बच्चाहरु को दिन को बारे मा कथाहरु

रमा, १७ वर्षकी बालिका, नेपाल

बालबालिकाको वास्तविक नामहरू सुरक्षित छन्
१७ वर्षीया रमाले दिउँसो ब्युटीसियनको रूपमा र राती डान्सबारमा डान्सरको रूपमा काम गरेर आफ्नो परिवारलाई भरपोषण गरिरहेकी छिन्। रात्रीकालीन स्थलहरूमा केटीहरूले गर्ने कामलाई समाजले कसरी हेर्छ? भन्ने उनलाई थाहा छ र डान्सबारमा हुने यौन कार्य, चुरोट र रक्सी पिउने कार्य मन पराउँदिनन्। यस्ता कुरामा नलाग्दा उनी हाँसको बथानमा बकुल्ला भएकी छिन्। डान्सबार उनलाई निस्सासिने घरजस्तो लाग्छ। ब्युटीसियनको रूपमा गर्ने कामले उनलाई सशक्तीकरण र उपलब्धिको बोध गराउँछ भने डान्सबार गर्ने कामले उनलाई शक्तिहीन र हिनताबोध महसुस गराउँछ।

रामको जीवनको बारेमा

रमा २ वर्षकी हुँदा उनको परिवार काठमाडौँ आएको थियो। उनी बिरामी आमासँग सिमेन्टको ब्लकहरूले बनेको, टिनको छाना भएको अस्थायी आश्रयस्थलमा बस्छिन्। रमाको परिवार निकै गरिब छ। उनी सानै हुँदा बुवाले परिवारलाई छोडेर गए। रमाकी आमाले रमा र उनको दिदीको पालनपोषण गर्न निकै मेहनत गरेकी छिन् तर अहिले उनको आमाको स्वास्थ्य कमजोर भएको छ र काम गर्न सक्दिनन्। अहिले परिवारको मूली रमा नै भएकी छिन्।

रमा एउटा ब्युटी पार्लर चलाउँछिन् जुन उनी बस्ने घरसँगै जोडिएको छ। रमाले एउटा स्थानीय एनजीओको सहयोगमा ब्युटीपार्लर खोलेकी हुन्। ग्राहकहरूको संख्याअनुसार उनको मासिक आम्दानीमा तलमाथि भइरहन्छ। त्यसैले उनी डान्सबारमा डान्सरको काम पनि गर्छिन्, जहाँ उनी महिनाको २० हजार रूपैँया कमाउँछिन्। ब्युटीपार्लर राम्रो चलेको बेला रमाले ३० हजारसम्म कमाउँछिन् तर धेरैजसो २५ हजारजस्तो आम्दानी हुन्छ।

Rama at work in her beauty parlour during the day

दिउँसो रमा आफ्नो ब्युटीपार्लरमा काम गर्दै

“म धेरै ढिलो उठ्छु भन्ने कुरा मानिसहरू सोच्छन् तर तिनीहरूलाई म रातभरि काम गर्छु र कहिलेकाहीँ बिहानको ४ बजे मात्र सुत्न पाउँछु भन्ने थाहा छैन।”

Rama’s mother is bedridden most of the time

रमाकी आमा धेरैजसो समय ओछ्यानमा नै हुन्छिन्

परिवारको भरणपोषण गर्ने मूल व्यक्ति नै रमा हुन् त्यसैले उनी आफ्नो कमाइ परिवारको आधारभूत आवश्यकता र आमाको औषधीमा खर्च गर्छिन्।

रमा दिनको १४ घण्टा काम गर्छिन्। उनी आफ्नो पार्लरमा ६ घण्टा काम गर्छिन् र त्यसपछि डान्सबारमा ८ घण्टा काम गर्छिन्। दिनको अन्त्यमा उनी थकित भएकी हुन्छिन् तर आफूसँग अरु कुनै विकल्प छैन भन्ने उनलाई लाग्छ। रमाले सानै उमेरमा पढाइ छाडिन्। एक समयमा उनी काम गर्ने र विद्यालय जाने दुवै कुरा गरिरहेकी थिइन् तर धेरै कक्षाहरू छुट्न थाले र परीक्षामा पनि फेल भइन्। त्यसपछि रमाले पढाइ छाडिन् र दिनभर काम गर्न थालिन्।

यहाँ रक्सी पिउनु स्वभाविक हो र हामीले पनि पिउनुपर्छ भन्ने कुरा मलाई मन पर्दैन।

Rama at work at the dance bar at night

रमा राति डान्सबारमा काम गर्छिन्

Dancer and other worker

नर्तक र अन्य कार्यकर्ता

रमाले सन् २०२३ फेब्रुअरी २७ मा घर र काम गर्ने ठाउँको आफ्नो अनुभवहरू रेकर्ड गरेकी हुन्। यो उनका लागि केही सामान्य दिन थियो।

