छिमेकीहरूको बारेमा कथाहरू

ठमेल: काठमाडौंको पर्यटकीय क्षेत्रमा रहेको वयस्क मनोरञ्जन व्यवसायमा बालश्रम

ठमेल एक लोकप्रिय व्यापारिक क्षेत्र र काठमाडौंको पर्यटन उद्योगका लागि एक प्रमुख केन्द्र हो। बिदेशी र स्वदेशी पर्यटकहरूका साथै मनोरञ्जन चाहने काठमाडौंबासीको आवश्यकताहरू पूरा गर्ने रेष्टुरेन्ट, बार, क्याफे, ट्रेकिङ तथा टुर एजेन्सी, मसाज पार्लर र पसलहरू भएको ठमेल एक वर्ग किलोमिटरमा फैलिएको छ। सन् १९७० को दशकमा पश्चिमा देशका पर्यटकहरूले प्रयोग गर्न थालेपछि विकसित भएको ठमेल, विशेष गरी अहिले जताततै रहेको रात्रिकालीन मनोरञ्जनका स्थलहरूमा काठमाडौंबासी (धेरैजसो पुरुष) का लागि यौन, खाना र मदिरासँग सम्बन्धित सामाजिक मान्यताहरू उल्लङ्घन गर्ने स्थान बनेको छ।

[चित्र: सडकको दृश्य] क्याप्सन: छिमेकको सहभागितामूलक नक्साङ्कनका लागि चयन गरिएको सडकले विदेशी र स्वदेशी पर्यटकहरूका साथै मनोरञ्जन चाहने स्थानीयलाई पनि सेवा प्रदान गर्ने ठमेलको विविध व्यापारिक परिदृश्यलाई प्रतिनिधित्व गर्छ। यहाँ साना पसल, रेस्टुरेन्ट र खाजाघरहरू महँगा विलासी होटलहरू सँगसँगै रहेका छन्।

२०२३ को वसन्त ऋतुमा छिमेकको सहभागितामूलक नक्साङ्कन गर्न काठमाडौंको वयस्क मनोरञ्जन क्षेत्रसँग सम्बन्धित स्थानमा काम गरेका वा काम गरिरहेका १५ देखि १७ वर्षबीचका आठ बालबालिका (एक केटा र सात केटी), ठमेलमा मसाज पार्लर चलाउने चार व्यवसायी (तीन महिला र एक पुरुष) र क्लारिसाका कर्मचारीहरूसहितको एक अनुसन्धान टोली गठन भयो। उक्त टोलीले १५० मिटर सडक खण्डको नक्साङ्कन गरी सो सडक खण्डमा हुने व्यापारिक परिदृश्य तथा क्रियाकलापहरूको अवलोकन गर्‍यो। नक्साङ्कनको क्रममा एउटा आधार नक्सा बनाइएको थियो र त्यसपछि, प्रक्रियाकै सिलसिलामा टोलीले एक दिनभरि त्यस क्षेत्रमा काम गर्ने बालबालिकाको क्रियाकलाप अवलोकन तथा रेकर्ड गर्‍यो। तिनीहरूले ती बालबालिकाको उमेर, काम गरेका स्थान, गरिरहेको काम वा क्रियाकलापका प्रकार र उनीहरूले सामना गर्नुपर्ने जोखिमहरू नोट गरे।

नक्सा कुञ्जी

बाल श्रम (उमेर १४ र मुनि)
  • केटी

  • केटा

बाल श्रम (उमेर १५-१७)
  • केटी

  • केटा

सडकमा आधारित विक्रेताहरू
  • सडक खाना विक्रेता

  • रक्सी बिक्रेता

  • सामान वितरण रिक्सा

  • तरकारी बिक्रेता

  • बारबेक्यू स्वीटकोर्न विक्रेता

  • समोसा बिक्रेता

  • जुत्ता मर्मत/मोची

सडकमा आधारित यातायात
  • ट्याक्सी

  • रिक्सा ट्याक्सी

  • मोटरसाइकल ट्याक्सी

आतिथ्य र मनोरञ्जन
  • गेस्ट हाउस/होटल

  • भोजनालय (कफी पसल, फास्ट फूड सहित)

  • खाजा घर (खाजा पसल)

  • दोहोरी (लोक नृत्य बार)

  • मसाज पार्लर

  • डान्स बार

  • पोखरी घर

यात्रा र ट्रेकिङ व्यवसाय
  • यात्रा एजेन्ट

  • बस टिकट एजेन्ट

  • मुद्रा विनिमय

  • ट्रेकिङ एजेन्ट

सामान र उत्पादन बेच्ने पसलहरू
  • सुविधा स्टोर

  • कपडा पसल

  • बेकरी

  • कसाई

  • मिठाई पसल

  • फार्मेसी

  • फेन्सी सामान पसल

  • खेलौना पसल

  • रक्सी पसल

  • फलफूल पसल

सेवा प्रदान गर्ने व्यवसायहरू
  • मेकानिक

  • फोटो पसल/स्टुडियो

  • बैंक

  • फोन मर्मत पसल

  • हेयरड्रेसर

  • आध्यात्मिक सेवाहरू

भीडभाड भएको क्षेत्र
ट्रान्जिटमा मानिसहरू
आवासीय भवन

[चित्र: नक्सा] क्याप्शन: क्लारिसा अनुसन्धान टोलीले तयार गरेको नक्साको डिजिटल स्वरूप। यस सडक खण्डको विस्तृत नक्साङ्कन गरिएको थियो र पछि टोलीले सन् २०२३ को मे महिनाको एक दिन दिनभरि बालबालिकाले काम गरिरहेका ठाउँको रेकर्ड गरी यसलाई नक्सामा उतार्‍यो।

नक्साङ्कन गरिएको १५० मिटर सडक खण्डमा लगभग ४० आवासीय भवन र ७० भन्दा धेरै व्यवसायहरू छन्। यहाँ रहेका व्यवसायहरूमा महँगा विलासी होटल तथा रेस्टुरेन्ट, इथिकल/फेयर-ट्रेड सप, बैंक/एटीएम बुथ, ट्राभल तथा टुरिज्मसँग सम्बन्धित पसल र सेवा, नेपाली हस्तकला सामग्रीका पसल, विभिन्न प्रकारका भोजनहरू पाइने विभिन्न स्तरका रेस्टुरेन्ट, साना किराना पसल, डान्सबार, दोहोरी, खाजाघर, फुडस्टल र चार वटा मसाज पार्लरहरू छन्। ठमेलमा २०० भन्दा बढी मसाज पार्लर (जसलाई स्पा पनि भन्ने गरिन्छ) छन्। त्यस क्षेत्रमा मसाज सेवा दिइने ठूला स्थानहरू भएपनि ससाना मसाज पार्लरहरू यत्रतत्र छन् र सामान्यतया भुइँतलाभन्दा माथि रहेका छन्। भवनहरूबाट बाहिरसम्म निस्कने गरी राखिएका साइनबोर्डहरूले तिनीहरू रहेका स्थान देखाउँछन्, तर सडक तहमा रहेका पसल र रेस्टुरेन्टहरूले ध्यानाकर्षण गर्ने हुनाले ती स्थानहरूमा खासै ध्यान जाँदैन।

