छिमेकीहरूको बारेमा कथाहरू

गोंगबु: वयस्क मनोरञ्जन क्षेत्रसँग सम्बन्धित साना-स्तरका व्यवसायमा काम गर्ने बालबालिका रहेका दुई सडक

गोंगबु काठमाडौंको उत्तरमा रहेको एउटा ठूलो क्षेत्र हो। यो क्षेत्र राजधानीको सबैभन्दा ठूलो बसपार्कसँगै रहेको छ। बसपार्क चक्रपथको दक्षिणपट्टि अवस्थित छ – चक्रपथ राजधानी सहरको प्रमुख राजमार्ग हो, यसले काठमाडौं शहरलाई परिक्रमा गर्छ र गोंगबुको बीच भाग हुँदै जान्छ। यस बसपार्कले स्थानीय बसको अन्तिम बिसौनीको रूपमा सेवा दिनुका साथै राजधानीलाई नेपालका विभिन्न क्षेत्रहरूसँग जोड्छ। यो क्षेत्र एउटा प्रमुख स्थानान्तरण बिन्दु हो; यो नेपालका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारीमा जाने वा काठमाण्डौ घुमघाम गर्न आउने मानिसका लागि एउटा प्रवेशद्वार हो, अनि यसै सहरमा बसोबास गर्नेहरूका लागि यातायात केन्द्र पनि।

क्लारिसाले नक्साङ्कन गरेको एउटा सडक काठमाण्डौको मुख्य बसपार्क नजिक गोंगबुमा छ। यस सडकले काठमाडौं आउजाउ गर्ने स्वदेशी यात्रु र स्थानीय बासिन्दा दुवैलाई सेवा दिन्छ। यहाँ साना स्तरका खाजाघर, लुगा सिलाउने टेलर र कपाल काट्ने सैलुनजस्ता व्यवसायसँगै रात्रिकालीन मनोरञ्जन स्थल र पार्टी प्यालेसहरू रहेका छन्।

चक्रपथको दुवै छेउतिरबाट भित्रसम्म रहेका धेरै साना-ठूला सडकले यहाँ आवतजावत गर्नेहरूको केही घण्टा, केही दिन वा लामो बसाइका आवश्यकताहरू पूरा गर्दछन्। ठूला सडकहरू चक्रपथबाट उत्तरदेखि दक्षिण हुँदै रहेका छन् र यहाँ विभिन्न प्रकारका व्यवसायहरूको सम्मिश्रण देख्न पाइन्छ – यहाँ सानास्तरका रेस्टुरेन्ट, फार्मेसी र मिठाई पसलदेखि ठूला गेस्टहाउस र मनोरन्जन स्थलहरू छन्। यी सडकहरूसँगै जोडिएर भित्र-भित्र धेरै साँघुरा गल्ली र बाटाहरू पनि छन्। ती प्रत्येकमा गल्लीमा लहरै खाजाघर, साना गेस्टहाउस र अन्य अनौपचारिक व्यवसायहरू छन्।

चक्रपथमा हुने यातायातका साधन र मानिसहरूको बाक्लो आवतजावतका कारण यो क्षेत्र निकै भीडभाड, कोलाहलयुक्त र प्रदूषित हुने गरेको छ। सवारी प्रदूषणबाट प्रभावित हुनुका साथै वरिपरिका गल्ली र सडकहरू खुला ठाउँमा मकै र सेकुवा पोल्दा र अन्य खाजाहरू तयार गर्दा निस्कने धुवाँ र धुलोले भरिएको देखिन्छ। काठमाडौं सामान्यत: हावाको गुणस्तर खराब भएको शहर भए तापनि गोंगबु अझ बढी प्रदूषित भएको पाइन्छ, यहाँका हावामा धुलोका कण र धुवाँ स्पष्ट देख्न सकिन्छ।

सन् २०२३ मा बालबालिका समेत सहभागी रहेको क्लारिसाका अनुसन्धानकर्ताहरूको टोलीले दुई दिनसम्म गोंगबुको यस सडकको नक्साङ्कन र त्यस सडकमा श्रम गरिरहेका बालबालिकालाई अवलोकन गर्दै समय बिताए। उनीहरूले त्यहाँ काम गर्ने बालबालिकाको उमेर, उनीहरूले गरिरहेको कामका प्रकार र उनीहरू सन्मुख रहेका जोखिमहरू रेकर्ड गरे।

काठमाडौंको चक्रपथ नजिकै भएकाले यस क्षेत्रमा हावाको गुणस्तर खराब छ।

गोंगबु अव्यवस्थित र द्रुत विकास भएको क्षेत्र हो। राजधानीको मुख्य यातायात केन्द्रको रूपमा रहने गरी गोंगबुमा बसपार्क स्थापना भएपछि विगत १० देखि १५ वर्षको समय अन्तरालमा यहाँ तीव्र गतिमा व्यवसायहरू स्थापना भएका छन्। गोंगबु क्षेत्रको एउटा विशेषता भनेको ठूलास्तरका व्यवसायहरूसँगै सानास्तरका र एकदमै अनौपचारिक व्यवसायहरू धेरै सङ्ख्यामा रहनु हो। धेरै संख्यामा रात्रिकालीन मनोरञ्जन स्थलहरू भएको व्यावसायिक सडकका अतिरिक्त [Link to Gongabu (night entertainment) street], सानास्तरका धेरै व्यवसाय भएका दुईवटा सडकहरूलाई पनि क्लारिसाले सहभागितामूलक नक्साङ्कनका लागि छनोट गरेको थियो। सडकको एउटा खण्डमा दोहोरी, डान्सबार, पार्टी प्यालेस, गेस्ट हाउसका साथै कपाल काट्ने सैलुन, किराना पसल, लुगा सिउने पसल र खाजाघर जस्ता साना व्यवसायहरू छन्। यो सडक एउटा साँघुरो गल्लीसँग जोडिन्छ जहाँ दुबै छेउमा साना-साना खाजाघर लहरै छन्। यो गल्लीले यस्तै खालका धेरै खाजाघर र गेष्टहाउस भएका अन्य धेरै सडकहरूको प्रतिनिधित्व गर्दछ। यी व्यवसायले यहाँ आउनेजाने मानिस र स्थानीय बासिन्दा दुवैलाई सेवा दिन्छ, अनि यहाँ वर्णन गरिएको व्यावसायिक सडकभन्दा बढी आवासीय बसोबासको अनुभूति दिन्छ [link to Gongabu (night entertainment) street]।