रमा आफ्नो कार्यस्थलमा

रमालाई डान्सबारमा आफूले गर्ने काम मन पर्दैन। कामको यो क्षेत्रमा उनी बिल्कुलै नयाँ हुन्। उनको व्यवस्थापक कडा छ र उनलाई बिरामी बिदा लिन दिँदैन, बिरामी हुँदा पनि काम गराउँछ। ग्राहकले उनलाई मन नलागे पनि जबरजस्ती नाच्न लगाउँदा र सहकर्मीहरूले चुरोट र रक्सी पिउन जबरजस्ती गर्दा उनी दिक्क महसुस गर्छिन्। रमालाई पार्लरमा राम्रो कमाइ भइरहेको भए राम्रो हुन्थ्यो भन्ने लाग्छ, त्यसो हुँदा उनी कहिल्यै डान्सबार धाउनु पर्दैनथ्यो।

Girl dancing in a dance bar

डान्सबारमा डान्स गरिरहेकी केटी

रामको दिन

बिहानको १० बजे
घरमा

बालिकाको अनुभव

म बिहान १० बजेतिर उठ्छु। म आफू र आमाका लागि खाना बनाउँछु। खाना बनाउन मलाई ४५ मिनेट जति लाग्छ।

अनुसन्धानकर्ताको अनुभव

रमाको घर एउटा अस्थायी आश्रय हो र एकदमै सामान्य छ। यसमा एउटा सानो भन्छाघर र एउटा सुत्ने कोठा छ। रमाकी आमा बिरामी भएकीले ओछ्यानमा छिन्। रमाले लवाइखवाइ र जीवनशैली उनको जीवनको वास्तविकता भन्दा बिल्कुलै फरक छ। उनी यस्तो कठिन जीवन जिइरहेकी छिन् भन्ने कुरा हामीले उनको घर नदेखेसम्म महसुस गरेका थिएनौँ।

Dancing with high heels

हाइ हिल लगाएर डान्स गर्दै

बिहानको ११ देखि बेलुका ५:४५ बजेसम्म
आफ्नो ब्युटीपार्लरमा

रामको अनुभव

म बिहान ११ बजेतिर ब्युटीपार्लर खोल्छु। यो हाम्रो घरसँगै जोडिएको छ। त्यसैले म हतार गरेर निस्कनु पर्दैन। मसँग खाना पकाउने र आराम गर्ने पर्याप्त समय हुन्छ। मैले खाना छिटो पकाए पनि, म पहिलो खाना दिउँसो १ बजेतिर ब्युटीपार्लरमा नै खान्छु। मलाई बिहानै खाना खान मन लाग्दैन। विशेष गरी धेरै ग्राहकहरू भएको बेलामा त, पहिलो खाना नै दिउँसो ३ बजेतिर पनि खाइरहेको हुन्छु। मलाई आफूले ब्यटीपार्लरमा गर्ने काम निकै मन पर्छ र यो काममा म सिपालु छु जस्तो लाग्छ। तर पार्लरबाटै मेरो जीवन राम्रो हुनेछ भन्ने लाग्दैन। मैले विदेश जाने योजना बनाइरहेकी छु। दिनभरिमा थोरै ग्राहकहरू आए तर व्यवसाय त्यति राम्रो छैन। दिन सधैँ झैँ अघि बढ्छ र मैले सामाजिक सञ्जाल चलाउने र आमासँग कुरा गर्ने बाहेक अरु गर्नु पर्ने धेरै केही छैन। डान्सबारका लागि निस्कनुभन्दा अघि म पार्लरमा मेकअप गर्छु र मेकअप गर्न मलाई करिब १५ मिनेट लाग्छ।

अनुसन्धानकर्ताको अनुभव

रमा उनको पार्लरमा ग्राहकलाई मेकअप गर्दैछिन्। उनले हामीलाई काम नसकुन्जेल पर्खिन भन्छिन्। रमालाई महिनावारी भएको छ र उनको अनुहारमा झल्किएको पीडा र उनको हिँडाइबाट हामीले थाहा पाउँछौँ। तैपनि अनुहारमा नक्कली हाँसो बोकेर र अनुहारभरि मेकअप लगाएर उनी डान्सबार जानुपर्छ।