क्याप्सन: साइनबोर्डले ठमेलको सडकमा रहेको मसाज पार्लरको स्थान देखाउँछ।

सडकमा बालबालिकाले बेलुन, समोसा, क्यान्डी फ्लस लगायत विभिन्न प्रकारका खानेकुरा र सामानहरू बेचिरहेका देखियो।

सडकमै पनि व्यवसाय गरिरहेको देखिन्छ। उदाहरणको लागि, सडकमा चटपटे बेच्ने ठेला/स्टल; जुत्ता मर्मत तथा सफा गर्ने मोची; ताजा पालुङ्गो साग बेच्ने ठेला। त्यस सडकमा सवारीसाधनको आवतजावतका साथै साइकल रिक्साबाट पनि सामान ढुवानी गर्ने गरेको देखिन्छ।

नक्सामा अनुसन्धान टोलीले बालबालिकाहरू काम गरिरहेको कहाँ देखेका थिए भन्ने स्थान देखाउँछ। १५ देखि २० वर्षबीचका बालबालिका आठदेखि दस व्यवसाय पसलमा र सडकमा काम गरिरहेको देखियो (त्यस क्षेत्रमा भएका व्यवसायको झन्डै १० प्रतिशत व्यवसायमा)। यसमा अनुसन्धान टोलीले १४ वर्ष वा सो भन्दा मुनि रहेका भनी रेकर्ड गरेको नौ बालबालिका (पाँच बालक र चार बालिका) र १५ देखि १७ वर्षबीच रहेका भनी रेकर्ड गरेको चार बालबालिका (तीन बालिका र एक बालक) थिए। ती बालबालिकामध्ये कोही खाजाघर, रेष्टुरेन्ट, मसाज पार्लरमा काम गरिरहेका, कोही सडकमा सामान (समोसा, बेलुन, चकलेट, क्यान्डी फ्लस) बेचिरहेका र कोही चिया पसलबाट विभिन्न व्यवसाय पसलमा चिया लिएर गइरहेका देखिए।

अध्ययन गरिएको सडक

सहभागीहरूले सन् २०२३ अप्रिल महिनामा शुक्रबार बिहान ९ बजे र साँझ ९ बजेको बीचमा दुई शिफ्टमा सडक अवलोकन गरे। मे महिना नेपालमा धेरै पर्यटकहरू आउने समय हो। दिनभरिमा सडकमा हुने क्रियाकलाप फरक फरक रहेको देखियो। एक जना सहभागी व्यवसाय मालिकले यसरी अवलोकन गरेका थिए:

बिहान, सटरहरू खुला थिएनन् … लगभग ७५ प्रतिशत व्यवसायहरू बन्द थिए।’

(महिला, व्यवसाय मालिक, अनुसन्धान टोली)।

अपरान्हसम्म ग्राहकहरूको चाप बढ्दै गएपछि सडक थप व्यस्त भएको थियो। त्यस सडकमा देखिएकामध्ये ७० प्रतिशतजति पुरुष र ३० प्रतिशतजति महिला थिए। यी मध्ये, लगभग २० प्रतिशत विदेशी पर्यटक र ८० प्रतिशत स्वदेशी पर्यटक वा स्थानीय थिए।

साँझपाक सडकको स्वरूप परिवर्तन भएसँगै सडकमा बसेर गरिने व्यवसायहरू पनि परिवर्तन भए। उदाहरणको लागि, एकजना सहभागी सडक बिक्रेताहरूको परिवर्तनीयता देखेर छक्क परेका थिए:

‘…त्यहाँ एक जना सडक विक्रेता थिए; सूर्यास्त हुनुअघिसम्म उनी मोचीको काम गरिरहेका थिए र सूर्यास्तपछि उनको स्टल पानीपुरीको स्टलमा परिणत भयो’

(Female, 17 years, Research Team)

साँझ लागेपछि, ससाना कुनाकाप्चा व्यवसाय गर्ने ठाउँ बने: एकजना सडक विक्रेताले दोहोरीको छेउमा एटीएम मेसिनको नजिक मोमो बेच्ने पसल थापे; सडक स्टलहरूले खाजा बेच्न थाले; र दलालहरूले ग्राहकहरूलाई फकाउन/लोभ्याउन रात्रिकालीन व्यवसाय स्थलको बाहिर उभिन थाले।

साँझदेखि नै ग्राहकको प्रकार र व्यवहार पनि परिवर्तन भयो। एक बाल सहभागीको अवलोकन यस्तो थियो:

‘ हामीले केही रक्सी मातिएका मानिसहरूलाई देख्यौं र हामीले मानिसहरूलाई अभद्र र अपमानजनक भाषा प्रयोग गरेको देख्यौं’

(महिला, १७ वर्ष, अनुसन्धान टोली)

सहभागीहरूले साँझको प्रारम्भिक समयदेखि केही बढी क्रियाकलाप हुने दुई स्थान पहिचान गरे: एउटा सडकको उत्तरी छेउमा मसाज पार्लर र सानो मदिरा तथा खाजा बेच्ने पसल नजिक रहेको ठाउँ, र अर्को सडकको दक्षिण छेउमा अर्को मसाज पार्लर, खाजाघर र डान्स बार नजिक रहेको ठाउँ। दुवै स्थानमा सहभागीहरूले युवावर्ग (पुरुष र महिला) बढी देखे, जसमध्ये केही १८ वर्ष मुनिका थिए। सहभागीहरूले रातमा मानिसहरू रक्सीले मातिएको हुने हुनाले यी क्षेत्र कम सुरक्षित रहेको महसुस गरे।