खाजाघर भनेका सानास्तरका व्यवसाय हुन् जहाँ खाजा र रक्सी बेचिन्छ। यस्ता खाजाघर प्रायः महिलाले सञ्चालन गरेका हुन्छन्। क्लारिसाले छिमेक नक्साङ्कनका लागि छनोट गरेको साँघुरो गल्लीको दुबै छेउमा खाजाघर लहरै छन्। यो गल्ली यस छिमेकमा रहेका यस्तै प्रकारका अन्य धेरै गल्लीहरूको प्रतिनिधि हो जसले स्थानीय बासिन्दा र बस चढेर काठमाडौं आउजाउ गर्ने स्वदेशी यात्रुहरूबाट व्यवसाय बढाउन प्रतिस्पर्धा गरिरहेको हुन्छ।

यस गल्लीका धेरै व्यवसाय ससाना उद्यम हुन्, जसमा एक वा दुई जनाले मात्र काम गरिरहेका देखिन्छन्। गल्लीबाट नै देखिने भएता पनि त्यहाँका सञ्चालकहरूको ध्यानाकर्षण नगरी भित्र भइरहेका गतिविधिहरू अवलोकन गर्न अनुसन्धान टोलीलाई गाह्रो थियो। त्यसैले अनुसन्धान टोली ससाना समूहमा बाँडिएर विभिन्न खाजाघरमा खाजा खान गएका थिए र यस क्रममा उनीहरूले व्यवसाय मालिक र कर्मचारीहरूसँग कुराकानी गर्ने र व्यवसायहरू भित्र के भइरहेको छ भनेर अवलोकन गर्ने अवसर पाए।

अनुसन्धान टोलीले विकास गरेको नक्साले दुइटै गल्लीको १८० मिटर खण्डमा करिब १०० व्यवसाय रहेको देखाउँछ। यसमा ३० भन्दा बढी खाजाघर, एउटा डान्सबार र एउटा दोहोरी रेस्टुरेन्ट पर्छन्।

यस नक्साले अनुसन्धान टोलीले बालबालिकालाई कुन कुन ठाउँमा काम गरिरहेको देखेका थिए भन्ने देखाउँछ। यस गल्लीका करिब १५ व्यवसायमा वा गल्लीमा २० भन्दा बढी बालबालिकाले काम गरिरहेको देखियो।

नक्सा कुञ्जी

बाल श्रम (१४ वर्ष र मुनि)
  • केटी

  • केटा

बाल श्रम (उमेर १५-१७)
  • केटी

  • केटा

सडकमा आधारित विक्रेताहरू
  • सडक खाना विक्रेता

  • रक्सी बिक्रेता

  • सामान वितरण रिक्सा

  • तरकारी बिक्रेता

  • बारबेक्यू स्वीटकोर्न विक्रेता

  • समोसा बिक्रेता

  • जुत्ता मर्मत/मोची

सडकमा आधारित यातायात
  • ट्याक्सी

  • रिक्सा ट्याक्सी

  • मोटरसाइकल ट्याक्सी

आतिथ्य र मनोरञ्जन
  • गेस्ट हाउस/होटल

  • भोजनालय (कफी पसल, फास्ट फूड सहित)

  • खाजा घर (खाजा पसल)

  • दोहोरी (लोक नृत्य बार)

  • मसाज पार्लर

  • डान्स बार

  • पोखरी घर

यात्रा र ट्रेकिङ व्यवसाय
  • यात्रा एजेन्ट

  • बस टिकट एजेन्ट

  • मुद्रा विनिमय

  • ट्रेकिङ एजेन्ट

सामान र उत्पादन बेच्ने पसलहरू
  • सुविधा स्टोर

  • कपडा पसल

  • बेकरी

  • कसाई

  • मिठाई पसल

  • फार्मेसी

  • फेन्सी सामान पसल

  • खेलौना पसल

  • रक्सी पसल

  • फलफूल पसल

सेवा प्रदान गर्ने व्यवसायहरू
  • मेकानिक

  • फोटो पसल/स्टुडियो

  • बैंक

  • फोन मर्मत पसल

  • हेयरड्रेसर

  • आध्यात्मिक सेवाहरू

भीडभाड भएको क्षेत्र
ट्रान्जिटमा मानिसहरू
आवासीय भवन

क्लारिसा अनुसन्धान टोलीमा समावेश बालबालिका र व्यवसाय मालिकहरूले तयार गरेको नक्साको डिजिटल संस्करण – उनीहरूले सडकलाई विस्तृत रूपमा नक्साङ्कन गर्नुका साथै कहाँ-कहाँ बालबालिका काम गरिरहेका छन् भनी अवलोकन गरेका थिए।

अवलोकन गरिएको गल्ली

क्लारिसा अनुसन्धान टोलीले सन् 2023 मे महिनाको शुक्रवार र शनिबार बिहान ७ बजेदेखि 8 बजेसम्मको समयभित्र दुई सिफ्टमा रहेर सडक अवलोकन गरेको थियो। सडक बिहान र बेलुका व्यस्त देखिन्थ्यो, अनि दिउँसोको समयमा केही शान्त रहेको पाइएको थियो।

अनुसन्धान टोलीले खाजाघरहरू यस गल्लीको मुख्य विशेषता रहेको पाए। यी खाजाहरूको नाम यसका मालिकहरू नेपालका कुन जिल्लाबाट आएका हुन्, प्रायः त्यसैलाई टिपेर राखिएका थिए। यसले काठमाडौं बसाइँ सरेर आउनेहरूका लागि परिचय र पहिचान र विरासतको महत्त्व कति धेरै हुन्छ भन्ने देखाउँछ:

“मानिसहरू आफ्नो पहिचान र उनीहरू कहाँबाट आएका हुन् भन्ने कुरामा जोडिन मन पराउँछन् भन्ने मैले महसुस गरें। खाजाघरका नामहरू उनीहरू कुन जिल्लाबाट आएका हुन् त्यसैका आधारमा राखिएका थिए।”

