघाले औषधि खाँदै, दिनभर उनले बिसन्चो महसुस गर्छिन्।
जतिसुकै बिरामी भए पनि, दिउँसो र राति मैले काम गरेँ। दोहोरीमा मेरो कम्मर एकदमै दुखिरहेको थियो। म भित्तामा अढेस लागेर आराम गर्ने कोशिस गरिरहेकी थिएँ।
दोहोरीमा भएको प्रस्तुति
मेघाको दैनिक कामको तालिकाले गर्दा उनले सुत्न र खान फुर्सद पनि पाउँदिनन्। उनले बेलैमा खान पाउँदिनन् र सुत्ने समय पनि निश्चित हुँदैन।
दोहोरीमा काम गर्नुका अतिरिक्त मेघा म्युजिक भिडियोमा पनि काम गर्छिन्। उनी पठाओ मोटरसाइकल चढेर काठमाडैँको उत्तरदेखि दक्षिणका ठाउँहरूमा पुग्छिन्। उनी रातिको अबेर बेलामा पनि एक्लै यात्रा गर्ने बानी परेकी छिन्।
मेघा आफ्नो कार्यस्थलमा
मेघा गोंगबुको एउटा दोहोरीमा गायिकाको रूपमा काम गर्छिन्। उनकी आन्टी पनि यहीँ काम गर्छिन्। काठमाडौँका लागि बाहिरबाट आउने र बाहिर जाने यातायातको केन्द्र रहेको गोँगबु काठमाडौँ सहरको केन्द्र भागबाट उत्तरतिर पर्दछ। दोहोरी भनेको नेपाली लोकगीत गाउने परम्परागत शैली हो, यसमा गीत गाउनका लागि महिला र पुरुषको दुईवटा छुट्टाछुट्टै टोली हुन्छ र उनीहरूले आलोपालो एकअर्काको गीतलाई जवाफ दिने हिसाबले गाउने गर्दछन्। काठमाडौँमा यस प्रकारका गीतहरूको प्रस्तुत गरिने रात्रीकालीन ठाउँहरूलाई पनि दोहोरी भन्ने गरिन्छ। यहाँ खाना र रक्सी पनि पाइन्छ।
मेघाले काम गर्ने दोहोरीभित्रको ठाउँ
जब म घर पुगेँ, मलाई केही नगरुँ जस्तो भइरहेको थियो र मेरो अवस्था निकै दयनीय थियो। रातिको साढे १० बजिसकेको थियो र म केही नखाइ सुत्न गएँ।
मेघाको दिन
मेघाको कोठाबाट देखिने दृश्य
बालिकाको अनुभव
घरायसी काम गर्न मलाई केही पनि गाह्रो लाग्दैन। यो मेरो जिम्मेवारी हो भन्ने लाग्छ।
बालिकाको अनुभव
काममा जानुभन्दा पहिले म केही औषधी खान्छु । खानाको लागि समय नहुने भएकोले दाईलाई केही नास्ता ल्याइदिन भन्छु तर बिहानै भएकाले कुनै पनि रेस्टुरेन्ट खुला छैन । त्यसैले मैले काममा जानुभन्दा पहिले केही पानी मात्र पिउँछु।
बालिकाको अनुभव
हामीले प्रस्तुति दिइरहेको बेला म निकै रमाइलो मान्छु। यहाँ पनि मेरा साथीहरू छन्। धेरै पर्खनु परिरहेको छ र मलाई सन्चो छैन। मलाई दिक्क लागिरहेको छ र किन यति छिटो आए भनेर सोच्दैछु। बरु अलि धेरै बेर त सुत्न पाउँथेँ। दिन ढल्किँदै जाँदा झन् काम गर्न गाह्रो हुँदै जान्छ। म एक झप्को सुत्छु र बिउझँदा मैले गाली पो खाने हुँ कि भन्ने डर लाग्दैछ। तर हाकिम त्यहाँ थिएनन्।
बालिकाको अनुभव
मलाई सन्चो छैन र झन् गाह्रो भइरहेको छ। दोहोरीमा फोन गरेर आज आउन सक्दिनँ भन्छु। तर प्रवन्धकले अरु कर्मचारी पनि नभएकाले आउनु भनिरहेका छन्। म आउँछु भनेर भन्छु।
मोटरसाइकल ट्याक्सीबाट सहरको यात्रा
बालिकाको अनुभव
घर फर्किन पठाओ पाइँदैन कि भनेर चिन्तित छु किनभने कहिलेकाहीँ पाउन गाह्रो हुन्छ। आज भाग्यले सजिलै पठाओ पाएँ । घर फर्कँदा मलाई बिसन्चो भइरहेको थियो र ज्वरो आउला कि जस्तो भइरहेको थियो।
मेकअप गर्दै
बालिकाको अनुभव
बिहान चाँडै उठ्नुपर्ने भो भन्ने चिन्ता गरिरहेकी थिएँ र सन्चो पनि भइरहेको थिएन। आज मलाई सन्चो नभएकोले दोहोरीबाट साढे १० बजेतिर घर फर्केँ। यति गलेको थिएँ कि लुगा नफेरी ओछ्यानमा लड्न मन लागेको थियो। तैपनि मैले बिहान सात बजे लगाएको मेकअप पुछेँ र लुगा फेरेर सुत्न गएँ। निकै थकित र बिसन्चो पनि भइरहेकोले निदाउन गाह्रो पर्यो। म खाना नखाइकन सुतेँ।