अपरान्हसम्ममा सडक व्यस्त हुन्छ। यस सडकमा शुक्रबार साँझ मनोरञ्जनका लागि निस्कने अधिकांश नेपाली पुरुष हुन्छन्, तर केही विदेशी र स्वदेशी पर्यटकहरू पनि हुन्छन्।

छिमेकको आवाज

ठमेल संगीत साउन्डस्केप

साँझपाक सडकको स्वरूप परिवर्तन भएसँगै सडकमा बसेर गरिने व्यवसायहरू पनि परिवर्तन भए। उदाहरणको लागि, एकजना सहभागी सडक बिक्रेताहरूको परिवर्तनीयता देखेर छक्क परेका थिए:

…त्यहाँ एक सडक विक्रेता थियो; सूर्यास्त हुनुअघि उनी मोचीको काम गर्थे र सूर्यास्तपछि उनको स्टल पानीपुरी (सडकको खाना) स्टलमा परिणत भयो।

महिला, उमेर 17, अनुसन्धान टोली

साँझ लागेपछि, ससाना कुनाकाप्चा व्यवसाय गर्ने ठाउँ बने: एकजना सडक विक्रेताले दोहोरीको छेउमा एटीएम मेसिनको नजिक मोमो बेच्ने पसल थापे; सडक स्टलहरूले खाजा बेच्न थाले; र दलालहरूले ग्राहकहरूलाई फकाउन/लोभ्याउन रात्रिकालीन व्यवसाय स्थलको बाहिर उभिन थाले।

एक बाल सहभागीले नोट गरे:

हामीले केही रक्सी मातिएका मानिसहरूलाई देख्यौं र हामीले मानिसहरूलाई अभद्र र अपमानजनक भाषा प्रयोग गरेको देख्यौं।

महिला, उमेर 17, अनुसन्धान टोली

सहभागीहरूले साँझको प्रारम्भिक समयदेखि केही बढी क्रियाकलाप हुने दुई स्थान पहिचान गरे: एउटा सडकको उत्तरी छेउमा मसाज पार्लर र सानो मदिरा तथा खाजा बेच्ने पसल नजिक रहेको ठाउँ, र अर्को सडकको दक्षिण छेउमा अर्को मसाज पार्लर, खाजाघर र डान्स बार नजिक रहेको ठाउँ। दुवै स्थानमा सहभागीहरूले युवावर्ग (पुरुष र महिला) बढी देखे, जसमध्ये केही १८ वर्ष मुनिका थिए। सहभागीहरूले रातमा मानिसहरू रक्सीले मातिएको हुने हुनाले यी क्षेत्र कम सुरक्षित रहेको महसुस गरे।

बालबालिकाहरू काम गरिरहेका ठाउँ

काम गर्ने बालबालिकाहरू दिउँसो र साँझको समयमा बढी देखिएका थिए। एक जना सहभागी व्यवसाय मालिकले गरेको अवलोकन यस्तो थियो:

‘धेरै स्थानमा बिहानको समयमा बालश्रम देखिएन, तर साँझको समयमा धेरै स्थानमा बालबालिका काम गरिरहेको देख्यौं। सायद स्कुल जानुपर्ने हुँदा – केही बालबालिका बिहान स्कुल जान्छन् र साँझ काम गर्छन्।’

(महिला, ३३ वर्ष, व्यवसाय मालिक, अनुसन्धान टोली)।

सडक खण्डको दक्षिणी छेउतिर रहेका स्थानमा बालबालिकाहरू मसाज पार्लर तथा खाजाघरमा काम गरिरहेका देखिए। तिनीहरूका क्रियाकलापहरू तल वर्णन गरिएको छ (‘अध्ययन गरिएको भवन’ खण्ड हेर्नुहोस्)।

सडकको दक्षिणी छेउमा रहेको यस क्षेत्रको अतिरिक्त, अनुसन्धान टोलीले बालबालिकालाई विभिन्न अन्य व्यवसायमा र सडकमै समेत काम गरिरहेको देख्यो। बालबालिकाहरू सडकमा रहेका विभिन्न रेस्टुरेन्टमा खाना पकाउने, जुस बनाउने, २० लिटर पानीको जार बोक्ने, सरसफाइ गर्ने वा ग्राहकहरूलाई सेवा दिने कार्य गरिरहेका देखिए। अनुसन्धान टोलीका केही सदस्य एउटा रेस्टुरेन्टमा छिरे र त्यहाँ धेरै बालबालिका (१४ वर्ष र सो कम उमेरका एक जना बालिका र सात जना बालकलाई त्यहाँ काम गरिरहेको देखे। सडकमै काम गर्ने बालबालिकामा केहीले खानेकुराका साथै बेलुन जस्ता सामान बेचिरहेका देखिए।

एक जना बालक दिनभरि विभिन्न व्यवसाय भएको ठाउँमा चिया बोकेर पुर्याइरहेको देखियो। अवलोकन कार्य सुरु हुँदा उनलाई पहिलो पटक बिहान ९ बजे देखिएको थियो र अनुसन्धानकर्ताहरू रातिको लगभग १० बजेसम्म सडकमा हुँदा पनि उनी अझै काम गरिरहेका नै थिए। एक जना व्यवसाय मालिकले उनलाई उमेर सोधेको बेलामा उनले १३ वर्षको भनी बताए पनि उनी १० वर्षको जस्तो देखिन्थे। एक महिला व्यवसाय मालिकले ती बालक चिया पसलमा काम गर्छन् र आफूले उसको मालिकलाई चिनेको कुरा

ती बालकको मालिकलाई चिन्ने अर्को व्यवसाय मालिकले पनि उक्त बालकलाई काममा लगाउनुको कारणबारे चिया पसलका मालिकले बताएका कुराहरू यसरी उल्लेख गरे:
‘हामी सबैजनाले एउटा बालकले चिया बेचिरहेको दृष्य देख्यौँ। तर मैले सोधखोज गर्दा उक्त बालक चिया पसलको कर्मचारी नभएर चिया पसलेको भाइ भएको भनियो। [the child] तर मैले अवलोकन गरेअनुसार उनीहरू दाजुभाइ भने होइनन्। उक्त बालक चिया पसलको मालिकले भन्न लगाएको कुराहरू भन्न बाध्य भएको जस्तो मलाई लाग्यो। (पुरुष, ४८ वर्ष, व्यवसाय मालिक, अनुसन्धान टोली)।
उक्त बालकले लामो समयसम्म काम गर्नु त छँदै थियो, यसका साथै अनुसन्धान टोलीले उक्त बालकलाई उनलाई नराम्रो व्यवहार गरिएको र उनी जोखिममा रहेको कुरा पनि याद गरे:
‘उनको काम जोखिमपूर्ण छ, किनभने उनलाई सबैजनाले दुर्व्यवहार गर्छन्। यहाँको सडकमा सवारीसाधनको जोखिमपूर्ण भीडभाड छ र उनी दिनभरि सडकमा चिया बोकेर विभिन्न क्षेत्रमा पुर्‍याउने गर्छन्। (पुरुष, ४८ वर्ष, व्यवसाय मालिक, अनुसन्धान टोली)।