(महिला, १८ वर्ष, अनुसन्धान टोली)।नाम नै थिएन र कतिपय सम्बन्धित सरकारी निकायमा दर्ता नभएको हुनसक्छ। यस क्षेत्रका धेरै खाजाघर एकदमै थोरै लगानीमा (प्रायः जीविकोपार्जनका अन्य एकदुई विकल्प भएका महिलाहरूले) सुरु गरेको पाइन्छ। यस्ता छोटो समय अन्तरालमा नै स्थापना गरिने, बन्द गर्ने वा अन्य ठाउँमा सर्ने हुन सक्छन्, किनभने यी व्यवसाय सरकारी नियमअनुसार सञ्चालन गरिएका हुँदैनन् र छानबिनबाट पनि बच्नुपर्ने हुन्छ।

 

सडकको आवाज

सडकको थप आवाजहरू

खाजाघरहरू सामान्यतया बिहानको ६ बजेतिर नै खुल्छन्, काठमाडौं हुँदै आउजाउ गर्ने, अनि नजिकैका गेस्टहाउसहरूमा बस्ने स्वदेशी यात्रुहरू, साथै स्थानीय बासिन्दाहरूलाई चिया र नास्ता दिनका लागि:

‘मलाई लाग्छ, कोही ग्राहकहरू गेस्टहाउसमा बस्ने यात्रु थिए, र केही मानिसहरू त्यही बाटो हुँदै काममा जान लागेका देखिन्थे, उनीहरूले राम्रो लुगा पनि लगाएका थिए, त्यसैले उनीहरू स्थानीय हुन सक्छ जो त्यस्तो कुनै ठाउँमा बस्छन् जहाँ खाना पकाउन सक्दैनन्, त्यसैले तिनीहरू बिहानको चिया नास्ता खान खाजाघर आउँछन्।’

(पुरुष, १६ वर्ष, अनुसन्धान टोली)

अनुसन्धान टोलीले यी खाजा खाने ठाउँहरू सामान्यतया अस्वच्छ अवस्थामा रहेको देखे, त्यहाँ खाना छोपिएका थिएनन्, र भान्सा तेल र फोहोर टाँसिएर फोहोरी देखिन्थ्यो। धेरै खाजाघरमा ग्राहकहरूले धूमपान गरिरहेका थिए, र त्यहाँ रक्सी (गैरकानुनी बेचिएको घरेलु मदिरा समेत) बिक्री हुनु सामान्य थियो। क्लारिसा अनुसन्धान टोलीका बाल सदस्यहरूले यस प्रकारका वातावरणमा काम गर्ने बालबालिकामा पर्नसक्ने सम्भावित जोखिमहरूको बारेमा चासो व्यक्त गरे:

“धेरै खाजाघरमा चुरोटको गन्ध थियो। धूमपान गर्ने नमिल्ने भन्ने संकेत कतै थिएनन्। लगभग हरेक किराना पसलमा विज्ञापन होस् भनेर माभिक सिगरेटको चिन्ह रहेको देखेँ। मैले धेरैजसो पसलमा चुरोट पिउने मान्छेहरू देख्न सक्थे र मलाई लाग्छ यो राम्रो अभ्यास होइन, किनभने बाटोमा हिड्ने बालबालिका वा खाजाघरमा काम गर्ने वा बस्ने बालबालिकाले धूमपान गर्न सिक्न सक्छन्। रक्सीको कुरामा पनि यही हो; प्रायः सबै खाजाघरमा रक्सी बिक्री हुन्छ।”

(पुरुष, १६ वर्ष, अनुसन्धान टोली)

अनुसन्धान टोलीले सडकमा तीनजना केटाहरू देख्यो, त्यसमा एकजना १२ वर्षको किशोर पनि थिए, र ती सबै एकपछि अर्को गरेर लगातार धूमपान गरिरहेका थिए।

१२ वर्षभन्दा कम उमेरका बालबालिकाले खाजा घरमा खाना पकाउने वा सरसफाइ गरेको देखे

दिउँसो हुन थालेपछि किशोर र किशोरीहरूको एउटा समूह खाजाघरमा खान, पिउन र कुराकानी गर्न भेला भए।

दिनभरि सडकमा आइसक्रिम, तरकारी र फलफूल बेच्नेहरूको भीड लागेको जस्तो देखिन्थ्यो।

सडकमा मानिसहरु आउने–जानेको भीड थियो । सडकमा आउने–जाने मानिसहरूको भीड थियो। यसमा मुख्यतया पुरुष यात्रीहरू थिए, जसमध्ये धेरैले गेस्टहाउस वा ट्याक्सीहरू खोजिरहेका थिए, अनि यताउता टहलिरहेका किशोर किशोरीहरूको समूह थियो, र अनि पुरुषहरू जो यस क्षेत्रमा बस्ने वा काम गर्ने देखिन्थे।

‘बसपार्कतिरबाट केही ग्राहकहरू लगेज बोकेर आइरहेका थिए र उनीहरू थकित देखिन्थे। मजदुरहरू पनि खाजाघरमा खाजा खाइरहेका थिए। त्यहाँ धूमपान गर्ने धेरै मानिसहरू थिए, तिनीहरू १८ देखि २० वर्षको उमेरका युवाहरू थिए।”

(महिला, १८ वर्ष, अनुसन्धान टोली)

वैदेशिक रोजगारीमा जाने पुरुष यात्रुहरू धेरै देखिन्थे। अनुसन्धान टोलीले वैदेशिक रोजगारी कम्पनीका कर्मचारी र वैदेशिक रोजगारीका अवसर खोजिरहेका युवाहरूबीच सडकमा भइरहेको सौदाबाजी अवलोकन गरेको थियो।

‘युवा पुरुषहरूको एउटा समूह एकजना व्यक्तिसँग कुरा गर्दै थियो, उक्त व्यक्ति युवाहरूलाई विदेश पठाउने एजेन्ट हुनुपर्छ। उनीहरू एउटा खाजाघर अगाडि थिए। एजेन्टले विभिन्न अवसर र तलबबारे बताउँदै युवाहरूलाई विदेश जान मनाउन खोजिरहेका थिए। उनले विशेष गरी युरोप र माल्टा, रोमानिया जस्ता देशहरूबारे कुरा गरिरहेका थिए।’

(महिला, १८ वर्ष, अनुसन्धान टोली)

