बच्चाहरु को दिन को बारे मा कथाहरु

बिदिशा, १७ वर्षकी बालिका

बालबालिकाको वास्तविक नामहरू सुरक्षित छन्
१७ वर्षीया बिदिशा बिहान विद्यालय जान्छिन् र त्यसपछि आफ्नो परिवारको खाजाघरमा १० घण्टासम्म काम गर्छिन्। उनले तलब पाउँदिनन् तर काम गरेबापत उनको दाजुले उनको विद्यालयको शुल्क तिर्छन्। बिदिशाले दिनको धेरैजसो समय एक्लै खाजाघर चलाउँछिन् र आराम वा मनोरन्जनका लागि कुनै समय हुँदैन। यो पारिवारिक व्यवसायप्रति उनी निकै जिम्मेवार छिन्।

बिदिशाको जीवनको बारेमा

१७ वर्षीया बिदिशा बिहान विद्यालय जान्छिन् र त्यसपछि आफ्नो परिवारको खाजाघरमा १० घण्टासम्म काम गर्छिन्। उनले तलब पाउँदिनन् तर काम गरेबापत उनको दाजुले उनको विद्यालयको शुल्क तिर्छन्। बिदिशाले दिनको धेरैजसो समय एक्लै खाजाघर चलाउँछिन् र आराम वा मनोरन्जनका लागि कुनै समय हुँदैन। यो पारिवारिक व्यवसायप्रति उनी निकै जिम्मेवार छिन्।

बिदिशा आफ्नै परिवारको खाजाघरमा काम गर्छिन्। बिदिशाले परिवारको व्यवसायमा काम गर्दैगर्दा विद्यालय जान पनि भ्याउँछिन्। बिदिशा आफ्नो दाइको परिवारसँग एउटा सानो कोठामा बस्छिन्। बिदिशाको परिवार ठूलो छ। उनका चार दाजु, एक दिदी, दुई भाउजु र एक भतिज छन्। उनका आमाबुवा गाउँमा बस्छन्। गाउँमा परिवारको आम्दानीको प्रमुख स्रोत पशुपालन रहेकोले काठमाडौँको खाजा घर यो परिवारको जीवनयापनको महत्वपूर्ण स्रोत हो।

बिदिशा आफ्नो उच्च शिक्षालाई निरन्तरता दिन एक वर्षअघि काठमाडौँ आएकी हुन्। उनी बिहान ६ देखि १० बजेसम्म विद्यालयमा हुन्छिन्।

Walking home along dark and narrow streets

अँध्यारोमा साँघुरो गल्ली भएर घर फर्कँदै

दिनभरि सफा गर्न, भाँडा धुन र पकाउन चिसो पानी प्रयोग गर्नुपर्छ। यी सबै काम गर्नुपर्दा खुट्टामा पीडा र असहज हुन्छ, अनि हात सुनिन्छ।

Bidisha lives in a single room with her brother, sister-in-law and niece

बिदिशा दाजु,भाउजु र भतिजीसँग एउटै कोठमा बस्छिन्।

बिदिशा बिहान ११ बजेदेखि रातिको ९ बजेसम्म खाजाघरमा काम गर्छिन्। विद्यालय छुट्टी भएका दिनहरूमा दिनभर खाजाघरमा काम गर्छिन्।

बिदिशाले काम गरेको पैसा पाउँदिनन्। यसको साटो दाजु र दाजुको परिवारले उनको पढाइ, लुगा र अन्य आवश्यक सामानहरूको खर्च बेहोर्दै आएका छन्।

“पानी निकै चिसो छ र माझ्नुपर्ने जुठा भाँडा धेरै छन्।”

Washing glasses

गिलासहरू माझ्दै

Interior of Khajaghar

खाजाघरको भित्रपट्टिको भाग

बिदिशा आफ्नो कार्यस्थलमा

बिदिशाले खाजाघरमा पकाउने, भाँडा धुने, तरकारी तथा किराना सामान किन्ने, भूँइ र टेबलहरू सफा गर्ने सबै काम गर्छिन्। यो अनुसन्धान टोलीले बिदिशासँग बिताएको दिन उनले दिनभर आफैले खाजाघर चलाएकी छिन्। उनीले आफू बस्ने साँघुरो कोठामा मुस्किलले समय बिताइन्। बिदिशा बस्ने घरबाट खाजाघर हिडेर १५ मिनेटमा पुगिन्छ। खाजाघर आउँदा जाँदा साँघुरो गल्ली पनि हिँड्नुपर्छ जुन उनलाई एक्लै हिँड्दा डरलाग्दो र असहज लाग्छ। बिदिशाको काम गर्ने वातावरण चुनौतीपूर्ण छ। भद्दा यौन मजाक गर्ने र उनलाई कर्के नजरले हेर्ने असभ्य ग्राहकहरूसँग पनि उनले व्यवहार गर्नुपर्छ। कतिपय ग्राहकले पैसा नतिरी हिँड्छन् र तिनीहरूलाई रोकेर पैसा माग्न बिदिशालाई डर लाग्छ। खाजाघरमा एकदमै धेरै चुरोटको धुवाँले बिदिशालाई निस्सासिए जस्तो हुन्छ।