अवलोकनको दिन, अनुसन्धान टोलीका एक सदस्यले केटालाई पसलका कर्मचारीले अनुहारमा थप्पड हानेको देखे।

अवलोकन गरेको दिनमा, अनुसन्धान टोलीका एकजना सदस्यले उक्त बालकलाई एउटा पसलका कर्मचारीले थप्पड हानेको देखे। अनुसन्धान टोलीमा सहभागी एकजना बालकले आफूले देखेअनुसार उक्त बालकप्रति गरिएको व्यवहार यसरी बताए:
….हामीले ट्रेकिङका सामानहरू भएको पसलमा खाली गिलास लिन एउटा बालक पसेको देख्यौँ [of tea that had been served earlier at the store] उनी पसलबाट निस्केको बेलामा पसलका मालिकले उनलाई नराम्रोसँग हकारेँ। त्यसपछि उसले उक्त बालकको नाम सोधेँ र उसलाई यहाँ आइज [अपमानजनक तरिकामा] [in a humiliating way] (पुरुष, १६ वर्ष, अनुसन्धान टोली)
अनुसन्धान टोलीका व्यवसाय मालिकहरूले आश्चर्यजनक रूपमा काम गर्ने बालबालिकाहरूको संख्या फेला पारे:
‘हामीले केही बालश्रमका घटनाहरू पनि देख्यौँ जसले मलाई छक्क बनायो। मलाई ठमेल क्षेत्रमा बालश्रम प्रयोग हुँदैन भन्ने लाग्थ्यो तर म गलत रहेछु।’ (पुरुष, ४८ वर्ष, व्यवसाय मालिक, अनुसन्धान टोली)।

वर्षभन्दा कम उमेरको एउटा बालकले १२ घण्टाभन्दा बढी समयसम्म खाजाघरबाट चिया बोकेर सडकमा रहेका विभिन्न व्यवसायमा पुर्याउने काम गरेको देखियो। उसलाई दिनभरि अरू मानिसहरूले गाली गरेको, बेइज्जती गरेको र हात हालेको पनि देखियो।

:  A signboard reveals the location of a massage parlour on the street in Thamel.

[चित्र: रातको बेलामा ठमेल] क्याप्सन: साँझसम्म सडक व्यस्त थियो। कहिलेकाहीँ बिजुली जान्थ्यो, र सडक झनै अँध्यारो र डरलाग्दो हुन्थ्यो।

अनुसन्धान टोलीले सडकमा गरेको अनुभव

उनीहरूलाई सोधखोज गरिएको, हिँड्दै गर्दा एकोहोरोसँग हेरिएको र/ वा उत्पीडन गरिएको थियो:
‘झण्डै मेरो उमेरको एक अपरिचित व्यक्तिले मलाई उत्पीडन गरिरहेको थियो’ महिला, १६ वर्ष, अनुसन्धान टोली
‘‘साँच्चै भन्नुपर्दा म डराएको थिएँ। मानिसहरूले हामीलाई घुरेर हेरे र यसले हामीलाई असहज बनाइरहेको थियो’ महिला, १६ वर्ष, अनुसन्धान टोली
एकजना बालकले यसरी बत्ती जाँदा आफू डराएको कुरा बताए: रिपोर्ट गरे:
‘बत्ती गएको बेला मलाई डर लाग्यो। सडकमा उभिएको बेलामा मानिसहरूले केटीहरूलाई कसरी बुझ्छन् भन्ने कुरा मैले थाहा पाएँ।’ (महिला, १७ वर्ष, अनुसन्धान टोली)।

अध्ययन गरिएको भवन

चित्र: भवनको दृश्य] क्याप्सन: सडकको दक्षिणी छेउमा १३ र १६ वर्ष बीचका बालबालिका मसाज पार्लर भित्र देखिए। यहाँ रहेको खाजाघर डान्सबार र मसाज पार्लरका कामदारहरूले खाने र बाहिर टहलिने मुख्य ठाउँ हो।

अनुसन्धान टोलीले उक्त सडकमा बालश्रमको प्रतिनिधित्व गर्ने एउटा भवन छनौट गर्‍यो। यसका लागि सडकको दक्षिणी छेउमा रहेको एउटा भवन छनौट गरिएको थियो जहाँ खाजाघर र/ वा साना-ठूला भोजनालय, मसाज पार्लर र डान्स बारलगायत धेरै मध्यम स्तरका व्यवसायहरू थिए।

उक्त भवन चार तले अग्लो छ। भवनको भुइँ तल्लामा त्यहाँ मोःमोः बेच्ने सानो खाजाघर छ। त्यहाँ सामान्य किसिमको बसेर खाने ठाउँ छ: पसलको अगाडि एउटा टेबल छ, त्यहाँ ग्याँस चुल्हो माथि मोःमोः पकाउने भाँडा राखिएको छ र त्यसको पछाडि एउटा वा दुईवटा टेबुल र कुर्सीहरू छ। भित्ताहरूमा उज्यालो हरियो रङ्गले पेन्ट गरिएको छ, तर त्यति धेरै सजाइएको छैन। भवनको पछाडि एउटा डान्सबार छ, त्यहाँ छेउतिर रहेको प्रवेशद्वारबाट जान सकिन्छ। पछाडिको मुख्य सडकबाट पनि डान्सबारमा छिर्न मिल्छ। डान्सबार जाने मार्गको बाहिरी पर्खालमा धेरै प्लास्टिक कुर्सीहरू लहरै छन् र त्यसको अर्कोतिर रहेको पर्खालमा साँझदेखि खाजा बेच्ने केही ठेलाहरू राखिएका छन्। खाजाघरको माथि मसाज पार्लर छ। माथिल्लो तल्लामा स्नूकर/ पूल खेल्ने कोठाको साइन बोर्ड देखिन्थ्यो तर त्यो व्यवसाय सञ्चालनमा थिएन।