गल्लीमा देखिने सामान्य वातावरणले यस क्षेत्रको प्रतिनिधि हो – फुटपाथको अभाव र अव्यवस्थित पार्किङले सडकमा हिंड्न समेत गाह्रो बनाउँछ, र सडकको पूर्वाधार बिजोग अवस्थामा छ

“मानिस हिंड्न फुटपाथ थिएन, खाजाघर भएका गल्ली साँघुरो थियो। पार्किङ व्यवस्थित छैन, र सडकमा धेरै खाल्डा, पानी भरिएको र हिलो पनि छ।”

पुरुष, उमेर 16, अनुसन्धान टोली

सडकमा स्थानीय बासिन्दा पनि देखिएका थिए। उदाहरणका लागि, केही केटाकेटीहरू सडकमा खेलिरहेका र केही विद्यालयबाट फर्किंरहेका देखिए।

गल्लीमा रहेको सानो रेस्टुरेन्टभन्दा माथि एउटा दोहोरी छ; यो गल्लीमा विभिन्न व्यवसाय सञ्चालनमा छन्, जसले त्यहाँका बासिन्दा र आउजाउ गर्ने यात्रुहरूको आवश्यकताहरू पूरा गर्दछ।

गल्लीमा खाजाघर व्यवसाय सञ्चालनको अवस्था

क्लारिसा अनुसन्धान टोलीका सदस्यहरूले विभिन्न खाजाघरमा गएर चिया खाँदै ती खाजाघरका धेरै मालिकहरूसँग कुरा गरेका थिए। मालिकहरूले धेरै खर्च गर्नुपर्ने र भाडा पनि महँगो हुने हुँदा व्यवसाय सञ्चालन गर्न निकै चुनौतीपूर्ण रहेको बताए। बसपार्कको नजिक भएकोले भाडा १५ हजारजति हुन सक्छ, र यो महँगो हो। बसपार्क नजिक भएकाले आउनेजाने ग्राहकहरू छिर्ने हुन्छन्, तर यस क्षेत्रमा उच्च प्रतिस्पर्धा हुने र हालैका महिनामा व्यापार घटेकाले व्यवसाय मालिकहरूलाई सञ्चालन खर्च समेत सन्तुलनमा राख्न गाह्रो भइरहेको छ। एक जना मालिकले अब जिल्लामै राहदानी बनाउन सकिने भएकाले स्वदेशी यात्रुको संख्या घटेको भनेर अनुसन्धान टोलीलाई बताए। अब विदेश जानुअघि राहदानीका लागि आवेदन दिन वा नवीकरण गर्न काठमाडौंमा लामो बस्नु नपर्ने भएको छ।

खाजाघरहरूले प्रायः सस्तो घरेलु रक्सी अवैध रूपमा बेच्छन्, त्यसैले रक्सी खानेहरूका लागि खाजाघर नियमित आउने ठाउँ हुने गर्दछ। खाजाघर मालिकहरूसँग क्लारिसाले गरेको अनुसन्धानले एक खाजाघर चलाइरहन यस प्रकारका रक्सीको बिक्री महत्वपूर्ण हुन सक्ने [Link to work shadowing khaja ghar case study] अनुसन्धान टोलीले रक्सी खाने मानिसहरू यस गल्लीमा ठुलो संख्या रहेको देख्यो। बिहान सबेरै अनुसन्धान टोलीले गल्लीमा एक जना मानिसलाई वान्ता गरिरहेको देखेको

यस क्षेत्र हुँदै आउजाउ गर्ने मानिसहरूले पनि मदिरा सेवन गरेको देखियो। अनुसन्धान टोलीले यस गल्लीमा आएर खाजाघरमा रक्सी खाने धेरै मानिसहरू पछि त्यस गल्लीमा रहेका ठूला, अझ बढी व्यावसायिक मनोरन्जन स्थलहरूमा जाने गरेको देख्यो।
“खाजाघर रहेका गल्लीमा आएर मदिरा सेवन गर्नेहरू पछि दोहोरी रहेको गल्लीमा जान्छन्। (पुरुष, १६ वर्ष, अनुसन्धान टोली)

सानास्तरका व्यवसायमा आत्मीयता र यौनको बिक्री

यौनकर्मी भेटाइदिने, वा खाजाघरभित्र यौन कार्य गर्न ठाउँ उपलब्ध गराउने (जस्तै बारेको कोठा वा क्याबिनमा)। यो आवासीय बसोबास रहेको सडक भएकाले नजिकैको व्यस्त र अधिक व्यावसायिक सडकमा तुलनामा यहाँ यौन कार्यसँग सम्बन्धित क्रियाकलाप धेरै गोपनीय रूपमा चलाइने गरेको देखिन्छ तर अनुसन्धान टोलीले केही खाजाघरहरू यौन कार्यसँग जोडिएको हुनसक्ने देखे:

एक व्यवसाय मालिकले नोट गरे:
“बाहिरबाट व्यवसायको नाम ‘खाजाघर’ लेखिएको बोर्ड थियो, तर भित्र पस्दा हामीले चिया वा अन्य केही पनि नभएको पायौं। बरु त्यहाँ उनीहरूले किशोरीहरूलाई आफ्नो व्यवसायका क्रियाकलापका लागि राखेका थिए।” (महिला, ५० वर्ष, व्यवसाय मालिक, अनुसन्धान टोली)
अनुसन्धान टोलीका एक सदस्यले उल्लेख गरे:
‘खाजाघरभित्र सामान्य पर्दाले छुट्याएको पर्दा देख्यौं। मलाई उनीहरूले त्यहाँ यौन क्रियाकलाप गर्छन्जस्तो लाग्यो।’ (महिला, १७ वर्ष, अनुसन्धान टोली)
अनुसन्धान टोली सदस्यहरूले अवलोकनबाट के पनि अनुमान लगाए भने गल्लीमा व्यक्तिहरूले यौन कार्यका लागि फकाइरहेका थिए वा यौन कार्यका लागि फकाउन विभिन्न ठाउँमा यताउता गर्दै थिए:
‘हाम्रो अवलोकनको क्रममा एउटी महिलालाई एक ठाउँबाट अर्को ठाउँ गरिरहेको मैले देखेँ। उनी यौनकर्मी हुनुपर्छ। उनले मेकअप गरेकी छिन्, र यो ग्राहकहरूलाई आकर्षित गर्नका लागि हुनुपर्छ। उनी कुराकानी गर्न मानिसहरू खोजिरहेकी जस्तो देखिन्थिन् र कुराकानी सुरु गर्न निकै उत्सुक र चिन्तितजस्तो देखिन्थिन्।’ (महिला, ३३ वर्ष, व्यवसाय मालिक, अनुसन्धान टोली)
‘हो, उनी गम्भीर देखिन्थिन्, अनि अलिकति तनावमा पनि। मैले उनलाई चुरोट पिइरहेको देखेँ र एउटा केटा उनको साथमा थियो।’ (पुरुष, १६ वर्ष, अनुसन्धान टोली)।