A neighbourhood street near the dance bar

डान्स बार नजिकैको छिमेकको सडक

बेलुका ६ बजे
डान्सबार जाँदै

बालिकाको अनुभव

ब्युटीपार्लर बन्द गरेर म सोझै डान्सबार जान्छु। यो मेरो घर र ब्युटीपार्लरबाट डान्सबार निकै टाढा छ। हिँडेर जाँदा लगभग २ घण्टा लाग्छ। त्यसैले त्यहाँ जान म पठाओ प्रयोग गर्छु। पठाओमा प्रायजसो ३० देखि ४० मिनेट लाग्थ्यो तर आज ट्राफिकले गर्दा झण्डै एक घण्टा लाग्यो।

अनुसन्धानकर्ताको अनुभव

रमा काममा जान ६ बजेतिर निस्कन्छिन्। दिन बादल लागेको र चिसो छ। उनी पठाओ चढेर काममा पुग्छिन्।

Dancer

डान्सर

बेलुका ७ देखि राती १२:१५ बजेसम्म
डान्सबारको काममा

बालिकाको अनुभव

म डान्सबारमा साँझको ७ बजेतिर पुग्छु। आज केही ढिलो पुगेकीले अलिक डराएकी छु। केही ग्राहकहरू अघि नै आइसकेका छन् र मेरा सहकर्मीहरूलाई विभिन्न जिम्मेवारीहरू दिइएको छ। म डान्स गर्ने लुगा लगाउँछु र काममा लागिहाल्छु। आज मलाई महिनावारी भएको छ र एकदमै रगत बगेकोले राम्रोसँग प्रस्तुति दिन र डान्स गर्न सक्दिनँ। मेरो कम्मर पनि दुखेको छ। मालिकले एक दिन पनि छुट्टी दिँदैनन् जसले गर्दा मलाई निकै नराम्रो लाग्छ। यहाँको वातावरणले मलाई निस्सासिए जस्तो हुन्छ। धुवाँको गन्ध मलाई फिटिक्कै मन पर्दैन तर धेरै ग्राहकले हुक्का र चुरोट तान्छन्। धेरैजसोले रक्सी पिउँछन्। मेरा धेरै सहकर्मीहरू पनि ग्राहकहरूसँग बसेर चुरोट र रक्सी पिउँछन् र यसले मलाई निकै असहज बनाउँछ। एउटा ग्राहकले मलाई रक्सी र चुरोट दिँदा मलाई रिस उठ्छ। केहीले त मलाई उनीहरूसँग बाहिर जाऊँ भन्छन्। कतिपय मातेका ग्राहकहरू त झनै जबरजस्ती गर्छन्। एकपटक एउटा पुरुषले मेरो हात समातेर तान्यो। यस्तो व्यवहार मलाई अलिकति पनि मन पर्दैन तर म असहाय महसुस गर्छु किनभने मलाई साथ दिने कोही छैन।

अनुसन्धानकर्ताको अनुभव

हामी रमाको काम गर्ने ठाउँमा साँझको ७ बजे आइपुग्छौँ। भवनमा उज्यालो हुने गरी बत्ती बालिएको हुँदैन र यो ठाउँभन्दा बाहिर धेरै कुराहरू भइरहेका छन्। यस्ता ठाउँहरू आसपासमा अरु पनि छन् र ती सबै खुला छन्। सबै उमेरका ग्राहकहरू बुढा र युवा, किशोर उमेरका केटाहरू र केटीहरू समेत डान्सबारमा आइरहेका छन्। चुरोट र रक्सी पिउने कार्यमा सहभागी नभएर रमा हाँसको बथानमा बकुल्लो बन्ने कोसिस गर्छिन्। यो ठाउँभित्र यौन कार्यलाई सामान्यीकरण गर्ने कुरालाई उनी मन पराउँदिनन्। धुवाँ, नराम्रो गन्ध र चर्को वातावरणले उनलाई कति कठिन हुन्छ भनी हामीलाई बताउँछिन्।

रातीको साढे १२ बजे
घर फर्कँदै

बालिकाको अनुभव

डान्सबारका मेरा धेरैजसो सहकर्मी ग्राहकहरूसँग डान्सबार बन्द भएपछि बाहिर गएर रात बिताउनका लागि सौदाबाजी गर्छन् र मबाट पनि त्यस्तै अपेक्षा गरिन्छ। म डान्सबारबाट रातीको १२:३० तिर निस्कन्छु। म घर आउने बाटो उही हुन्छ। मालिकले घर जानका लागि गाडीको व्यवस्था गर्दछन्, त्यसैले बाटोको यात्रा मेरा लागि सुरक्षित हुन्छ। म राती १ बजेतिर घर पुग्छु।

राती १ बजे
घरमा

बालिकाको अनुभव

म हातमुख धोएर लुगा फेर्छु। त्यसपछि दिनभरिको कामले धेरै थाकेको हुनाले सुत्छु।

रामको यात्रा अन्वेषण गर्नुहोस्