अनुसन्धान टोलीले सडकमा हुने बालश्रमको प्रतिनिधित्व गर्न गुलाबी रङ्गमा हाइलाइट गरिएको भवन रोजेको छ। उक्त भवनमा खाजाघर, मसाज पार्लर र डान्सबार छन्। बालबालिका मसाज पार्लर र खाजाघरमा काम गरिरहेको देखियो।

भवनमा काम गरिरहेका बालबालिका

सहभागीहरूले डान्सबार र/ वा मसाज पार्लरसँग जोडिएका लगभग १२ जना कर्मचारीहरू देखिए। अधिकांश कर्मचारीहरू २० र २४ वर्षको बीचको उमेरका रहेको अनुमान गरियो। साथै, उक्त भवनभित्र र वरपर अरू धेरै बालबालिका पनि देखिएका थिए। लगभग १७ वर्षका किशोर खाजाघरमा काम गरिरहेको देखिएको थियो। चिया पसलको बालक सडकमा राखिएका ठेलाका बिक्रेता र खाजाघरमा काम गर्ने युवासँग कुरा गरिरहेका थिए; दुई जना किशोरीहरू मसाज पार्लर र पछि खाजाघर र भवन वरपरको क्षेत्रमा देखिएका थिए।

दु एकजना किशोरी लगभग १५ वा १६ वर्षको थिइन् र अर्को १४ वा कम उमेरको थिइन्:
‘केही केटीहरू स्पा [मसाज पार्लर] मा [massage parlour] जना बालिका १६ वर्षकी थिइन् तर उनी [मसाज थेरापिस्टको रूपमा] काम [as a massage therapist] उनले शरीर देखिने खुला लुगा लगाएकी थिइन्। अर्की बालिका पनि झन कान्छी थिइन् र उनी ढल्केर आराम गरिरहेकी [lying down] (पुरुष, ४८ वर्ष, व्यवसाय मालिक, अनुसन्धान टोली)।
साँझपखदेखि नै मसाज पार्लरको झ्यालबाट दुई जना किशोरी र अन्य धेरै मानिसहरू देख्न सकिन्थ्यो:
“त्यो स्पा (मसाज पार्लर) भएको क्षेत्र वरपरको वातावरण राम्रो थिएनन्।” (महिला, १७ वर्ष, अनुसन्धान टोली)।

अनुसन्धान टोलीले ती दुई जना किशोरी लामो समयसम्म एउटै ठाउँमा नबस्ने, अरू त्यहाँ यताउता घुमेर हिँडेको देखे। तिनीहरू बाहिरको कुर्सीमा बसिरहेका डान्सबारका पुरुष कर्मचारीहरूसँग कुराकानी गर्थे (बाल सहभागीहरूले ती किशोरीहरूले उक्त पुरुषहरूलाई ‘जिस्काएको’ कुरा बताए)। मसाज पार्लरभित्र हुँदा ती किशोरीहरू अरू धेरै व्यक्तिहरू, मुख्य गरी युवा महिलाहरूसँग नाच्दै, हाँस्दै र बस्दै गरेको देखिए। ४० वा ५० वर्षका ग्राहकहरू (सम्भवतः स्वदेशी पर्यटक) जस्ता देखिने दुई जना पुरुषहरू बेलुका करीब ८.३० बजे एकसाथ मसाज पार्लरमा छिरे। त्यसपछि अर्को पुरुष ग्राहक ९ बजेतिर छिरे। राति ९.३० बजेसम्म मसाज पार्लर बन्द भइसकेको थियो।

एक जना सहभागी व्यवसाय मालिक मसाज पार्लरमा बालबालिका देखेर छक्क परे किनभने उनीहरू क्लारिसाको अन्य सहभागितामूलक अनुसन्धान क्रियाकलापअन्तर्गत काम गरिरहेका बालबालिकाहरू छन् कि छैनन् भनेर जाँच गर्न पहिले ठमेल क्षेत्रका धेरै मसाज पार्लरहरू भ्रमण गरेका थिए:
मसाज पार्लर र स्पाको अनुगमन गर्दा त्यहाँ बाल श्रम थिएन, तर हिजो मसाज पार्लरमा बाल श्रम भएको थियो । (महिला, ३३ वर्ष, व्यवसाय मालिक, अनुसन्धान टोली)।

सहभागीहरूले भवन र वरपरको क्षेत्र रात परेपछि धेरै सक्रिय भएको र यो क्षेत्र जोखिमयुक्त क्षेत्र भएको महसुस गरे।

[चित्र: खाजाघर] क्याप्सन: डान्सबार र मसाज पार्लरसमेत रहेको भवनमा काम गर्ने मानिसका लागि यो खाजाघर भेटघाट गर्ने मुख्य ठाउँ हो।

भवन भित्रका व्यवसाय बीच रहेका अन्तर-सम्बन्ध

अनुसन्धान टोलीले भवनमा भएका व्यवसायहरूले कसरी एकअर्कासँग अन्तरसम्बन्धित छन् भनेर चिन्तन गर्‍यो। यसमा व्यवसाय मालिकहरूले भवनका ठाउँ भाडामा लिने र केही भागहरू फेरि अरूलाई भाडामा लगाएको पनि पाइयो।

एकजना व्यवसाय मालिकले भाडामा लिएर फेरि अरूलाई भाडामा लगाउने अभ्यासबारे बताए:
‘मसाज पार्लर व्यवसायले खाजाघर भएको भुइँ तल्लाबाहेक भवनको सबै भाग ओगटेको छ। मसाज पार्लर मालिकले सम्पूर्ण भवनको भाडा तिर्छन्, (यहाँ प्रतिमहिना १ लाख ३० हजार रुपैयाँ) र भुइँ तल्ला खाजाघरलाई भाडामा दिएका छन्।’ (महिला, ३३ वर्ष, व्यवसाय मालिक, अनुसन्धान टोली)।

डान्सबारको मालिक छुट्टै छन्। यो सानो व्यवसायिक परिवेशभित्र डान्सबार र मसाज पार्लरका कर्मचारीहरू यहाँ रहेको खाजाघरमा खान र टहलिन आइरहेका हुन्छन्। ३०/ ४० वर्ष हाराहारीका दुई पुरुषहरू धेरै घण्टादेखि बसेका थिए, उनीहरूले प्रायः डान्सबारका कर्मचारीहरू जस्तो देखिने २० वर्ष हाराहारीका महिलाहरूसँग कुरा गर्थे र अँगालो हाल्थे। ती पुरुषहरू मसाज पार्लरमा पनि गएर पैसा गनिरहेको देखिएको थियो। एउटा समयमा मसाज पार्लरका दुईजना युवतीहरू खाजाघरमा छिरे र भवनबाट बाहिर निस्कनुअघि त्यहाँ देखिएका दुई जनामध्ये एक जना पुरुषले रिसाउँदै उनीहरूलाई गाली गरेको देखियो। ती पुरुषहरू डान्सबार वा अन्य कुनै एउटा व्यवसायका मालिक वा कर्मचारी थिए होलान्।