जाडोको मौसममा उनले सफा गर्न र भाँडाकुँडा धुन चिसो पानी मात्र प्रयोग गर्नुपर्छ जसले गर्दा उनको हात खुट्टा दुख्ने र असहज हुने गर्दछ।

परीक्षा आएको बेला पढ्ने कुरामा केन्द्रीत हुन पाउँछिन् र खाजाघर जानुपर्दैन। यो कुराले उनलाई खुसी बनाउँछ। सामान्यतया उनी आफ्ना समस्याहरू परिवारलाई बताउन सक्छिन्। भाउजुले कुरा बुझ्ने र साथ दिने गर्छिन्। दाजु पनि सहयोगी नै छन् तर गाउँ र काठमाडौँ गरिरहने हुनाले सँधै घरमा हुँदैनन्।

मेरो दाइ र उहाँको परिवारले मेरो विद्यालयको शुल्क, मेरो लुगाफाटोमा खर्च गर्नुहुन्छ र खाजाघरमा काम गरेबापत त्यो मेरो प्रतिफल हो।

बिदिशाको दिन

बिहान ७ बजे
घरमा

बालिकाको अनुभव

मेरो दैनिक तालिका बिहान साढे चारबजे उठेदेखि सुरु हुन्छ। म गृहकार्य गर्नुभन्दा पहिले केही समय फेसबुक चलाउँछु। त्यसपछि गृहकार्य गरेर कलेजको लागि तयार हुन्छु। बिहान ५ बजेर ५० मिनेटमा कलेजको लागि हिँड्छु र ६ बजे पुग्छु। कलेज बिहान ६ देखि १० बजेसम्म लाग्छ, त्यसपछि लुगा फेर्न कोठा जान्छु र दिउँसोको खाना दाइको खाजाघरमा खान्छु। आज मेरो कलेज थिएन, त्यसैले ओछ्यानबाट उठ्न मन लागेको थिएन। तर बिहान ७ बजे भाउजुले खाजाघरमा आउनु भनेर बोलाएपछि उठ्न कर लाग्यो।

अनुसन्धानकर्ताको अनुभव

बिदिशा र उनको परिवार सबै एउटै कोठामा बस्छन्। बिदिशाले घरमा हुँदा दिउँसो मुस्किलले समय पाउँछिन्।

Khajaghar sitting space with curtains

खाजाघरमा पर्दाहरूसहितको बस्ने ठाउँ

बिहान ८ बजे
खाजा घरमा

बालिकाको अनुभव

म सामान्यतया खाजाघरमा ११ बजेदेखि काम सुरु गर्छु तर आज जस्तै छुट्टीको दिन भाउजुसँग बिहानै जानुपर्छ। खाजाघरमा मेरो काम भनेको टेबल मिलाउनु, पुछ्नु, पानीका जगहरू भर्नु, भाँडा सफा गर्नु, चिया पकाउनु र ग्राहकले अर्डर गरेअनुसारको खानेकुरा पकाएर दिनु पर्दछन्। आज धेरै चिसो छ। तापक्रम न्यून भएकोले मेरो खुट्टा दुख्न थालेका छन्। भाँडा धुन पानी अत्यन्त चिसो छ र मलाई नराम्रो लागिरहेको छ। आज कुनै ग्राहक छैनन्, बिहानको चिया खान आउने नियमित ग्राहक पनि आएका छैनन्। निकै चिसो छ। म केही बेरका लागि बाहिर गएर घाम ताप्छु र फोन चलाउँछु। तर धेरै समय यसो गर्न पाउँदिन किनभने भाउजु तालिम लिन जानुहुन्छ। त्यसैले खाजाघर म आफैँले हेर्ने जिम्मेवारी मैले पाएको छ।

अनुसन्धानकर्ताको अनुभव

बिदिशा आइपुग्ने बित्तिकै खाजाघर चलाउने जिम्मा उनको हुन्छ । भाँडा सफा गर्दा, भूँइ सफा गर्दा, पुछ्ने कामहरू गर्दा उनी सहज देखिन्छिन्। यी सबै कामका लागि चिसो पानी प्रयोग गर्न नपाए पनि हुन्थ्यो जस्तो लाग्छ, तर उनीसँग कुनै विकल्प छैन। खाजाघरमा दुईवटा कोठा छन्। मुख्य कोठामा ग्राहकहरू बस्ने ठाउँ छ र अर्को कोठा भान्सा हो। मनोरञ्जनका लागि सीमित विकल्पहरू भएकाले समय कटाउन उनी प्रायः मोबाइलमा फेसबुक चलाउँछिन्। ग्राहकहरूसँग धेरै बोलिरहने पनि गर्दिनन्, छोटो कुरा गर्न रुचाउँछिन्। तरपनि ग्राहकले आपत्तिजनक वा छाडा भाषा प्रयोग गर्दा उनलाई दिक्क र असहज लाग्छ।