अनुसन्धान टोलीका दुईजना वयस्क महिला सदस्य एउटा खाजाघरमा गएर भित्र बारेको ठाउँमा बसे। उनीहरू भित्र पसेलगत्तै ३० वर्ष हाराहारीका पुरुष ग्राहक खाजाघरभित्र आएर मालिकसँग उनीहरूतर्फ इशारा गर्दै कुरा गर्न थाले। व्यवसाय मालिकले आफ्नो होइन भन्ने भावमा टाउको हल्लाए, सायद उनले अनुसन्धान टोलीका सदस्य यौनकर्मी होइनन् भनेर भनिरहेका थिए होलान्। साँझपख खाजाघरमा काम गर्ने केही युवती महिला र किशोरीहरू बाहिर उभिइरहेको देखियो, उनीहरू कि त बाहिर सेकुवा पोलिरहेका हुन सक्छन् वा ग्राहकलाई आकर्षित गर्न खोजिरहेका हुन सक्छन्।

गोंगबु क्षेत्रमा केही खाजाघरहरू विभिन्न प्रकारका यौन कार्यमा सहजीकरण गर्ने ठाउँ भनेर पनि परिचित छन्। उदाहरणका लागि, युवा महिला र किशोरीहरूलाई वेटरका रूपमा काम गर्न राख्ने, उनीहरू ग्राहकहरूसँग बसेर प्रेमाभावले जिस्किने, वा ग्राहकहरूलाई यौनकर्मी भेटाइदिने, वा खाजाघरभित्र यौन कार्य गर्न ठाउँ उपलब्ध गराउने (जस्तै बारेको कोठा वा क्याबिनमा)।

खाजा घर भित्रको क्याबिनले भोजनालयको सानो आकारको बाबजुद ग्राहकहरूलाई केही गोपनीयता दिन्छ

सडकमा काम गरिरहेका बालबालिका

अनुसन्धान टोलीले १२ देखि १७ वर्षका बीचमा सडकमा काम गर्ने २० भन्दा बढी बालबालिकालाई अवलोकन गरेको थियो। उनीहरू नाई/केश सैलुन, मोटरसाइकल मर्मत कार्यशाला, कसाई र फलफूल पसललगायत विभिन्न प्रतिष्ठानहरूमा कार्यरत थिए। झण्डै आधा बालबालिका खाजाघरमा कार्यरत थिए ।

किशोरी उमेरका धेरै केटीहरू खाजाघरमा खाना पकाउने र तयार गर्ने काममा संलग्न रहेको देखियो भने किशोर उमेरका केटाहरू कार मर्मत गर्ने वर्कशप वा कपाल काट्ने सैलुनमा काम गरिरहेका थिए (खाजाघरमा पनि धेरै किशोरहरूले काम गरिरहेको देखिएको थिए):
“हामीले सेकुवा पोल्ने ठाउँ, कपाल काट्ने सैलुन, र मोटरसाइकल वर्कशपमा धेरै किशोर केटाहरू देख्न सक्थ्यौँ। खाजाघरहरूमा हामीले केटीहरूले खाना पकाइरहेका र केटाहरू काउन्टरमा बसिरहेका देख्यौँ।” (महिला, १८ वर्ष, अनुसन्धान टोली)
“धेरैजसो खाजाघरमा काम गर्नका लागि बालबालिका राखिएका थिए; धेरैजसो बालबालिका १४ देखि १७ वर्ष बीचका थिए। यसरी काम गर्नेमा अधिकांश केटीहरू थिए।” काम गर्नेमा अधिकांश केटीहरू थिए। पुरुष, 16, अनुसन्धान टोली

खाजाघरभित्रका बालबालिकाको भूमिका फरक–फरक थियो । काम गर्ने बालबालिकाको साथसाथै, अनुसन्धान टोलीले गैर-काम गर्ने क्षमतामा उपस्थित बालबालिकाहरूलाई अवलोकन गर्‍यो, सम्भवतः अभिभावकको व्यवसायको स्वामित्व भएको कारणले (यी बालबालिकाहरूलाई काम गर्ने बालबालिकाको रूपमा हाम्रो नक्सामा समावेश गरिएको छैन)।

अनुसन्धान टोलीका केही सदस्यहरूलाई त्यहाँ बालबालिकाले गरेका कामका प्रकारहरू हेरेर उनीहरू व्यवसाय मालिकका आफन्त हुन् वा होइनन् भनेर ठम्याउन सहज भएको थियो:
खाजाघरभित्रका देखिएका बालबालिकाको भूमिका फरक–फरक थियो। काम गर्ने बालबालिकाको साथसाथै, अनुसन्धान टोलीले काम नगर्ने बालबालिका पनि उपस्थित रहेको देख्यो, सम्भवतः उनीहरू खाजाघर सञ्चालका छोराछोरी थिए (यी बालबालिकालाई हामीले चित्रण गरेको नक्सामा काम गर्ने बालबालिका भनेर राखिएको छैन)। ‘हामीले त्यहाँ गरिरहेको काम हेरेर कामदार र सहयोग गरिरहेका आफन्त छुट्याउन सक्छौँ। मालिकहरूले आफ्ना छोराछोरीलाई मायालु व्यवहार गरेको देख्न सक्थ्यौँ, जस्तै कपाल कोरिदिने, स्कूलको लुगा लगाइदिने, खाना खुवाउने; कामदारहरू चैं खाजाघर बढार्ने र पुछ्नेजस्ता काममा बढी संलग्न भएको पाएँ। (महिला, १८ वर्ष, अनुसन्धान टोली)