उक्त भवनमा रहेका विभिन्न व्यवसायमा आवद्ध व्यक्तिहरूका लागि खाजाघर सजिलो भेटघाट स्थल भएको देखिन्छ। भुइँ तल्लामा रहेको यो खाजाघर माथिल्लो तलामा रहेको मसाज पार्लरमा उपलब्ध विभिन्न सेवाहरू लिन आउने ग्राहकहरूलाई पठाउने उपयुक्त ठाउँमा थियो। यो डान्सबारका कर्मचारीहरूले सस्तोमा खाजा खाने र डान्सबारमा काम नभएको बेलामा समय बिताउने ठाउँ पनि हो।

महँगो भाडा

एक व्यवसाय मालिकले नोट गरे:
‘मसाज र स्पाको भाडा धेरै महँगो छ। यसअघि पनि मसाज पार्लर र स्पा भएका स्थानमा धेरै दुर्भाग्यपूर्ण घटना भएकाले यहाँ भाडा निकै महँगो छ।’ पुरुष, 48 वर्ष, व्यवसाय मालिक, अनुसन्धान टोली
गेस्ट हाउस, पसल र होटलहरूका लागि पनि भाडादर महँगो रहेको छ:
होटलहरूसँग महँगो भाडा लिइन्छ तर मसाज पार्लरलाई भन्दा अलि कम लिइन्छ। भवनको तल्लामा पनि भाडादर भर पर्छ” भाडा पनि भवनको भुइँमा निर्भर गर्दछ (महिला, ३७ वर्ष, व्यवसाय मालिक, अनुसन्धान टोली)।

मालिकहरूसँग रहेर गरिएको क्लारिसा अनुसन्धानबाट पहिले मसाज पार्लरहरूमा नै काम गरेका महिला कर्मचारीहरूले मसाज पार्लर खोलेको देखियो। उनीहरूले आम्दानी राम्रो होस् र उमेर ढल्किदै गएकाले छोराछोरीको लालनपालनमा पनि सजिलो होस् भनेर मसाज पार्लर व्यवसाय थालेको पाइयो।

व्यवसाय मालिकहरूले कसरी लिङ्ग भेदभावले भाडा बढाउँछ भनेर वर्णन गर्छन्:
‘धेरैजसो स्पा महिलाहरूले नै सञ्चालन गरेका छन् र घरधनीहरूले उनीहरूसँग धेरै भाडा माग्छन्।’ (महिला, ३३ वर्ष, व्यवसाय मालिक, अनुसन्धान टोली)।

चर्को भाडादरको तुलनामा मसाज पार्लर रहेको भवनको अवस्था नाजुक रहेको छ।

अनुसन्धान टोलीमा सहभागी व्यवसाय मालिकहरूले यो क्षेत्रमा भाडाहरू महँगो रहने गरेको र यौन उद्यमसँग सम्बन्धित हुने गरेकाले, साथै मानव बेचबिखनसम्बन्धी हालैका उच्च प्रोफाइलका आपराधिक घटनाहरू (एक मसाज पार्लर मालिकबाट भएको) र एक जना मसाज पार्लर कर्मचारीमाथि भएको हातपात गरेका कारण मसाज पार्लरहरूका लागि झन धेरै भाडा लिने

छलफल

ठमेलको व्यस्त र चहलपहल हुने यस सडकमा वयस्क मनोरञ्जन क्षेत्रसँग सम्बन्धित र अन्य विभिन्न व्यवसायमा बालबालिका काम गरिरहेका भेटिए। उस सडकमा मसाज पार्लर, खाजाघर, डान्सबार, महँगा होटल तथा रेष्टुरेन्ट, हस्तकला सामग्री पसल, होलसेल पसल र बैङ्कजस्ता व्यवसायहरूको मिश्रण रहेको देखिन्छ। यी विभिन्न प्रकारका व्यवसाय एकअर्कोको निकट रहनुले ठमेलको अद्वितीय इतिहास र स्थानलाई दर्शाउँछ। १९७० को दशकदेखि ठमेल पर्यटकहरू बास बस्ने, किनमेल र मनोरन्जन गर्ने ठाउँको रूपमा उदाएको छ। यहाँ सामाजिक मान्यताभन्दा बाहिर गएर त्यस ठाउँका बासिन्दा (मुख्य रूपमा पुरुष) खुलमखुला यौन, खाना र मदिराको आनन्द लिन सक्छन्। त्यसैले गर्दा, काठमाडौंको बीच भागमा एक वर्गमाइलमा फैलिएको ठमेल अत्याधिक जनघनत्व र विविधताले भरिएको छ; विविधतायुक्त सहरी परिदृश्य भएको काठमाडौंको यो ठाउँ यौनसँग सम्बन्धित सेवाहरू तुलनात्मक रूपमा सामान्य बनेको ‘साझा छिमेक’ भएको छ (गिरी ग्रान्ट, एम, २०१४)1। एक दिनभरि गरिएका अवलोकनहरूले पनि यो परिदृश्यमा हुने गरेका अस्थायी परिवर्तनहरूलाई पनि प्रकाश पारेको छ। सुरक्षा जोखिमका कारण अनुसन्धान टोलीले राति ९ बजेसम्म मात्रै सडकको अवलोकन सकेका भए पनि रात्रिकालीन मनोरञ्जन स्थलहरू बढी सक्रिय हुन थाल्ने साँझपखदेखि सडकको प्रकृति र ग्राहकको प्रकारमा परिवर्तन देखिएको अनुसन्धान टोलीले पाएको थियो।

