बालबालिकाका कथाहरू

Arpita अर्पिता, १६ वर्षकी बालिका, नेपाल

बालबालिकाको वास्तविक नामहरू सुरक्षित छन्
१६ वर्षकी अर्पिता एउटा मसाज तथा स्पा केन्द्रमा काम गर्छिन्। उनले ८ वर्षको हुँदादेखि काम गरिरहेकी छिन्। उनी ग्राहकहरूसँग उनीहरूले चाहेअनुसार देशको विभिन्न ठाउँमा यात्रा गर्छिन्। साथै ग्राहकहरूलाई यौनकर्मका लागि कम उमेरका केटीहरू पनि खोजिदिन्छिन्। उनी पाठेघरको सङ्क्रमण र ढाडको समस्याबाट पीडित छिन्।

अर्पिताको जीवनको बारेमा

अर्पिताको बुवा जँड्याहा छन् र परिवारको कमजोर आर्थिक अवस्थाका कारण अर्पिता ८ वर्षकी हुँदा विद्यालयबाट निकालियो र एउटा होटलमा काम गर्न लगियो। उनकी दिदीलाई अर्को होटलमा काम गर्न लगियो। दुवै बालिकाहरूले भाँडा माझ्ने र सरसफाइ गर्ने कामदारका रूपमा काम गरे। गाउँकै एकजना छिमेकीले तिनीहरूलाई यो कामहरू खोजि दिएका हुन्। अर्पिता फेरि स्कुल पढ्न गइनन्। अहिले अर्पिता कहिले दिदीसँग र कहिले साथीसँग बस्छिन्।

Arpita’s father is an alcoholic

अर्पिताको बुवा जँड्याहा छन्

“दिनको एक दुई जना ग्राहकहरूलाई सेवा गरेर मात्रै राम्रो कमाइ हुँदैन। कुनै ग्राहक नहुँदा पनि धेरै दिक्क लाग्दो हुन्छ। त्यसमाथि यहाँ निकै जाडो छ र हामीसँग हिटर छैन।”

Inside the massage and spa venue service rooms

मसाज तथा स्पा केन्द्रको भित्र सेवा प्रदान गर्ने कोठाहरू

अर्पिताले अहिले मसाज तथा स्पा केन्द्रमा गरिरहेको काम साथीमार्फत पाएकी हुन्।

यो काममार्फत अर्पिताले ग्राहकहरूसँग सम्बन्ध बनाएकी छिन् र तिनीहरूमध्ये केहीसँग बाहिर घुम्न जान थालेकी छिन्। उनको यौन उद्योगमा काम गर्ने साथीहरूको समूह पनि छ।

अर्पिताको पाठेघरमा सङ्क्रमण छ साथै उनको ढाड र हातहरू दुख्ने समस्या छ।

अर्पिता अहिले पुनः विवाह गरेकी उनकी आमाको सम्पर्कमा छिन्। बुवासँग उनको राम्रो सम्बन्ध छैन।

Medicine for an infection of the uterus

पाठेघरको सङ्क्रमणको औषधी

अर्पिता आफ्नो कार्यस्थलमा

तर अर्पिता एउटा सहर वा एउटा ठाउँमा लामो समयसम्म बस्दिनन्। उनी नयाँ कामका अवसरहरू पछ्याउँदै अक्सर काठमाडौँबाट पोखरा र नेपालका अन्य सहरहरूमा यात्रा गरिरहन्छिन्। अर्पिता कमिसनमा काम गर्छिन र ग्राहकहरूबाट पाउने टिप्समा पनि निर्भर रहन्छिन्। अर्पिताले हाम्रो अनुसन्धान टोलीलाई १७ वर्षभन्दा मुनिको केटी चाहिन्छ भने उनीसँग सम्पर्क गर्न र उनले त्यस्ता केटी खोजिदिने भन्छिन्। अर्पिताले यसो भन्नु भनेको अर्पिताका लागि वयस्क र १८ वर्ष मुनिका केटीहरूबीच यौन सम्पर्क गर्ने व्यवस्था मिलाउन सामान्य रहेको संकेत हो।

Arpita at work

अर्पिता काममा

“मैले भर्खर एउटा ग्राहकलाई सेवा दिएँ। ऊ भद्र थियो। उसले मलाई राम्रो टिप्स पनि दियो। मलाई खुसी लागिरहेको छ।”

अर्पिताको दिन

Massage and spa street

मसाज तथा स्पा गल्ली

बिहान ९ बजे
१. घरमा

बालिकाको अनुभव

जाडोको समयमा चिसो पानी मात्रै हुँदा नुहाउन निकै गाह्रो हुन्छ।

अनुसन्धानकर्ताको अनुभव

अर्पिता साथीसँग बस्दैछिन्। ती साथी पनि मसाज तथा स्पा पार्लरमा नै काम गर्दछिन्। काठमाडौँमा उनको आफ्नै बस्ने ठाउँ छैन।