तर, यस गल्लीका व्यवसायी र कर्मचारीहरूसँगको कुराकानीबाट खाजाघरमा काम गर्नेहरू सोही व्यवसाय मालिकका आफन्तहरू (व्यवसाय मालिकका आफ्ना छोराछोरी समेत) हुन सक्ने देखियो। यो कुरालाई क्लारिसाले गरेका अन्य अनुसन्धानले पनि समर्थन गर्दछ जसले बालबालिकाहरू प्रायः आफ्नै वा आफन्तको व्यवसायमा काम गरेको पाएको छ।

खाजाघरभित्र १२ वर्षजतिका बालबालिका पनि मासु काट्ने र सुकाउने काम गरिरहेका देखिए।

एक बाल सहभागीले खाजा घरमा भर्ती हुने युवा उमेरमा प्रतिबिम्बित गरे:
‘खाजाघरमा मालिकले कामदारको उमेर नखोज्ने र आवश्यकताअनुसार जुनसुकै उमेरका कामदार राख्ने गरेको देख्न सकिन्छ।’ पुरुष, १६ वर्ष, अनुसन्धान टोली)
अनुसन्धान टोलीका एक सदस्यले बालबालिकाका लागि यो कामसँग जोडिएका जोखिमहरू उल्लेख गरे:
‘मैले १४ देखि १७ वर्षबीचकी एउटा केटीलाई सुकुटी बनाउन मासु काटेको पनि देखेँ। उनको ग्यास चुलोमाथि धेरै सुकुटी थियो। उनले कुनै पन्जा लगाएकी थिइनन्, मलाई यो जोखिमपूर्ण लाग्यो। उनी आफैले खाजाघर चलाएजस्तो देखिन्थ्यो, किनभने त्यहाँ अरू कामदार थिएनन्। पुरुष, १६ वर्ष, अनुसन्धान टोली)

व्यवसायहरूको सानो आकारका, उक्त बाल कर्मचारी एकमात्र कर्मचारी हुन सक्थिन् र व्यवसाय मालिकको अनुपस्थितिमा एक्लै व्यवसाय चलाउने जिम्मेवारी लिएकी हुन सक्छिन्। यस्तो हुँदा त्यहाँ काम गर्ने किशोरकिशोरी, विशेष गरी किशोरी दुर्व्यवहारमा पर्न सक्छन्: अनुसन्धान टोली चिया खान पसेको एउटा खाजाघरमा मालिककी किशोरी छोरीले एक्लै खाजाघर चलाइरहेकी थिइन्, र त्यहाँ २० वर्ष हाराहारीका केही युवाहरू खाजाघरमा प्रवेश गरे र ती किशोरीको नजिक गई जिस्कन थालेको देखेको थियो।

माथि छलफल गरिएझैं, यी व्यवसायहरूको विवेकशील प्रकृतिले के गतिविधिहरू भइरहेको थियो भनेर निर्धारण गर्न गाह्रो बनायो।

माथि छलफल गरिएझैं, यी व्यवसायहरूको गोपनीय प्रकृतिले त्यहाँ के कस्ता क्रियाकलाप भइरहेको थियो भनेर निर्धारण गर्न गाह्रो बनायो। अनुसन्धान टोलीका एक सदस्यले व्यक्तिहरूले यौन कार्य अनुरोध गर्न सक्ने गोपनीय तरिकाहरू यसरी उल्लेख गरे:
‘गोंगबुमा केटाहरूको मानसिकता नकारात्मक हुन्छ। तिनीहरूले “सितन” (यौन कार्यका लागि उपलब्ध केटीलाई संकेत गर्ने कोड शब्द) छ छैन भनी सोध्छन्। यदि मालिकले छ भनेमा त्यहाँ पक्कै पनि यौन क्रियाकलापका लागि केटीहरू उपलब्ध हुन सक्छन्।’ (पुरुष, १६ वर्ष, अनुसन्धान टोली)

यी गल्लीमा रहेका केही ठाउँहरूमा बालबालिकालाई संलग्न गराएर यौन कार्यहरू भइरहेका छन् कि छैनन् भनेर बाहिरबाट अवलोकन गरेर मात्रै अनुमान गर्न सकिन्छ त भन्नेमा अनुसन्धान टोलीले बहस गर्‍यो। टोलीमा सहभागी व्यवसाय मालिकहरूले छोटाछोटा लुगा लगाउनु भनेको युवा महिला कर्मचारीलाई व्यवसायको बजारीकरण र पुरुष ग्राहकहरूलाई आकर्षित गर्न प्रयोग भएको प्रमाण हुनसक्ने कुरामा जोड दिए भने बाल सहभागीहरूले गर्मीमा परम्परागत लामा लुगा लगाउनुभन्दा त्यस्ता कपडाहरू लगाउनु सजिलो र व्यावहारिक हुने भएकाले मात्र हो भनी बताए। यौन हुने निश्चित स्थानहरू निर्धारण गर्न वा कस्तो प्रकारका क्रियाकलाप प्रस्ताव गरिएको छ भन्ने स्पष्ट थाहा हुन गाह्रो भए पनि यो एउटा यस्तो क्षेत्र हो जहाँ युवा महिला र केटीहरूसँग आत्मीयता बढाउन पाउने मौकालाई यी साना व्यवसायको कमाइ बढाउन प्रयोग गरिन्छ भन्नेमा अनुसन्धान टोली सहमत भयो।

यौन-सम्बन्धित कार्यहरू विवेकपूर्ण र विविध तरिकामा गरिन्छ, र प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण बजारमा नाफा बढाउने रणनीतिको रूपमा प्रयोग गरिन्छ:
‘मालिकहरूले आफ्नो व्यवसाय र बिक्री बढाउने अन्तिम अस्त्रका रूपमा केटीहरूलाई काममा राख्छन्। अनि केटा र पुरुषहरू प्राय: काउन्टरमा बस्ने गरेका, तर महिलाहरू ग्राहकहरूको सेवामा संलग्न रहेका पनि देखियो।’ (महिला, ३४ वर्ष, व्यवसाय मालिक, अनुसन्धान टोली)
एक जना महिला व्यवसाय मालिकले कसरी यस्ता कार्यले यस क्षेत्रका सबै खाजाघर यस्तै हुन्छन् भन्ने नकारात्मक धारणा बनेको छ र यौन कार्यमा प्रत्यक्ष रूपमा संलग्न नहुनेहरूलाई पनि असर गर्छ भन्नेबारे प्रकाश पारिन्।
‘मैले विगत सात वर्षदेखि खाजाघर चलाएकी छु। हामीले खाजाघरमा यौनकार्य हुन्छ भन्ने सुनेका छौँ तर हामीले हाम्रो ठाउँमा यस्तो गरेको छैनौँ। हामीले गरको अवलोकनको क्रममा अन्य खाजाघर र मेरो आफ्नै खाजाघरमा आकासपातालको फरक देखेँ। खास गरी गोंगबु क्षेत्रका खाजाघरको बारेमा नराम्रो धारणा बसिसकेको छ, र यस्ता व्यवसायमा संलग्न नहुने अरूलाई पनि लाजमर्दो हुनुपरेको छ।’ (महिला, ३५ वर्ष, व्यवसाय मालिक, अनुसन्धान टोली)