सडक र विशेष गरी वयस्क मनोरञ्जनका ठाउँहरू विविध र परिवर्तन भइरहने ग्राहकहरूका आवश्यकता पूरा गर्ने हिसाबले सञ्चालित छन्। उदाहरणका लागि, मसाज पार्लरहरू बन्द भएपछि डान्स बारहरूले ग्राहकहरूलाई स्वागत गर्न थाल्छन्। धेरैजसो मसाज पार्लरहरूले ग्राहकहरूको आवश्यकता र इच्छाअनुसार विभिन्न प्रकारका सेवाहरू दिन्छन्। कतिपय व्यवसायहरूले मसाज थेरापी मात्र उपलब्ध गराएका भए पनि ठमेलमा मसाज पार्लर व्यवसाय गर्ने मालिकसँग रहेर क्लारिसा टोलीले एउटा मसाज पार्लरले मसाज थेरापीसँगै यौन सेवाहरू पनि दिने गरेको उदाहरण अभिलेख गरेको [Link to workshadowing massage parlour case study] ] तर ठमेलको यस सडकमा अनुसन्धान टोलीले गरेको अवलोकनले यी ससाना व्यवसाय क्षेत्रमा यौन सेवाहरू दिनका लागि मात्र स्थापना गरिएका व्यवसायहरू पनि रहेको देखाउँछ (जस्तै, तिनीहरूसँग मसाज थेरापीसँग सम्बन्धित कुनै उपकरण वा सामग्रीहरू थिएनन्) । यी कुराहरूको प्रबन्धले धेरै वर्षदेखि यस क्षेत्रमा कार्यरत मसाज पार्लर व्यवसायीहरू पनि छक्क परेका थिए। प्रहरीले मसाज पार्लरहरूमा छापा मार्ने गरेको विगतका घटनाले पनि यस क्षेत्रमा यस्ता व्यवसाय गोपनीय तरिकाले चल्ने गरेको देखिन्छ, जसले गर्दा यस जटिल परिदृश्य बुझ्न र छिचोल्न ‘यहाँ भित्रका व्यक्तिलाई’ समेत कठिन हुने गरेको छ।

यस मिश्रित छिमेकभित्र बालश्रम जानाजानी लुकाइएको नभएकाले अनुसन्धान टोलीले बालश्रमको व्यापकता कसरी ढाकछोप हुन सक्छ भनेर चिन्तन गरेको छ। जस्तै, यहाँको बालश्रम गोङ्गबुमा अवलोकन गरिएको सडकको तुलनामा खुला प्रकारका थिएनन् र फाटफुट देखिएका थिए बालश्रमलाई ‘सरल रूपमा देख्न सकिने गरी लुकेको’ भनेर वर्णन गरिएको थियो: अनुसन्धान टोलीले कामदार बालबालिकाहरू खोज्दा ठमेलको मुख्य सडकमा उनीहरू प्रष्ट देखिन्थे तर भवनहरूको घनत्व, विभिन्न प्रकारका व्यवसाय र विविध ग्राहकहरू जमघट हुने ठाउँ भएका कारणले उनीहरूमा सजिलै ध्यान जान सक्दैनथ्यो। यो सहरी भीडभाडभित्र एकजना धेरै सानो बालकमाथि पनि बारम्बार दुर्व्यवहार भइरहेको कुरा ओझेलमा परेको हुन सक्छ, जसरी मध्य किशोरावस्थामा रहेका दुईजना किशोरीहरू ओझेलमा थिए, जो कुनै न कुनै रूपमा यौनसँग सम्बन्धित काममा संलग्न भएको अनुसन्धान टोलीले महसुस गरेका थिए।

यस सडकमा एकअर्कोको नजिक सञ्चालित भएका विभिन्न प्रकारका वयस्क मनोरञ्जन व्यवसायहरू बीचको अन्तरसम्बन्ध पनि देखिएको थियो। उदाहरणका लागि अनुसन्धान टोलीले केन्द्रित गरेको भवनलाई लघु व्यावसायिक परिवेशको रूपमा वर्णन गर्न सकिन्छ र यहाँ सानादेखि मध्यम स्तरका व्यवसायहरू अन्तरसम्बन्धित एकअर्कालाई सहयोग गरिरहेको देखिन्छ: ठूला, ठूला किसिमका औपचारिक डान्सबार व्यवसाय त्यहाँका कर्मचारीहरूको खाने र रमाइलो जमघट गर्न ठाउँका लागि खाजाघर र नास्ता पसल जस्ता अनौपचारिक व्यवसायहरूमा निर्भर रहेका छन् (र यी अनौपचारिक क्षेत्र सम्भवतः ग्राहकहरूलाई सोही भवनभित्रका गोपनीय सेवाहरूमा पठाउने ठाउँ रहेको हुन सक्छ)। अर्कोतिर डान्सबार र मसाज पार्लरले युवती र बालिकासँग नजिक हुन खोज्ने मानिसहरूलाई विभिन्न सेवाहरू प्रदान गरेको हुन सक्छ।

यी व्यवसायहरूको निकटता त्यहाँ जोडिएका विभिन्न सरोकारवालाहरूबीच हुने गरेको खुला सामाजिक अन्तरक्रियामा पनि झल्किएको थियो, जस्तै डान्सबारका कर्मचारी, ग्राहक र किशोरीहरू मसाज पार्लरमा काम गरेको देखिएको थियो। तर जसरी सडकमा पसल थाप्नेहरू रात परेपछि जुत्ता सिलाउने काम छोडेर सडकमा खाजा बेच्न थाले, क्लारिसाको अनुसन्धानबाट विभिन्न प्रकारका व्यवसायस्थलको निकटता र त्यहाँ काम गर्ने मानिसहरू बीचको अन्तरसम्बन्धले विभिन्न व्यवसाय बीचका कामदारहरूको (बालबालिकाहरूसहित) सजिलै एकअर्कोमा स्थानान्तरण हुने मौका प्रदान गर्छ भनेर देखिन्छ। यसले सहरी केन्द्रमा काम गर्दा वयस्क र बालबालिका दुवैले अपनाउनुपर्ने विविध प्रयासहरू प्रतिबिम्बित गर्छ। कतिपयका लागि यसको अर्थ एउटाबाट अर्को व्यवसायमा जाने, विभिन्न प्रकारका सेवाहरू उपलब्ध गराउने र हरेक प्रकारको काममा समावेश हुने विभिन्न जोखिमहरू छिचोल्ने कुरा हुन सक्छ।