Busy road in city centre

सहरको केन्द्रमा रहेको व्यस्त सडक

दिउँसो १ बजे
गैरसरकारी संस्थाको कार्यालय जाँदै

बालिकाको अनुभव

बाटामा गाडीहरू अति धेरै हुने भएकोले मलाई यात्रा रमाइलो लाग्दैन। सार्वजनिक यातायातमा यात्रा गर्दा कहिलेकाहीँ निकै थकित भइन्छ। मेरो पढाइका लागि केही सहयोग हुन्छ कि भनेर निवेदन पेश गर्न आएकी छु। म यहाँ क्लारिसाको अनुसन्धानकर्तासँग आएको छु, जसले मलाई सहज महसुस गराइ रहनुभएको छ।

अनुसन्धानकर्ताको अनुभव

बिदिशा खाजाघरमा निकै मेहनत गर्छिन्। उनको एकमात्र इच्छा भनेको राम्रोसँग उच्च शिक्षा हासिल गर्नु हो। तर विद्यालयको शुल्क तिर्न अझै पनि उनलाई गाह्रो भइरहेकोले उनी एउटा स्थानीय गैरसरकारी संस्थामा जान्छिन् जसले उनको पढाइमा सहयोग गर्ने वचन दिएको छ। सार्वजनिक यातायातमा यात्रा गर्न उनलाई थकित र कठिन महशुस हुन्छ। मानिसहरूको भीड भएको बसमा अर्को यात्रुले उनलाई जानीजानी ठेलेको हामीले देख्यौँ।

Dirty tables in the Khaja ghar

खाजा घरमा फोहोर भएको टेबलहरू

दिउँसो ३ बजे
फेरि खाजाघरमा

बिदिशाको अनुभव

गैरसरकारी संस्थाको कार्यालयमा एक घण्टा बिताएपछि म खाजाघर फर्केर आएको छु। ग्राहकहरू धेरै छन् र सबैलाई एकैपटक खानेकुरा दिन गाह्रो छ। तर व्यवसाय राम्रो भइरहेको देखेर खुसी पनि लाग्छ।

Walking home along dark and narrow streets

रातमा हिँडिरहेकी बालिका

रातको साढे ९ बजे
राति घर फर्कँदै

बालिकाको अनुभव

रात पर्दै जाँदा ग्राहकहरूको चहलपहल पनि घट्दछ र अब बन्द गर्ने बेला भएको छ। निकै जाडो छ। म सामान्यतया रातिको साढे ८ बजेतिर खाजाघरमा नै खाना खान्छु र त्यसपछि सरसफाइ गरिवरि दाजुभाउजुसँगै कोठा फर्कन्छु। तर आज सबै गइसकेपछि म एक्लै जाँदैछु। दाजु केही दिन अघि गाउँ जानुभएको छ। भाउजु र भतिजी अघि नै कोठा गइसके। म खाजाघर बन्द गरेर घर जान्छु। बाटो निष्पट्ट अँध्यारो र निकै चिसो भएकोले मलाई डर लाग्छ। बाटामा हुने कुकुरहरूदेखि मलाइ डर लाग्छ र यो ठाउँमा गाँजा खाने केटाहरूले मजस्ता केटीहरूलाई जिस्काउने हुनाले त्यस्ता केटाहरूसँग भेट होला कि भन्ने चिन्ता लागिरहेको छ। यो गल्लीबाट हिँड्दा निकै असुरक्षित महसुस हुन्छ।

अनुसन्धानकर्ताको अनुभव

हरेक दिन बिदिशा एउटा साँघुरो गल्ली हुँदै घर जान्छिन्। बाटामा केही गँजडी केटाहरूबाहेक अरु मानिसहरू नहुने भएकाले बाटो निकै जोखिमपूर्ण देखिन्छ।

रातिको ११ बजे
सुत्न जाँदै

बालिकाको अनुभव

मेरो खुट्टाको घाउमा सङ्क्रमण भएको छ र जाडो अनि रातिको समयमा यो सामान्यभन्दा धेरै दुख्छ। आज एकदमै थकाउने दिन थियो। दाजु गाउँ गएर धेरै दिनपछि भर्खर फर्कनु भएको छ र मलाई आज खुसी लागिरहेको छ।

बिदिशाको यात्रा अन्वेषण गर्नुहोस्