लगभग १२ वर्षजतिका बालबालिकाले खाजाघरमा खाना पकाउने वा सरसफाइको काम गरेको देखियो।

छलफल

गोंगबुमा क्लारिसाले नक्साङ्कन गरेको गल्लीले त्यहाँका स-साना स्तरका व्यवसायमा बालश्रम भइरहेको देखाउँछ, यो एउटा त्यस्तो क्षेत्र हो जहाँ स्थानीय बासिन्दा पनि ग्राहक छन् र देशका विभिन्न भागबाट आउने स्वदेशी यात्रु पनि ग्राहक हुन्छन्।

केही हिसाबले गोंगबु क्षेत्र काठमाडौंका अन्य धेरै स्थानजस्तै लाग्छ – साना र मझौला व्यवसाय अनि आवास क्षेत्रहरूको मिश्रण, तर काठमाडौंको मुख्य बसपार्क नजिक भएकाले स्वदेशी यात्रु बजार कब्जा गर्न यो क्षेत्र द्रुत रूपमा विकास भएको छ। यस क्षेत्रमा सञ्चालित खाजाघरको संख्या निकै धेरै छ। स्थानीय बासिन्दा र त्यहाँ हुँदै आवतजावत गर्ने ग्राहकहरू हुने गरेका भए तापनि, खाजाघर मालिकहरूसँग हामीले कुराकानी गर्दा यो चुनौतीपूर्ण व्यापार परिदृश्य हो भन्ने देखाउँछ। महँगो भाडा, यात्रुहरूको छोटो बसाइले घटेका ग्राहक र अत्यधिक प्रतिस्पर्धा (जस्तै सडकको एउटा खण्डमा ३० खाजाघरहरू) जस्ता कारणले यी व्यवसायहरू सञ्चालन लागत घटाउन बाध्य छन्।

यी सडकहरूमा रहेका विभिन्न व्यवसायमा बालबालिका काम गरिरहेका देखिए। १२ वर्षजतिका बालबालिका पनि खाजाघरमा काम गरिरहेका भेटिए। बालबालिकालाई काममा राख्दा कर्मचारी खर्च कम हुन सक्छ, विशेष गरी उनीहरू व्यवसाय मालिकको परिवार वा आफन्त हुँदा। क्लारिसाको अनुसन्धानले केही बालबालिकालाई तलब नै दिइँदैन बरु दैनिक आवश्यक खर्च र/वा शिक्षा खर्च बेहोरेबापत उनीहरू खाजाघरहरूमा काम गर्छन्। तैपनि यी व्यवसायमा काम गर्ने बालबालिकाले प्रायः ठूलो जिम्मेवारी वहन गर्नुपर्ने देखिएको छ – उदाहरणका लागि, बालबालिकाले एक्लै खाजाघरहरू चलाइरहेको देखियो। यी व्यवसाय सानास्तरका हुनुले पनि बालबालिका मात्रै काम राख्ने गरिन्छ र मालिकको अनुपस्थिति हुँदा एक्लै व्यवसाय हेर्नुपर्छ। बिहानको चियानास्तादेखि र बेलुकाको खाजा र रक्सी खोज्ने यात्रु ग्राहकहरूलाई समात्न खाजाघर बिहानैदेखि बेलुकासम्म लामो समय खोल्नुपर्छ र यसर्थ, बालबालिका आफैले यी व्यवसाय सञ्चालन गर्ने समय लामो हुन सक्छ। खास गरी खाजाघरहरू यौनसम्बन्धी कामसँग जोडिएका क्षेत्रमा एक्लै काम गर्दा किशोरीहरू विशेष गरी यौन दुर्व्यवहारमा पर्न सक्छन्। क्लारिसाको अनुसन्धानबाट पनि खाजाघरमा काम गर्ने किशोरीहरू भएठाउँ गएर यौन कार्यका लागि बारम्बार प्रस्ताव गरिने गरिएको देखिन्छ।

केही खाजाघरहरूले आफूलाई टिकाउन वैकल्पिक रणनीतिहरू अपनाएका छन् जस्तै अवैध मानिने घरेलु मदिरा बेच्नु वा महिला र किशोरीसँग आत्मीयता/यौन कार्य राख्न दिनु। क्लारिसा अनुसन्धानले यस्ता कार्यहरू अवलोकन गर्न निकै चुनौतीपूर्ण रहेको देखाउँछ किनभने यौन कार्यको गोपनीय प्रकृति र यसलाई सहजीकरण गर्ने विभिन्न तरिका अपनाइएको हुन्छ। साथै, धेरै खाजाघरहरू रहेकाले कुन चैं यौन कार्यमा संलग्न रहेको हुन सक्छ भनेर थाहा पाउन गाह्रो हुन्छ। एउटा खाजाघर एकदमै अर्को जस्तै देखिन्छ, र त्यहाँभित्र केकस्ता गतिविधि भइरहेको हुन सक्छ भन्ने बारे केही संकेतहरू पनि देखिन्छ। बालबालिकाहरू खाजाघरहरूमा खाना पकाउने र सरसफाइ गर्ने भूमिकामा रहेको देखिए पनि छिमेकी गल्लीमा जस्तै तिनीहरू पनि यौनकर्ममा संलग्न थिए [Link to Gongabu night entertainment business street]