[१] अनुदान, मेलिसा गिरा। वेश्या खेल्दै: यौन कार्यको काम । भर्सो बुक्स, २०१४।

छिमेक नक्साङ्कन प्रक्रिया

क्लारिसा छिमेक नक्साङ्कनले सहरी छिमेकमा बालबालिकाको अनुभव बुझ्न र बालश्रमको सबैभन्दा निकृष्ट स्वरूप उदय गराउने र निरन्तरता दिने सहरी छिमेकका विशेषताहरू पहिचान गर्न खोजेको छ। ठमेल काठमाडौंका बासिन्दा, स्वदेशी र बिदेशी पर्यटकहरूलाई आकर्षित गर्ने मनोरञ्जन र पर्यटकीय केन्द्र भएकाले यहाँको नक्साङ्कन गर्न अनुसन्धान टोलीले चासो देखाएको थियो। ठमेलमा मसाज पार्लर, डान्सबार र दोहोरीलगायतका वयस्क मनोरञ्जन क्षेत्रसँग सम्बन्धित व्यवसायहरू धेरै छन् तर यहाँ अन्य धेरै व्यवसायहरू पनि छन्। ठमेललाई विशेष चासो दिनुको कारण यहाँ विभिन्न प्रकारका व्यवसाय हुनु, तिनीहरूले प्रदान गर्ने सेवा, सेवा मूल्यदर र ती व्यवसायहरूको औपचारिकताको स्तरमा फरकपन हुनु पनि हो। हामी यी विभिन्न व्यवसाय बीचको सम्बन्धहरू अध्ययन गर्न र यस प्रकारका विभिन्न व्यवसाय भएका सडकमा निकृष्ट स्वरूपमा बालश्रम कहाँ हुन्छ भनेर खोज्न इच्छुक थियौं।

२०२३ को वसन्त ऋतुमा वयस्क मनोरन्जनका क्षेत्रमा (डान्सबार, दोहोरी, खाजाघर, मसाज पार्लर वा पार्टी प्यालेसमा) काम गरेका वा काम गर्ने १५ देखि १७ वर्ष बीचका आठ जना बालबालिका (एक बालक र सात बालिका केटी) र ठमेल वा नजिकै मसाज पार्लर चलाउने चार जना व्यवसाय मालिकहरू (तीन महिला र एक पुरुष) अनुसन्धान टोलीमा सहभागी भएर छिमेकको सहभागितामूलक नक्साङ्कन गरे।

क्लारिसा अनुसन्धानकर्ताहरू र एकजना मसाज पार्लरको मालिक मिलेर धेरै पटक क्षेत्र निर्धारण (स्कोपिङ) भ्रमणहरू गरिसकेपछि नक्साङ्कनका लागि ठमेलको एउटा सडकको १५० मिटर खण्ड चयन गरिएको थियो। यस क्षेत्रको एउटा मुख्य सडक भएकाले नै यो सडक रोजिएको हो। चयन गरिएको सडक खण्ड यस वरपरका क्षेत्रमा रहेका विविध प्रकारको व्यापार परिदृश्यको प्रतिनिधिमूलक ठाउँ हो।

CLARISSA researchers and practitioners from two local partner organisations (Platform for Children and Biswaas Nepal) accompanied the business owners and child participants on two field visits to map and observe the business landscape and the activities taking place in the street. During a first field visit, children and business owners worked in two groups to map each side of the street. To do this without drawing attention to themselves, they used mobile phones to take pictures and make audio recordings where they described the buildings. Following this visit, the two groups worked to create a base map in a workshop setting, reconstructing it using their detailed documentation from the field visit.

[चित्र: प्रक्रिया] क्याप्सन: सहभागी बालबालिका र व्यवसाय मालिकहरूले ठमेलको स्थलगत भ्रमणको दौरान लिइएका नोट, फोटो र अडियो रेकर्डिङहरू प्रयोग गरेर आधार नक्साहरू बनाउँदै।
[चित्र: प्रक्रिया] क्याप्सन: सहभागी बालबालिका र व्यवसाय मालिकहरूले ठमेलको स्थलगत भ्रमणको दौरान लिइएका नोट, फोटो र अडियो रेकर्डिङहरू प्रयोग गरेर आधार नक्साहरू बनाउँदै।

दोस्रो स्थलगत भ्रमणमा, अनुसन्धान टोलीमा रहेका बालबालिका र व्यवसाय मालिकहरूले एक दिनभरि (बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म) काम गर्ने बालबालिकालाई अवलोकन गरे। यस क्रममा, उनीहरूले काम गर्ने बालबालिकाको उमेर, बालबालिकाले काम गरेको ठाउँ, बालबालिकाले गरिरहेको काम वा क्रियाकलापको प्रकार र बालबालिका उन्मुख रहेका जोखिमहरू टिपोट गरे। यसरी गरिएको अवलोकन प्रायः सडक स्तरबाट गरिएका थिए र सो क्रममा नोट वा मोबाइल फोनमा अडियो रेकर्डिङहरू गरिएको थियो। सुरक्षाको चिन्ताको कारण टोलीमा रहेका बालबालिकाहरू भित्र हुने क्रियाकलापहरू अवलोकन गर्न व्यवसाय स्थलहरूमा प्रवेश गरेनन्। आफूले सहज महसुस गरेको ठाउँमा व्यवसाय मालिकहरूले प्रवेश गरेका थिए। यो सामान्यतया त्यहाँका कर्मचारी वा मालिकसँग राम्रो सम्बन्ध भएको ठाउँमा भएको गरिएको हो।

दोस्रो कार्यशालामा, अनुसन्धान टोलीका बालबालिका तथा व्यवसाय मालिकहरूले सँगै मिलेर काम गर्दै आधार नक्सालाई परिष्कृत गर्दै आफूले अवलोकन गरेका कुराहरू यसमा रेकर्ड गरेका थिए, र यस कार्यमा क्लारिसा अनुसन्धानकर्ता तथा चित्रकारहरूले सहयोग गरेका थिए। त्यसपछि नक्साको विवरण जाँच गर्न तेस्रो प्रमाणीकरण कार्यशालाको आयोजना गरियो। यो बालबालिका र व्यवसाय मालिकहरूका लागि उनीहरूको समग्र अनुभवमा चिन्तन गर्ने र अवलोकनहरूमा छलफल गर्ने अवसर पनि थियो।

अवलोकनहरूलाई आधार नक्सामा नक्साङ्कन गरिएको थियो र त्यसलाई चित्रकारले डिजिट स्वरूपमा परिणत गरेका हुन् ।
अवलोकनहरू आधार नक्सामा म्याप गरिएका थिए जुन चित्रकारद्वारा डिजिटलाइज गरिएको थियो।

यो सहभागितामूलक पद्धतिको प्रयोग गरी गरिएको कार्य र सिकाइहरूको पूर्ण विवरणको लागि यहाँ हेर्नुहोस्। [LINK TO LEARNING NOTE ONCE PUBLISHED]