Travelling through Kathmandu at rush hour

व्यस्त समयमा काठमाडौँभित्रको यात्रा

बिहान साढे १० बजे
२. कामसम्मको यात्रा

बालिकाको अनुभव

धुले बाटोमा हिँड्न निकै गाह्रो हुन्छ। अनि बसभित्र झन् धेरै भीड छ, त्यसैले यो कठिन यात्रा हो।

अनुसन्धानकर्ताको अनुभव

अर्पिताको यस यात्रामा उनले ढाड र हातहरू दुखेको अनुभव गर्छिन्।

Inside the massage and spa venue service rooms

मसाज तथा स्पा केन्द्रको भित्र सेवा प्रदान गर्ने कोठाहरू

बिहान ११ बजे
मसाज तथा स्पा केन्द्रको भित्र सेवा प्रदान गर्ने कोठाहरू

बालिकाको अनुभव

म एउटा ग्राहकसँग बसेर कुराकानी गर्दैछु। ऊ नियमित ग्राहक हो। कुनै ग्राहक नहुँदा दिक्क लाग्दो हुन्छ। जाडो छ र त्यसै बसिरहन मन लाग्दैन। मैले भर्खरै एउटा ग्राहकलाई सेवा दिएँ। ऊ भद्र रहेछ। उसले मलाई ५०० रुपैयाँ टिप्स दियो। मलाई खुसी लागिरहेको छ। ग्याँस सकिएको छ। जाडो छ। मलाई दिक्क लागेको छ।

अनुसन्धानकर्ताको अनुभव

अर्पिताले मसाज सकेर एउटा ग्राहकसँग परिचित भएर र जिस्कँदै कुरा गर्छिन्। अर्पिताले एउटा होटलमा दिउँसोको खाना खान्छिन् । आज साथीसँग खाइन्, कहिलेकाहीँ ग्राहकहरूसँग खान्छिन्।

The local neighbourhood

स्थानीय छिमेक

रातको ८ बजे
४. घर फर्कँदै

बालिकाको अनुभव

म साथीहरूसँग बसमा घर फर्कन्छु। हामी एकआपसमा र बस ड्राइभरसँग कुराकानी गर्छौँ। हामी प्रायजसो बसबाट यात्रा गर्छौँ।

अनुसन्धानकर्ताको अनुभव

अर्पिता साथीसँग बस चढेर घर फर्किन्छिन्। बसमा बाँकी यात्रु उनीहरू मात्रै हुन्छन् र बस ग्यारेजतिर फर्केर गइरहेको छ। केटीहरू र बस ड्राइभर आपसमा जिस्किरहेका छन् यसले गर्दा असुरक्षित अवस्था देखिन्छ। अर्पिताले आज सेवा गरेको ग्राहकबारे कुरा गर्छिन्, उनलाई उक्त ग्राहक भलाद्मी लाग्छ, र ग्राहकले उनलाई टिप्स पनि दिएको थियो। अर्पिता त्यसपछि बस बिसौनीबाट १० मिनेट हिँड्छिन्। यहाँ उनीहरूका लागि एउटा पुरुष पर्खिरहेको हुन्छ। अर्पिताले आफ्नो साथीलाई उसँग भेटाउन लगेजस्तो देखिन्छ (तिनीहरूले बसमा हुँदा फोनबाट कुराकानी गरिरहेका थिए।)

रातिको साढे ८ बजे
५. बजारमा

बालिकाको अनुभव

म साथीसँग तरकारी किन्न जाँदैछु।

अनुसन्धानकर्ताको अनुभव

अर्पिता तरकारी किन्दा मोलमोलाइ गर्छिन्। उनी पैसा घटाउनु भन्दैछिन् किनकि उनी भोलिपल्ट पोखरा जाँदैछिन् र त्यसैले थोरै तरकारी किन्दैछिन्।

रातको ९ बजे
६. राति साथीसँग

बालिकाको अनुभव

आज साथीहरू भेट्न आउँदैछन्। हामी खाना तयार गर्दैछौँ। हामी सबै रमाइलो गरिरहेका छौँ।

अनुसन्धानकर्ताको अनुभव

अर्पिता साथीहरूसँग घुम्न जान र सामाजिक सञ्जालमा च्याट गर्न मन पराउँछिन्। बेलाबेलामा अर्पिताले क्लारिसाका अनुसन्धानकर्ताहरूले उनले भन्न खोजेको अर्थ नबुझून् भनेर सानो स्वरमा कोड भाषा प्रयोग गरेजस्तो लाग्छ।

७. सुत्न जाँदै

बालिकाको अनुभव