यस छिमेकलाई समग्रतामा हेर्दा, यो सडक र रात्रिकालीन मनोरञ्जन स्थलहरू धेरै भएका अधिक व्यावसायिक प्रकारको छिमेकी सडक बीचको सम्बन्ध स्पष्ट हुन्छ। एउटा सडकमा रहेका सानास्तरका व्यवसायहरूले शान्त ठाउँमा सस्तो खाना उपलब्ध गराउँछन् जहाँ यौन कार्य गोपनीय रूपमा प्रबन्ध गर्न सकिन्छ, तर मनोरञ्जन र खुलमखुला आत्मीयता पाँच मिनेट पैदल दूरीमा रहेको अधिक व्यावसायिक सडकमा सजिलैसँग प्राप्त गर्न सकिन्छ। यसबाट यी सडकमा काम गर्ने बालबालिकाको हकमा कसरी यी विभिन्न प्रकारका सडकहरूको निकटताले वयस्क मनोरञ्जन क्षेत्रमा काम गर्ने बालबालिकाहरूको मार्गलाई प्रभावित गर्दछ भन्नेबारे यो एउटा थप अनुसन्धानको क्षेत्र हो भन्ने अर्थ राख्छ।

छिमेकको नक्साङ्कन प्रकिया

सन् २०२३ को वसन्त ऋतुमा, १५ देखि १८ वर्ष उमेरका बाह्र बालबालिकाले छिमेकको सहभगितामूलक नक्साङ्कन गरेका थिए। यी बालबालिका वयस्क मनोरन्जन क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसायमा (डान्सबार, दोहोरी, खाजाघर, वा मसाज पार्लर) काम गरेका थिए वा काम गरिरहेका थिए। साथै, यो टोलीमा गोंगबु क्षेत्रमा खाजाघर चलाइरहेका चार व्यवसायी थिए। यो अनुसन्धान कार्यक्रम क्लारिसा अनुसन्धानकर्ता र गोंगबुमा रहेको महिलाका निम्ति महिला (WOFOWON) नामक एक संस्थाबीच सहकार्य गरी अघि बढाइएको थियो।

काठमाडौंको उत्तरी भागमा रहेको गोंगबुले सहरको मुख्य यातायात केन्द्रको रूपमा सेवा प्रदान गर्दछ। क्लारिसाका अनुसन्धानकर्ताहरूले पहिले अध्ययनका क्षेत्र छनौट गर्न भ्रमणहरू गरेका थिए र गोंगबुको एउटा गल्लीको खास सडक खण्ड छनोट गरेका थिए, जुन खण्डमा मुख्य गरी खाजाघरजस्ता सानास्तरका व्यवसायहरू थिए। छनोट गरिएको सडक खण्डले यस क्षेत्रको वरपरका अन्य सडकहरूको प्रतिनिधित्व गर्ने ठानियो, किनभने खाजाघरहरूले यस सहरमा आउजाउ गर्ने यात्रुहरूलाई खाना खुवाउने सेवा गर्दछ।

क्लारिसा अनुसन्धान टोलीले यस सडकको व्यापार परिदृश्य र गतिविधिहरूको नक्साङ्कन र अवलोकन गरेको थियो। अनुसन्धान टोलीले सडकस्तरबाटै आफ्ना अवलोकनहरू गरेका थिए, तर यहाँका सडक छेउमा रहेका सबै व्यवसायहरूको तुलनात्मक रूपमा खुला र सजिलै प्रवेश गर्न सकिने भएकाले कहिलेकाहीं अनुसन्धान टोलीका सदस्यहरू (बालबालिकाहरू सधैं वयस्क सदस्यको साथमा हुने गरी) चिया खानका लागि व्यवसायहरूभित्र जान्थे। यसरी छिरेको समयमा, टोलीले व्यवसाय मालिक र/वा त्यहाँ काम गर्ने कर्मचारीहरूसँग कुराकानी गरेका थिए।

पहिलो क्षेत्रगत भ्रमणको दौरान, बालबालिका र व्यवसाय मालिकहरू दुई समूहमा बाँडिएर सडकको प्रत्येक छेउको नक्साङ्कन गरेका थिए। अरूको ध्यान आफूहरूमा नखिचिकन यो काम गर्न उनीहरूले मोबाइल फोन प्रयोग गरेर फोटो खिचे र अडियो रेकर्डिङ गरे जसमा उनीहरूले यहाँका भवनहरू वर्णन गरेका थिए। यस भ्रमणपछि, दुई समूहहरूले कार्यशाला वातावरणमा काम गर्दै क्षेत्र भ्रमणबाट आएका विस्तृत कुराहरूलाई प्रयोग गर्दै आधार नक्साङ्कन तयार गरे।

दोस्रो क्षेत्रगत भ्रमणमा, अनुसन्धान टोलीमा रहेका बालबालिका र व्यवसाय मालिकहरूले एक दिनभरि (बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म) काम गर्ने बालबालिकालाई अवलोकन गरे। यस क्रममा तिनीहरूले काम गर्ने बालबालिकाको उमेर, तिनीहरूले गर्ने कामका प्रकार, र तिनीहरू उन्मुख रहेका जोखिमहरू रेकर्ड गरे। यस पटक पनि अवलोकनहरू धेरैजसो सडक स्तरबाट गरिएको थियो र सो क्रममा नोट वा मोबाइल फोनमा अडियो रेकर्डिङ गरिएको थियो।

दोस्रो कार्यशालामा, अनुसन्धान टोलीका बालबालिका र व्यवसाय मालिकहरूले सँगै मिलेर काम गर्दै आधार नक्सालाई परिष्कृत गर्दै आफूले गरेका अवलोकनहरूलाई यसमा रेकर्ड गरेका थिए। यस कार्यमा क्लारिसा अनुसन्धानकर्ता टोलीका सदस्य र चित्रकारहरूले सहयोग गरेका थिए। त्यसपछि नक्साको विवरण जाँच गर्न तेस्रो प्रमाणीकरण कार्यशाला आयोजना गरियो। यो पनि बालबालिका र व्यवसाय मालिकहरूका लागि आफ्ना समग्र अनुभवहरूमा चिन्तन गर्ने र अवलोकनहरूमा छलफल गर्ने अवसर थियो। यसमा अपनाइएका तरिका र यस सहभागितामूलक विधिको प्रयोगबाट प्राप्त सिकाइहरूको पूर्ण विवरणका लागि हेर्नुहोस्। [LINK TO LEARNING NOTE]

The research team add their observations to the base maps they created using audio recordings, written notes and photographs.